जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, ८ असोज । राजनीति शुद्ध नभएसम्म देशको कुनै क्षेत्र सफा हुनसक्दैन । सरकारमा जाने पार्टीहरूमा सम्पदा संरक्षण र प्रवद्र्धनमा गाम्भीर्यता नहुनु दुर्भाग्यपूर्ण छ । राजनीतिक पार्टीहरूको उद्देश्य देश र जनताको सेवा गर्ने हो ।
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३८ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राख्नुभएको हो ।
भक्तपुर नगरपालिकाले पर्यटन प्रवेश सेवा शुल्क लगाउँदा विरोध गर्ने नेता र कार्यकर्ताहरूको मानसिकतामाथि प्रश्न उठाउँदै अध्यक्ष रोहितले भक्तपुर नगरबारे गलत प्रचार गर्न पछि नपर्ने शासक दलका कार्यकर्ताहरूको आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो –‘भक्तपुरको सम्पदा पुनःनिर्माण भक्तपुरका जनताले गरेका भए दुई वर्षमै सम्पन्न हुने थियो । सांस्कृतिक सम्पदाको कार्य पनि ठेक्कामा दिन खोज्दा पुनःनिर्माणमा ढिलाइ भएको हो ।’
देशको इज्जत जोगाउन नसक्ने राजनीतिक पार्टीलाई मत दिएर चुनावमा जिताएकैले देशको विकासमा बाधा परिरहेको धारणा अध्यक्ष बिजुक्छेंले राख्नुभयो । देश परनिर्भरताकै कारण झन् झन् पछि परिरहेको गुनासो उहाँले गर्नुभयो ।
जुन देशसँग व्यापार तथा कारोबार हुन्छ त्यहाँको भाषा र संस्कृति जान्नु आवश्यक रहेको औंल्याउँदै अध्यक्ष बिजुक्छेंले भाषाको कठिनाइकै कारण धेरै युवाहरूले विदेशमा कष्टपूर्ण जीवन बाँच्न परेको र यसतर्फ सरकारको ध्यान जान नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरको पर्यटन विकासको निम्ति भनपाले निरन्तर काम गरिरहेको, सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै आएको र लोपोन्मुख संस्कृतिको संरक्षण गर्न नपाले पुरस्कार तथा प्रोत्साहनको कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘सम्पदा पुनःनिर्माण चुनौतीपूर्ण कार्य हो । नगरपालिकाको लगानीमा यहाँका पुनःनिर्माण कार्य अगाडि बढिरहको छ । तर सम्पदा पुनःनिर्माणमा सरकारले आवश्यक सहयोग गर्न आनाकानी गरिरहनु देशकै निम्ति दुःखद् कुरा हो ।’
भक्तपुरमा आउने पर्यटकको बसाईं लम्ब्याउनेतिर ध्यान जान आवश्यक भएको बताउँदै उहाँले पर्यटन क्षेत्रको विकासको निम्ति यहाँका युवाहरूलाई भाषाको तालिम सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संरक्षणविद् रवीन्द्र पुरीले भक्तपुरको सम्पदा संरक्षण अतुलनीय रहेको बताउँदै यहाँको भौतिक संरचना निर्माणमा सरकारको सहयोग चाहिने र भक्तपुर नगरलाई यातायात निषेध क्षेत्रको रूपमा विकास गर्न पर्यटन उद्योगमा राम्रो उपलब्धि प्राप्त हुने विचार राख्नुभयो ।
भक्तपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष दीवानचन्द्र धौभडेलले भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाको भूमिको प्रशंसनीय भएको बताउँदै भत्किएका संरचनाहरूको नवनिर्माणमा प्राचीन वस्तुहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन र पर्यटक सङ्घका सभापति मधुसुदन आचार्यले भक्तपुर नपाले उठाउँदै आएको आन्तरिक पर्यटक शुल्क जायज भएको, नेपाल पर्यटन बोर्ड संयोजक दीपकराज जोशीले पर्यटन उद्योग व्यापारको माध्यम भएको हुँदा यसबाट मनग्ये आम्दानी गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष नवलकिशोर राजभण्डारी, सहजकर्ता अनिल चित्रकार, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पनि बोल्नुभएको थियो ।
Leave a Reply