नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
शासकहरू इमानदार, चरित्रवान, जवाफदेही, पारदर्शी, दूरदर्शी, देशभक्त र देश र जनताप्रति समर्पित हुनुपर्नेमा कुनै द्विविधा छैन । शासकहरूमा यी गुण नभएसम्म देशमा कहिल्यै सुशासन हुनेछैन । शासकहरूमा यस्तै गुणको अभावले देश राजनीतिक र आर्थिक सङ्कटमा परिरहेको हो । प्रजातन्त्र जीवनपद्धति हो । ‘जसको तरबार उसको दरबार’ बनाउने शासकहरू कहिल्यै जनताप्रति जिम्मेवार हुँदैनन् । सरकार विधि र पद्धतिमा चलेन या मनपरी ढङ्गले चल्यो भने देशले गति पाउँदैन, मार्गनिर्देश गर्न सक्दैन । देश विकास नहुनुको कारण पनि आफूखुसी शासन चलाएकोले हो । मनपरी सरकार चलाउनु निरङ्कुशतन्त्रकै अवशेष हो । शासकहरूको यस्तै चरित्रले ‘जति जोगी आए पनि कानै चिरेका’ भन्ने उखान बेलाबखत सुन्नमा आएको हो ।
शासकहरू कमिसनमा डकारेको डलरले पेलेर चुनाव जित्छन्, विकासको योजनामा कमिसन लिन्छन् । अनि ती नै नेता, मन्त्री र सांसदहरू प्रदेशसभा र प्रतिनिधिसभामा भ्रष्टाचारको विरोधमा कड्केर बोल्छन् । राजस्व छलेर, घुस असुरेर, कमिसन डकारेर, तस्करी जमाएर, घोटाला गरेर जोहो गर्ने शासक र ठूला दलका नेताहरू सुशासन र विधिको भाषण गर्छन् । आलिसान महलमा ऐøयासी जीवन बिताउने, सत्ताको मात चढेर भागबन्डाको राजनीति गर्ने शासकहरू देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउन आँखा चिम्ली सन्धि–सम्झौतामा ल्याप्चे लगाउँछन् । अनि ती नै शासकहरू आफूलाई देशभक्त भनी चिनाउँछन्, देश र जनतालाई घात हुने कुरामा सम्झौता नगर्ने फुक्छन् ।
शासकहरूले राष्ट्र, मानवता, कर्तव्य भुलेर देश बनाउन सक्दैनन् । सोझासीधा नेपाली पुत्रीहरूलाई विदेश पु¥याएर बेच्ने दलालहरू अहिले पनि सक्रिय छन् । स–साना आफ्ना स्वार्थ पूरा गर्न आफ्नो दल र देशकै इज्जतमा धक्का पु¥याउने काममा संलग्न शासक र नेताहरूलाई हामीले चिन्नुपर्छ । विदेशी ऋण र अनुदानको नाउँमा देशघाती सन्धि–सम्झौता गर्ने शासक र मन्त्रीहरूलाई जनताले चिन्नुपर्छ । यस्ता शासक र मन्त्रीहरूलाई राम्ररी चिनेर नहराएसम्म देशले काँचुली फेर्नेछैन, देशमा सन्तुलित विकास हुनेछैन । यसकारण, देशभक्त दल र जनताले पुँजीवादविरोधी भावना उजागर गर्नुपर्छ । त्यसको विकल्प समाजवादी अवधारणा जनतामाझ पु¥याउनुपर्छ । हामी सबै इमानदार, देशभक्त, निःस्वार्थी, योग्य, देश र जनताप्रति जिम्मेवार भएमा यहाँ कसैले कसैलाई झूटा आश्वासन दिनुपर्दैन, नोट दिएर भोट लिनुपर्दैन, पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने जोहो गर्नुपर्दैन । अनि यहाँ सरकारप्रति जनताको विश्वास बढ्छ । समाज र देशको रूप पनि फेर्छ । झूट कुरा फलाकेर, खुट्टा तान्ने राजनीति गरेर सुन्दर मुलुक बन्दैन, जनताले राहतको अनुभूति पाउँदैनन् । यसकारण, देशको मुहार फेर्न शासकहरूको चरित्र फेर्नुपर्छ, विधि र पद्धतिमा रहेर राजनीति गर्नुपर्छ ।
Leave a Reply