भर्खरै :

धोका र बेइमानी पुँजीवादका सक्कली रूप

धोका र बेइमानी पुँजीवादका सक्कली रूप

पुँजीवादी राजनीति छलछाम, जालझेल र षड्यन्त्रमा टिकेको हुन्छ । नैतिकता, वैचारिक मूल्य र मान्यता पँुजीपतिवर्गको देखाउने दाँतमात्र हुने गर्छ । जे गर्दा आपूmलाई बढी फाइदा हुन्छ, उनीहरू त्यही गर्छन् । आप्mनो स्वार्थको लागि अरुलाई धोका दिनु, बेइमानी गर्नु र कसैको ज्यान लिनुलाई सामान्य मानिन्छ । आप्mनो दलको अनुकूल नभए अरूलाई दिएको वचन र प्रतिबद्धता तोड्नेमात्रै होइन आपैmँले बनाएको कानुनको पनि ठाडो उल्लङ्घन गर्छन् । यो नै पुँजीवादको वास्तविक रूप हो ।
सामन्तवादी युगको अन्त्यसँगै नेपाल पुँजीवादमा पदार्पण हुँदै छ । राजा महाराजाहरूको स्थान अहिले जनप्रतिविधिहरूले लिइरहेका छन् । पहिले दरबारमा एकले अर्कोलाई विभिन्न षड्यन्त्रहरू गरी सिध्याए जस्तै अहिले एक दलले अर्को दललाई सिध्याउने खेल भइरहेको छ । राजनैतिक व्यवस्था त परिवर्तन भयो तर जनताको जीवनमा कुनै सुधार आएन । नेपाली जनता हिजो सामन्तहरूबाट शोषित र पीडित थिए भने आज पुँजीवादी शासक दलहरूबाट पीडित छन् । त्यसैले नेपाली जनता पुँजीवादी व्यवस्था परिवर्तनको निम्ति निरन्तर आवाज उठाउँदै छन् र सङ्घर्ष गर्दै छन् ।
नेपालको पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने दुई महिनाबिच दुईवटा ‘धोका’ का घटनाहरू देखिए । पुस १० गते जुन दिन वर्तमान सरकार गठन भयो, त्यो दिन माओवादी अध्यक्ष प्रचण्ड नेकाको नेतृत्वमा भएको गठबन्धन त्यागेर एमालेको शरणमा पुगे । उनकै नेतृत्वमा सरकार बन्यो । त्यतिबेला नेकाका केही नेताहरूले भने– प्रचण्डजीले धोका दिए । उनी अस्थिर नेता हुन् ।
पुुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रचण्डलाई नेकासमेतले समर्थनमा मत दिएपछि के.पी. ओलीको मनमा चिसो पसेको थियो र भने, “नेकाले ढोक्सा थपेको हो भने त्यसमा माछा पर्दैन ।” सर्पको खुट्टा सर्पले मात्र देख्छ भनेभैmँ एमालेले त्यसबेलै नेकाको योजना बुझिसकेको देखिन्छ । त्यही दिनबाट प्रचण्डको बोलीमा परिवर्तन आयो । उनले राष्ट्रिय सहमतिको प्रचार गर्न थाले । शासक दलहरूको नेताहरूले आपूm र आप्mनो दललाई केन्द्रबिन्दुमा राखेर काम गरे । देश र जनता उनीहरूका निम्ति गौण बन्न पुग्यो । घटनाक्रमले यसको पुष्टि गर्दै छ ।
फागुन १३ गते नेकासहित आठ दलको समर्थनमा रामचन्द्र पौडेल र एमालेको तर्पmबाट सुवास नेम्वाङले राष्ट्रपतिमा छुट्टाछुट्टै उम्मेदवारी दिए । विभिन्न दलको समर्थनमा पौडेलको उम्मेदवारीलाई प्रचण्डले जबरजस्ती राष्ट्रिय सहमति बताउन थालेका थिए । फागुन २५ गतेसम्म कुनै ठूलो घटना नघटेमा अब नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल जित्ने सुनिश्चित नै देखिन्छ ।
राष्ट्रपति निर्वाचनले माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीको महत्व ह्वात्तै बढाइदियो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि नेका र माओवादीले गन्नसमेत छाडेका थिए उनलाई । नेकपा (एस) का नेता माधव नेपाललाई के.पी. ओलीले राष्ट्रपतिमा प्रस्ताव राखेपछि उनको मोलमोलाइ क्षमता बढ्यो । ओलीले राष्ट्रपतिको लागि गरेको प्रस्तावलाई नेपालले हतियारको रूपमा प्रयोग गरे । संसद्मा १० सिट भएको, तीन प्रतिसितको थ्रेसहोल्डसमेत पूरा गराउन नसकेको र नेकाकै मतले प्रत्यक्षतर्पm १० सिट जितेका माधव नेपाल पनि अब प्रधानमन्त्री बन्न पाउने सहमति गराउन उनी सफल भए । ओलीको प्रस्ताव माधव नेपाललाई ‘ढुङ्गोलाई सुन’ बनाएको जस्तो भयो ।
देउवाले माधव नेपाललाई जुनसुकै मूल्यमा आपैmँतिर राख्नु उसको बाध्यता हो । एमालेलाई कमजोर बनाउने सबैभन्दा उत्तम विकल्प माधव नेपाललाई एमालेसँग मिल्न नदिनु नै हो । नेपाली जनता वामपन्थीहरूप्रति बढी आकर्षित छन् । अझ जनताले एमालेलाई कम्युनिस्ट भनेर पनि ऊप्रतिको आकर्षण बढेको हो । नेकपा (एस) र माओवादीलाई एमालेबाट अलग राख्न सकुन्जेल नेका सुरक्षित हुन्छ भन्ने नेकाले राम्ररी बुझेको छ । एमाले र माओवादी एक हुँदा यस अघिको संसद्मा नेकपाको तुलनामा नेका निकै सानो थियो । त्यसबेला ५ वर्षसम्म उसले सरकारमा जाने सपना पनि देखेको थिएन । माधव नेपाल र प्रचण्डले नेकपाभित्र के.पी. ओलीको विरुद्ध विद्रोह गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पु¥याएका हुन् । अझ त्यस कार्यमा प्रचण्डको भन्दा माधव नेपालको ठूलो हात रहेको नेकाकै नेताहरूको बुझाइ देखिन्छ । त्यही गुण तिर्न पनि नेपाललाई १ वर्षको लागि प्रधानमन्त्री स्वीकार्न नेका तयार भएको हुनसक्ने अनुमान धेरैको छ । माधव नेपाल एमाले कमजोर पार्न विभीषणको भूमिकामा थिए र छन् ।
माओवादी अस्तित्वको सङ्कटमा छ । विचार र सिद्धान्तविनाको माओवादी आप्mनो अस्तित्व जोगाउन नेकासँग नमिली सुखै छैन । गएको स्थानीय प्रदेश र सङ्घको निर्वाचनमा यदि नेकासँग नमिलेको भए उसको क्षमता त्यही बेला देखिने थियोे । संसदीय राजनीतिमा सीमित हुने हो भने त एमाले छँदै छ, माओवादीको के औचित्य भनी प्रश्न गर्नेहरूको पनि कमी छैन । विचार र सिद्धान्तहीन राजनीति गरेपछि माओवादीको ध्यान अब पद हत्याउनेबाहेक केही देखिएन । जे गरेर पनि पदमा टिकिरहने प्रचण्डको अस्थिर व्यवहारले उनलाई कहिले बालुवाटार त कहिले बालकोट पु¥याएको छ । उनी आपैmँ भने ‘गतिशील’ भएको बताउँछन् । उनको ‘गतिशीलता’ नाङ्गो र सबैले छ्याङ देखिने निर्लज्जताको उदाहरण बनिरहेको छ । संसद्मा ३२ सिट जितेर तेस्रो स्थानमा हुँदा हुँदै पनि माओवादीले २ वर्षको प्रधानमन्त्री पक्का गर्न सक्नु एक अवसरवादीको लागि सफलता नै मान्न सकिन्छ । तर धोका, विश्वासघात र बेइमानी सधँै टिक्ने गर्दैन । अवसरवादीको चरित्र बुझेकाहरूले कुनै पनि बेला उनलाई धोका नदेलान् कसरी भन्न सकिन्छ ?
राष्ट्रपति र सभामुख क्रमशः नेका र एमालेको पक्का भएपछि त्यो पद ५ वर्षसम्मको लागि सुरक्षित हुन्छ किनभने, ती पदहरूबाट हटाउन प्रतिनिधिसभाको दुईतिहाइबाट अविश्वासको प्रस्ताव पारित हुनुपर्छ । आजको संसद्बाट दुईतिहाइ मतबाट हटाउन करिब असम्भवजस्तै छ । तर, प्रधानमन्त्री भने सामान्य बहुमत देखाउन नसकेपछि कुनै पनि बेला हट्न सक्छ । अहिले प्रचण्डले एमालेलाई धोका दिएभैmँ प्रचण्डसँग बदला लिन एमालेले देउवालाई ५ वर्ष प्रधानमन्त्रीको प्रस्ताव राख्नु के असम्भव छ र ? १० सिटको माधव नेपाललाई प्रधानमन्त्री स्वीकार्नुभन्दा ओली र देउवाले पालैपालो प्रधानमन्त्री बन्ने सम्झौता गरेमा के आश्चर्य ?
नेकाका नेताहरूले माओवादी र नेकपा (एस)लाई जतिसुकै मान सम्मान दिए पनि राष्ट्रपति निर्वाचनपछि प्रचण्ड हटाउ अभियान सुरु गरेमा आश्चर्य मान्नुपर्ने छैन । अहिले गरेको जस्तो लिखित र अलिखित सहमति उनीहरूबिच यसअघि धेरै पटक गरिसके र धेरै पटक उल्लङ्घन पनि गर्दै आएका हुन् ।
मुख्य कुरा नेका र माओवादी निर्वाचन अघिकै गठबन्धन कायम गरेर आगामी निर्वाचनमा पनि एमालेलाई धेरै ठाउँमा हराउने नीतिमा छन् । नेका, माओवादी, नेकपा (एस), लोसपा र राजमो गठबन्धन गरेर चुनाव लड्दासमेत एमाले समानुपातिकमा पहिलो र प्रत्यक्षमा दोस्रो दल बन्न सकेको छ भन्ने अलगअलग लडेको भए एमालेलाई रोक्न नसक्ने निष्कर्ष उनीहरूको छ । पछिल्लो चुनावमा अहिलेभन्दा धेरै स्थान जितेर नेका पहिलो मात्रै होइन बहुमतको दल बन्ने काङ्ग्रेसको चाहना र एमाले कमजोर बनाएर आप्mनो दलको अस्तित्व कायमै राख्ने माओवादी र एसको स्वार्थले गर्दा अहिलेको परिस्थिति उत्पन्न भएको हो । यसले अबको ५ वर्ष यस्तै अस्थिरता र अराजकता तथा नैतिक मूल्य र मान्यताविपरीतका राजनैतिक खेलहरू नेपाली जनताले देख्नु पर्नेछ ।
‘जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ र जो पानीसँग खेल्छ ऊ पानीमै मर्छ’ भन्ने पुरानो नेपाली उखानभँैm आज षड्यन्त्र, जालझेल र धोकाका राजनीति गर्नेहरू त्यसरी नै अन्त्य हुनेछ र नेपाली जनता यस्ता घटनाहरूबाट शिक्षा लिँदै अगाडि बढ्नेछन् । धोका र विश्वासघाती राजनीति गर्नेहरूलाई दूधमा परेको झिङ्गाभैmँ एक एक गरी फालेपछि राजनीतिमा शुद्धता आउनेछ र नेपालमा एक दिन सिद्धान्त र विचारको राजनीति स्थापित हुनेछ । नेपाली जनता यही विश्वासका साथ अघि बढ्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *