भर्खरै :

‘मानवीय कल्याणका लागि अवतार’ पुस्तक पढ्दा

‘मानवीय कल्याणका लागि अवतार’ पुस्तक पढ्दा

साम्राज्यवादविरोधी सङ्घर्षको झन्डा अझ माथि उचालेर समाजवादको बाटोमा दृढताका साथ अघि बढेका प्रजग कोरियाका प्रिय नेता किम इल जङले पु¥याएको योगदानमा केन्द्रित रहेर लेखिएको पुस्तक हो – ‘मानवीय कल्याणका लागि अवतार’ । कोरियाको प्योङयाङमा १९९१ मा ‘कोरियाली एकीकरण र शान्तिको लागि’ सम्पन्न अन्तर्राष्ट्रिय सभा र यात्रामा सहभागी भएका दाङको घोराही निवासी फणीन्द्रराज पन्तले लेखेको यो उनको दोस्रो पुस्तक हो । यसअघि उनले सन् १९९२ मा राष्ट्रपति किम इल सङको योगदानमा आधारित ‘अतुलनीय महामानव’ पुस्तक लेखेका थिए । ‘मानवीय कल्याणका लागि अवतार’ पुस्तकमा ‘नयाँ राजनीतिक तरिका’, ‘हामी जनताको सेवा गर्छौँ’, ‘जनता नै मालिक बनेको देश’, ‘भविष्यको माया गर’, ‘म पनि परिश्रम गर्ने जनताको छोरो हुँ’ र ‘समाजवादको रक्षक’ शीर्षकका लेखहरू समेटिएका छन् ।
‘नयाँ राजनैतिक तरिका’ शीर्षकको लेखमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया मानिसहरूलाई आकर्षित र प्रभावित गराउने समाजवादको एक नमुनाको देश रहेको चित्रण गरिएको छ । पुस्तकमा लेखिएको छ, “प्रजग कोरियामा सारा मानिसहरू गाँस, बास, कपास, उपचार, बच्चाहरूलाई शिक्षा दिने, पेशा, कर जस्तो चिन्ताबाट मुक्त भई सुखी जीवन बिताइरहेका छन्, प्रजग कोरिया समाजवादलाई राम्ररी निर्माण गरेको देश हो । आम जनताको सच्चा हित गर्न र उनीहरूको आकाङ्क्षा पूरा गर्न सही विचारधारा आवश्यक हुन्छ । पुँजीवादी देशहरूको राजनीति जहिले पनि व्यक्तिवाद र स्वार्थवादमा आधारित हुन्छ । उनीहरूको व्यवस्था भनेको पुँजीपतिवर्गको एकाधिपत्य अधिकारको संरक्षण गर्नु हो ।”
जुछे विचारधारा आम जनतालाई केन्द्रबिन्दुमा राखेको मानवकेन्द्रित विचार हो । आम जनताको सेवा गर्नु नै सही राजनीति हो । यो राजनीति श्रमिक जनता र क्रान्तिकारीप्रतिको केन्द्रित अभिव्यक्ति हो ।
‘हामी जनताको सेवा गर्छौँ’ यो पुस्तकको अर्काे महत्वपूर्ण लेख हो । जनताको सेवा गर्नु नै जनप्रिय राजनीतिको मुख्य उद्देश्य हो । पुस्तकमा किम जङ इलले आम जनतालाई सामाजिक इतिहासको प्रेरक शक्ति, क्रान्ति र निर्माणको मालिक, इतिहासको निर्माता, भौतिक सम्पत्तिको निर्माता, वैचारिक र सांस्कृतिक सम्पत्तिको सर्जकको रूपमा चित्रण गरेका छन् ।
यस पुस्तकको अर्काे लेख ‘जनता नै मालिक बनेको देश’ हो । नेता किम जङ इलको ‘हाम्रो समाजवादी देश आम जनतालाई सच्चा राजनीतिक अधिकार र स्वतन्त्रता वास्तवमा प्रदान गरिदिने स्वच्छ प्रजातान्त्रिक समाज हो’ भन्ने धारणा पुस्तकमा उल्लेख छ । कोरियामा बुद्धिजीवीहरूले पार्टी र राज्यको महत्वपूर्ण पदमा काम सम्हालेको मात्र होइन, उनीहरू प्राध्यापक, चिकित्सक, सर्वाेच्च जनसभा (संसद्) को सांसद तथा श्रमजीवीहरू बन्न पुगेको वर्णन छ । महिलाहरू क्रान्तिको गाडीको एक पाङ्ग्रा धकेल्दै अगाडि बढिरहेको, महिलाप्रति सामाजिक दुव्र्यवहार पूर्णरूपले हटाइएको देश हो प्रजग कोरिया । प्रजग कोरियामा देशका नियमबद्ध सङ्गठनको एक सदस्य भएर सामाजिक जीवन सफल पार्दै अघि बढिरहेको छ ।
प्रजग कोरियामा देशको कुनै पनि दुर्गम क्षेत्र वा राजधानीबाट टाढा परेको एकान्त टापुमा पनि विद्यालय नभएको पाइँदैन । प्रत्येक कोरियालीका सन्तानहरू जोसुकै होस् पढाइबाट वञ्चित छैनन् । सन् १९७२ देखि नै ११ कक्षासम्म अनिवार्य शिक्षाको व्यवस्था छ । देशैभरि बाल विद्यार्थी दरबार, विद्यार्थी बाल समागृह, बाल शिविर केन्द्र, पुस्तकालयलगायत सामाजिक शिक्षा निकायहरू स्थापना गरिएका छन् । यी विषय ‘भविष्यको माया गर’ भन्ने लेखकमा चर्चा गरिएको छ ।
आम जनतामा केन्द्रित देश प्रजग कोरिया एउटै आत्मा भएको एकताको देश हो । कोरियाली जनताको मन र विचार एउटै छ । यो कुरा ‘एउटै आत्मा भएको एकताको देश’ शीर्षकको लेखमा वर्णित छ । युवाहरू सैनिक सेवाक्रममा अपर्झट घाइते भए पनि कदापि निराश हुँदैनन् बरु भविष्यको आशा लिएर हँसिलो जीवन बिताइरहेका छन् । कोरियामा कुनै हेरिदिने मान्छे नभएका बुढाबुढीहरूको खास सन्तान भई हेरिदिने उच्च नैतिक चरित्र छ । कोरियामा पहिलेदेखि बच्चा हुँदा आमाबाबुमा, युवक हुँदा पतिपत्नीमा, बूढो हुँदा सन्तानमा भर पर्ने भन्ने व्यवस्था गरिएको छ । प्रजग कोरियामा समाज, समुदाय र जनताको निम्ति गर्ने काममा इमानदाररूपले पसिना र प्रयत्न लगाउने प्रशंसनीय काम भइरहेको छ ।
‘म पनि परिश्रम गर्ने जनताको छोरो हुँ’ भन्ने शीर्षकको लेख पनि पठनीय छ । किम जङ इल जनताको सुख छोडेर अरू कुनै कुरामा खुसी हुनुहुन्न, जनता सँगसँगै दुःख र सुख बाँड्ने नरम स्वभाव, स्नेहकर्ता, जनप्रिय नेता किम जङ इल जहिल्यै जनसमुदायबिच रहेर काम गर्थे । किम जङ श्रम गर्ने जनताको निम्ति समर्पित हुन्थे । उनी डरलाग्दो पहाडको चुचुरोमा पुगेर जनसेनाका सिपाहीहरूलाई उत्साहित गर्थे । यही कारण अहिले प्रजग कोरियामा नेता र जनताबिचको सम्बन्ध, बुबा र छोराछोरीको जस्तो छ ।
यस पुस्तकको अन्तिम लेख ‘समाजवादको रक्षक’ हो । आम जनतामा केन्द्रित कोरियाली ढाँचाको समाजवादलाई कायम गरी राख्न त्यहाँको सरकार, पार्टी, जनता र सेना तयार छन् । कोरियाली जनता समाजवादप्रति दृढ छन् । मानवको सच्चा प्राण भनेको पराधीनता र बन्धनबाट उम्केर समाजको मालिक बन्ने स्वाधीनतापूर्ण जीवनमा हुन्छ । श्रमिक जनताको स्वाधीनता कुल्चिने समाज शोषणमुखी समाज हो भन्ने मान्यता प्रजग कोरियाको रहेको छ । पुस्तकमा भनिएको छ, “कोरियाली ढाँचाको समाजवाद आम जनतालाई समाजको साँचो मालिकको रूपमा मान्यता दिने र समाजको सबथोक जनताको निम्ति अर्पण गर्ने आम जनतामा केन्द्रित श्रेष्ठ समाजवाद हो । जनताको इच्छाअनुसार जनताकै मागबमोजिम गहिरो जरा गाडेको कोरियाली ढाँचाको समाजवाद जस्तोसुकै हुरी बतासमा पनि नहल्लिने अविनासी किल्लाको रूपमा रहेको छ । कोरियाली जनता जीवनको आधार र सुखको झोलुङ्गे समाजवाद नै किम जङ इलको अँगालो हो ।”
साँच्चै क्रान्तिकारी पार्टी र जनता समाजवादको विजय हुन्छ भन्ने विश्वास लिएर समाजवादको निम्ति सङ्घर्ष गर्दै अघि बढेका थिए । यसरी यो पुस्तक प्रत्येक देशका स्वाधीनताप्रेमी नागरिकले पढ्नैपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *