भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
काठमाडौँ, १७ फागुन । स्थानीय निर्वाचनदेखि प्रदेश र सङ्घीय निर्वाचनमा मतदाताहरूसँग भोज र नोटसँग भोट साट्नेलाई कारबाही नगर्ने निर्वाचन आयोग हात्तीको देखाउने दाँत हुनेछ ।
उक्त भनाइ नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण महर्जनले जिल्ला निर्वाचन कार्यालय काठमाडौँद्वारा आयोजित सर्वपक्षीय बैठकमा राख्नुभएको हो ।
उहाँले आचारसंहिता उल्लङ्घन गरेको घट्ना निर्वाचन आयोगले प्रत्यक्षरूपमा देखे पनि उजुरी नआएको नाममा पन्छिन नहुने बताउँदै पत्रपत्रिका र विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशित प्रमाण नै काफी छ भन्नुभयो ।
मतदाताहरूभन्दा पनि राजनीतिक दल इमानदार र नैतिकवान हुनुपर्ने, भोज खुवाउने, सामान बाँड्ने, नोट नगद बाँड्ने काम रोकिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मतदाता नामावली अद्यावधिक गर्ने विषयमा बसेको बैठकमा उहाँले मतदाताको हक र मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग र राजनीतिक दल सचेत हुनुपर्ने बताउनुभयो ।
काठमाडौँ जिल्ला प्रशासन प्रमुख घनश्याम उपाध्यायले मतदाता नामावलीमा मृत्यु नभएकाको पञ्जीकरणमार्फत व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुरप्रसाद भट्टराईले बैठकको औचित्यमाथि प्रकाश पार्दै निर्वाचनबारे आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस, काठमाडौँ जिल्ला सचिव गोविन्द पुडासैनी, नेकपा एमाले काठमाडौँका जिल्ला अध्यक्ष दीपक निरौला, राप्रपा काठमाडौँका अध्यक्ष नवराज सिम्खडा, राजमोका सविर खनाल, इलाका प्रशासन कार्यालय प्रमुख सीता परियार, जिल्ला समन्वय समितिका रमेश बुढाथोकीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply