भर्खरै :

सामाजिकीकरणबारे

सामाजिकीकरणबारे

हाल सुरु भएको सर्वहारा क्रान्तिको उद्देश्य तथा नतिजा समाजवादलाई बुझ्नु बाहेक अरु हुनसक्दैन । श्रमिक वर्गले सम्पूर्णरूपमा राज्य सत्ता आफ्नो हातमा लिनुपर्छ जुन हाम्रो लागि समाजवादी साधन हो । समग्र आर्थिक सम्बन्धहरूको आधारभूत रूपान्तरणको लागि यसको प्रयोग गरिनुपर्छ ।
हाल, सबै धनहरू ठूला र राम्रा क्षेत्रहरू साथै …खानीहरू, फ्याक्ट्रीहरू केही मुट्ठीभर रइस पुँजीवादीहरूको हातमा छ । श्रमिकहरूको ठूलो हिस्साले ती रइस पुँजीवादीहरूबाट त्यत्तिमात्र ज्याला पाउँछन् जत्तिले उनीहरू कठीन परिश्रम गर्न बाँच्न सक्दछन् । आजको अर्थतन्त्रको उद्देश्य भनेको श्रम नगर्ने अल्छीहरूको सानो जमातलाई सम्पन्न बनाउने हो । यो मामलालाई समाधान गरिनुपर्छ । सबै सामाजिक सम्पत्ती, प्राकृतिक स्रोत सहितको जमिन, सबै कारखाना र कामहरूलाई शोषकहरूको सार्वजनिक सम्पत्ती बनाउनुपर्छ । श्रमिकहरूको वास्तविक सरकारको पहिलो कर्तव्य उत्पादनको सबैभन्दा महत्वपूर्ण साधन राष्ट्रिय सम्पत्ती हो र यसलाई समाजको नियन्त्रणमा राख्नुपर्छ भन्ने कुरा घोषणा गर्नु हो ।
त्यसपछि मात्र वास्तविक र जटिल कार्य पूर्णतः नयाँ ढङ्गले अर्थतन्त्रको पुनर्निर्माण कार्य सुरु हुन्छ । हाल हरेक व्यापारिक प्रतिष्ठानका उत्पादनहरू पुँजीवादी व्यक्तिहरूका आफ्नै इच्छाअनुसार हुन्छ र कुन कसरी र कुन रूपमा उत्पादन गर्ने, उत्पादित वस्तुहरू कहाँ कसरी र कहिले बिक्री गर्ने भन्ने कुराको निर्णय उद्योगपति आफैले गर्दछ । यी कुराहरू प्रति श्रमिकको कुनै चासो हुँदैन, उनीहरू त काम गर्ने सजीव मेसिनमात्र हुन्छन् ।
समाजवादी अर्थतन्त्रमा यो पूर्णतः फरक हनुपर्छ । प्रात्ेट रोजगार दाताहरू हराउने छन् । त्यसपछि एउटा व्यक्तिलाई धनी बनाउन उत्पादन लक्षित हुँदैन बरु सर्वसाधारणको आवश्यकता पूर्ति गर्न उनीहरूमा वितरण गरिन्छ । त्यसैगरी कारखाना, कृषि संस्थान आदिलाई नयाँ दृष्टिकोणबाट चिन्नुपर्छ ।
प्रथमतः उत्पादनको उद्देश्य हरेकले सम्मानित जीवन जिउनु हुनुपर्छ र यथेष्ट मात्रामा खाना र अन्य संस्कृतिका साधनहरू दिनुपर्छ । त्यसको लागि श्रमिकहरूको उत्पादकत्व अहिलेभन्दा धेरै बढ्नुपर्छ । भूमिबाट राम्रो उत्पादन गराउनुपर्छ, कारखानाहरूमा अति उच्च प्रविधि प्रयोग गर्नुपर्छ, उच्च गुणका कोइला र धातुहरू निकाल्नुपर्छ, यी कुराहरू तबमात्र सम्भव हुन्छ । उद्योग र कृषिका ठूला प्रतिष्ठानहरूमा सामाजिकीकरण गरिन्छ । हामीले सानो टुक्रा जमीन भएका, सानो कार्यशाला भएका साना किसान र साना कालीगडहरूलाई हटाउनु आवश्यक छैन । हामी हटाउन पनि चाहन्नौँ । समयसँगै उनीहरू हामीसँग आउँछन् र व्यक्तिगत सम्पत्तीविरुद्ध समाजवादका उत्कृष्टतालाई बुझ्दछन् ।
द्वितीयत ः समाजका हरेक सदस्यले ऐश्वर्यको उपभोग गर्न उसले काम गर्नै पर्छ । त्यो व्यक्तिले मात्र उसको आवश्यकता पूर्ति गर्ने साधन समाजबाट पाउने हक राख्दछ जसले मानसिक अथवा शारीरिक रूपबाट ठूलो मात्रामा समाजोपयोगी कार्य गरेको हुन्छ । हालका धनी शोषकहरूको जस्तो फूर्सदिलो जीवनको अन्त्य हुनेछ । साना बाल बालिका, वृद्ध–वृद्धा र अशक्त व्यक्तिबाहेक सबैले आफूले सकेको काम गर्नुपर्ने आवश्यकता समाजवादी अर्थतन्त्रको एउटा हिस्सा हो । बालबालिकालाई सामाजिकरूपले हुर्काउने, वृद्धहरूलाई खुसीसाथ हेरचाह गर्ने, जन स्वास्थ्यजस्ता विषयहरूमा समाजको ठूलो हिस्साले तत्काल लगानी गर्नुपर्छ तर त्यो वर्तमानको तुच्छ भिक्षाजस्तो भने हुनुहुँदैन ।
तृतीयतः यसै दृष्टिकोणअनुसार, उदाहरण स्वरूप लोक कल्याणका लागि हरेक व्यक्तिले संवेदनशील भएर व्यवस्थापन गर्नुपर्छ र श्रम र उत्पादनका साधनहरूको फजुल खर्च गर्नु हुँदैन । अहिले सर्वत्र व्याप्त फजुल खर्च हरेकले रोक्नुपर्छ । समाजवादी समाजमा घातक हतियारहरूको कुनै आवश्यकता नपर्ने भएपछि, स्वाभाविकरूपमा युद्ध र युद्ध सामग्रीहरू उत्पादन गर्ने कारखानाहरू बन्द गर्नुपर्छ । त्यसको सट्टा त्यहाँ प्रयोग भइरहेका मूल्यवान वस्तुहरू मानव श्रम अन्यत्र उपयोगी उत्पादनमा लगाउनुपर्छ । ऐस आरामका सामानहरू उत्पादन गर्ने सबै कारखानाहरू पनि बन्द गरिनुपर्छ । अल्छि धनी मान्छेहरूले राख्ने नोकर र प्रयोग गर्ने विलासिताका सामान उत्पादन गर्ने उद्योगहरू पनि बन्द गरिनुपर्छ । त्यहाँ आबद्ध मानव श्रमलाई उपयोगी अन्य पेशामा लगाउनुपर्छ । यदि हामीले यसरी श्रमिकहरूको कुनै राष्ट्र निर्माण गर्छाैँ जहाँ हरेकले हरेकका लागि काम गर्छन्, जनहित र फाइदाको लागि काम गर्छन् भने काम पनि नितान्त भिन्न रूपबाट सङ्गठित गर्नुपर्छ । आज कारखाना, कृषि र कार्यालयमा गरिने काम सर्वहाराहरूका लागि सास्ती र बोझ बनेको छ । आज मानिसहरू काम गर्न जान्छन्, किनभने उसले काम गर्नुपर्छ नत्रभने उसले जीवन यापनका साधनहरू प्राप्त गर्न सक्दैन । समाजवादी समाजमा मान्छेहरूले आफ्नो भलाइका लागि काम गर्छन् । त्यहाँ श्रम शक्तिको स्वास्थ्य र कामप्रति उनीहरूको उत्साहलाई उच्च महत्व दिनुपर्छ ।

हामीमा कुनै कुराको कमी छैन
श्रीमती, बाल–बच्चा
बाहेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *