भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
बर्दिया, १६ फागुन । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको आयोजनामा मङ्गलबार भुरिगाउँमा कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शासक दलहरू सत्तालोलुप, भ्रष्ट र विदेशी दलाल भएकाले सर्वसाधारण जनतामा राजनीतिप्रति वितृष्णा जागेको बताउनुभयो । उहाँले निर्वाचनको बेला जनतालाई दिएका वाचाहरू सत्तास्वार्थमा भुलेको र विदेशी शक्तिको इसारामा चलेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनमा समेत विदेशी चलखेल सुरु भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पुँजीवादी व्यवस्थामा पद र पैसाको लागि राजनैतिक इमान र चरित्रसमेत दाउमा राख्ने बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य उपचारजस्ता आधारभूत आवश्यकता पैसामा किनबेच हुने चर्चा गर्दै निःशुल्क शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था तथा व्यक्तित्व विकासमा समान अवसर समाजवादी व्यवस्थामा मात्र सम्भव हुने प्रस्ट पार्नुभयो ।
सङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे चर्चा गर्नुभयो ।
पार्टी जिल्ला समितिका अध्यक्ष हरिलाल न्यौपानेले पार्टीका अग्रजहरूले निकै सङ्घर्ष गरेर कर्णाली र सुदूरपश्चिममा सङ्गठन निर्माण गरेको जानकारी दिनुभयो ।
नयाँ पुस्तालाई क्रान्तिकारी र सङ्घर्षशील बनाउन पार्टी साहित्य अध्ययन र अन्तरक्रिया गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीका मञ्जु चौधरी, थिरबहादुर वली र राजनले शासक दलका देशघाती एवं जनविरोधी क्रियाकलापहरूको विरोधमा पार्टीले गरेका आन्दोलनहरूको विषयमा जानकारी गराउनुभयो ।
पार्टी जिल्ला समितिको आयोजनामा ठाकुरबाबा नगरपालिका वडा नं. १ डुम्रेनीमा स्थानीय महिलाहरूको भेला भयो ।
भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले महिलाहरू पनि वर्गीयरूपमा विभाजित हुने उल्लेख गर्दै कामदार महिलाहरू दैनिकरूपमा घाँसदाउरा, चुलोचौका र खेतीपातीमा सीमित हुँदा राजनैतिक सचेतनामा कमी भएको बताउनुभयो ।
उहाँले आफ्नो हक अधिकारको विषयमा आवाज उठाउन क्रान्तिकारी विचार र सिद्धान्तबाट प्रभावित भई सङ्घमा आबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष थापामगरले आगामी चैत २४ र २५ गते चितवनमा हुने सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा कामदार महिलाहरूको अधिकार सुनिश्चितताको लागि सङ्घर्षका कार्यक्रमहरूबारे छलफल हुने बताउनुभयो ।
सङ्घका अर्का केन्द्रीय सदस्य रोशनमैँया सुवालले कामदार महिलाहरू सोझा र सीधा हुने हुँदा चुनावको समयमा अनेक आश्वासन दिएर भोट बटुलेका शासक दलहरूले जनतालाई धोका दिइरहेको बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष हरिलाल न्यौपानेले तराईका महिलाहरूको समस्याबारे जानकारी गराउनुभयो ।
Leave a Reply