भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १९ फागुन । भीम आदर्श आधारभूत विद्यालयको हीरक जयन्ती स्मारिका विमोचन तथा उद्घाटन शुक्रबार भक्तपुर नगर शिक्षाका सदस्य तथा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले गर्नुभएको छ ।
प्रमुख अतिथि बिजुक्छेँले सुषुप्त बाल प्रतिभालाई माथि उकास्न शिक्षकले सहजीकरण गर्नुपर्ने बताउँदै सामुदायिक विद्यालयको सुधारको लागि दैनिक वा हप्ताको एकपटक विद्यार्थीहरूले गरेको शैक्षिक एवम् अन्य प्रगति विवरणसम्बन्धी छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले शिक्षामा उदार नीति समयको माग रहेको बताउँदै शिक्षकको क्षमता अभिवृद्धिका अनुसन्धानमूलक तालिम सञ्चालन गर्नेतर्फ भक्तपुर नगरपालिका रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले जातजाति तथा भाषाभाषिकालाई एकत्रित गर्ने काम विद्यालयबाट भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका सदस्य विष्णुप्रसाद दुमरुले सामुदायिक विद्यालयको सुधार गर्न समुदायका व्यक्तिहरू नै लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यालयका पूर्वव्यवस्थापन समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यालयको विगतदेखि वर्तमानसम्मको ऐतिहासिकता बताउँदै सामुदायिक विद्यालयको कामदार वर्गका बालबालिकाले पनि निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नसक्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा आधारभूत विद्यालय समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छाले पनि बोल्नुभएको थियो ।
हीरक जयन्ती कार्यक्रममा विद्यालयका १० वर्ष सेवा अवधि पूरा गरेका तीन शिक्षक तथा कर्मचारीलाई कदरपत्र एवम् २०७६ देखि २०७८ सम्म वार्षिक परीक्षामा तहगत प्रथम, द्वितीय, तृतीय तथा विद्यालयको विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले बिचबिचमा आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए ।
Leave a Reply