सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
वि.सं. २०१९ सालमा स्थापना भएको भक्तपुर नगरपालिका वडा नं. २ कालीघाटस्थित बासु माध्यमिक विद्यालयमा हाल सीटीईभीटीबाट सम्बन्धन प्राप्त तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) तहको अध्ययन अध्यापन भइरहेको छ । बासु कलेज कृषि विषय अध्ययन अध्यापन गराउने काठमाडौँ उपत्यकाकै पहिलो कलेजको रूपमा रहेको छ । तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर विषय अध्ययन गर्न देशका ४५ भन्दा बढी जिल्लाका विद्यार्थीहरू बासु माविमा अध्ययनरत छन् । वि.सं. २०७५ सालबाट बासु माविले डिप्लोमा इन एग्रिकल्चर विषयको अध्ययन अध्यापन सुरु गरेको हो ।
बासु माविमा कृषि विषयको अध्यापन सुरु गर्नुको मुख्य उद्देश्य नेपालको निर्वाहमुखी र परम्परागत कृषि प्रणालीलाई सुधार गरी उच्च प्रविधि र दक्ष जनशक्तिको सहयोगमा कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु हो । कृषिप्रधान देश भएर पनि नेपालले थुप्रै कृषि उपज धेरै आयात गर्नुपर्ने अवस्था भएकोले यसको अन्त्यको निम्ति बासुले कृषि विषयको अध्ययन अध्यापनको सुरुवात गरेको विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याई बताउनुहुन्छ । परम्परागत कृषि प्रणालीलाई सुधारमा ल्याई देशलाई आत्मनिर्भर र गुणस्तरीय बनाउनु यसको मुख्य उद्देश्य हो ।
बासु माविले विद्यार्थीहरूलाई अध्ययन भ्रमण, प्रयोगात्मक शिक्षा, कम्प्युटर ल्याव, बाली संरक्षण ल्याव, माटो परीक्षण ल्यावलगायतको ल्याव, कृषि गर्न विद्यार्थीहरूलाई जग्गा उपलब्ध गराउँदै आएको छ । यस विद्यालयले विद्यार्थीहरूलाई आवश्यक पर्ने ल्यावको व्यवस्था गरेको छ ।
यस विद्यालयले गरिब, जेहेनदार तथा विपन्न विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । यस विद्यालयमा अध्ययन पूरा गरी बसेका केही विद्यार्थीहरू भने आफ्नै फार्म सञ्चालन गरी बसेका छन् । बासु माविको कृषि विषयमा हाल १ सय १४ जना विद्यार्थी अध्ययनरत छन् ।
Leave a Reply