भर्खरै :

‘विषालु रेल’ को दाँजोमा अमेरिकी राजनीतिक विषाक्त वातावरण झन् खतरनाक

“म निकै चिन्तित छु । उनीहरूले वायुको कुनै समस्या नरहेको बताए तापनि मैले विश्वास गरेको थिइनँ ।” १ महिनाअघि देखापरेको रेल लीकबाट निस्केर विषालु रासायनिक वस्तु चुहिएको दुर्घटनाबारे चर्चा गर्दै अमेरिकी ओहिओ राज्यको पूर्वी प्यालेष्टाइन सहरका बासिन्दा मान्डीले सरकारी पदाधिकारीको भनाइको पटक्कै विश्वसनीय नभएको बताएकी छिन् । किनकि, उनी र उनका छोराको स्वास्थ्यमा लगातार समस्या देखापरेको देखिन्छ ।
गत फेबु्रअरीको अन्त्यमा अमेरिकी वातावरणीय संरक्षण विभागका प्रमुख माइकल रिग्यानले पुनः एकपल्ट दुर्घटनास्थल पुगी स्थानीय बासिन्दाहरूसमक्ष पानी र वायु सुरक्षित रहेको दाबी गर्नुभएको थियो । तर, त्यसअघि अमेरिकी वातावरणीय संरक्षण विभागअन्तर्गत दोस्रो प्रिफेक्चरका पूर्व जिम्मेवार व्यक्ति ज्युदिथ एन्कले सञ्चारमाध्यमसँग कुराकानी गर्दै स्थानीय बासिन्दाहरू कुनै कारण बिरामी भइरहेको भन्दै त्यहाँको पानी र वायुको समस्या रहेको ठहर गर्नुभएको थियो ।
विश्वमा सबभन्दा सशक्त मुलुकका सर्वसाधारणको रूपमा रही अमेरिकी नागरिकहरूको बाँच्ने अवस्थाप्रति विश्वले दया गरेको छ । विभिन्न पार्टी समूहबिचको प्रतिस्पर्धा चर्कंदै आएको र प्रजातन्त्र डामाडोल भइरहेको सिलसिलामा अमेरिकीहरूको आधारभूत स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *