आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
संसारका प्रमुख अर्थतन्त्रहरू मन्दीले आच्छु आच्छु मानिरहेको बेला दोस्रो ठूलो अर्थतन्त्र चीनले भने चालु वर्षको लागि शानदार आर्थिक वृद्धिको प्रक्षेपण ग¥यो । आइतबारबाट सुरु भएको चीनका दुई सदन –राष्ट्रिय जनकाङ्ग्रेस र चिनियाँ जनराजनीतिक सल्लाहकार सभाको नियमित वार्षिक अधिवेशनबिच चीन सरकारले सन् २०२३ मा चीनको आर्थिक वृद्धि ५ प्रतिशतको दरले हुने प्रक्षेपण गरेको छ । चिनियाँ आर्थिक चिन्तकहरू युक्रेन युद्ध र अन्तर्राष्ट्रिय एक पक्षधरता (युनिल्याट्रालिज्म) हाबी नहुँदो हो त चीनको आर्थिक वृद्धि ५ प्रतिशतभन्दा माथि उक्लिने अनुमान गर्छन् । चिनियाँहरूको यो प्रक्षेपणले कोभिडकाल पछि चीनले आर्थिक वृद्धिमा पूर्ण आत्मविश्वास हासिल गरिसकेको र संरा अमेरिकालगायत केही पश्चिमा देशहरूले चिनियाँ वृद्धिलाई प्रभावित बनाउन खेलेका झेली खेलको प्रभाव शून्यप्राय भएको देखाएको छ । चीन संसारकै सबभन्दा ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको धेरै वर्षअघि गरिएको पूर्वानुमान पछिल्ला तथ्याङ्क र प्रक्षेपणले पुष्टि मात्र गरेन, बरु अब यो दौडमा चीनलाई संसारका कुनै पनि शक्तिले रोक्न नसक्ने देखाएको छ । चीन संसारकै सबभन्दा तेजगतिमा फैलिरहेको अर्थतन्त्र बनेको छ ।
अघिल्लो वर्ष सन् २०२२ मा चीन कोभिड महामारीविरुद्ध अन्तिम लडाइँ लडिरहेको थियो । महामारीकै कारण संसारभरको वितरण र आपूर्ति प्रणाली बिथोलिएको थियो । चिनियाँ अर्थतन्त्रले बिस्तारै गति लिन खोजिरहे पनि पूर्ण आकार र गतिमा काम हुन सकेको थिएन । त्यस्तो असहज परिस्थितिबिच पनि त्यतिबेला चिनियाँ आर्थिक वृद्धि दर ३ प्रतिशत थियो । त्यसको तुलनामा यो वर्षको आर्थिक वृद्धिको प्रक्षेपण बढेको छ । यसले चीन आगामी दिनमा अझ सहज आर्थिक गतिविधितर्फ अघि बढ्ने देखाएको छ । कोभिड सङ्क्रमणप्रति सदैव सचेत रहँदै आन्तरिक र अन्तर्राष्ट्रिय बजार क्रमशः खोल्दै जाने नीतिमा चीन अघि बढेको छ ।
चीनको पछिल्लो आर्थिक वृद्धिको प्रक्षेपण केन्द्रीय सरकारको मात्र होइन । बरु चीनका सबै प्रान्त र स्थानीय सरकारका आर्थिक प्रक्षेपण पनि ५–५.५ प्रतिशतको दरले वृद्धि हुने देखिएको छ । चालु वर्षको सुरुका दुई महिना जनवरी र फेब्रुअरीमा चीनको अर्थतन्त्र मनोरञ्जन, पर्यटन र उत्पादन क्षेत्रमा बढेको छ ।
कोभिडको सबभन्दा चर्को मार सामना गरेर पनि चीनले छोटो समयभित्रै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन र अझ तेजगतिमा दौडाउन सफलता पाएको छ । तर, कोभिडकालको आरम्भमा ‘चीन अब कहिल्यै उठ्न नसक्ने गरी डुब्ने’ डङ्का पिटेका पश्चिमा देशहरू भने पुरानो अवस्थामा फर्किन त परको कुरा, ओरालोतिरको यात्रा थाम्न समेत हम्मेहम्मे मानिरहेका छन् । संरा अमेरिकी अर्थतन्त्रको अध्येता संस्था द कन्फरेन्स बोर्डले सार्वजनिक गरेको जानकारीअनुसार ‘माग र आपूर्तिका विभिन्न कुराको गठजोडले निम्त्याएको उच्च मुद्रास्फीतिको लहरले संरा अमेरिकी अर्थतन्त्रलाई पिरोलेको छ र यो समस्या निकट भविष्यमा सहजै समाधान भइहाल्ने देखिँदैन ।’ सन् २०२३ को आरम्भदेखि नै संरा अमेरिकी अर्थतन्त्र आर्थिक सङ्कटको चपेटामा धकेलिने बोर्डले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
कोभिडका घाउ पुरिन पनि नपाउँदै युरोपेली सङ्घको विखण्डन र युक्रेन युद्धले युरोपेली देशहरूको अर्थतन्त्रलाई थप सङ्कटको मुखमा पु¥याएको छ ।
ऊर्जामा मुख्यतः रुसमा निर्भर युरोपेली देशहरूले यो जाडोयाममा ठूलो ऊर्जा सङ्कटको सामना ग¥यो । युक्रेनी शरणार्थी समस्याले युरोपका अधिकांश देश प्रभावित बने । युक्रेन युद्ध सुरु भएको केही समयमा नै रुस पराजित हुने र रुसी भूमिमा नाटोको बिस्तारसँगै रुसी प्राकृतिक स्रोतसाधनमा कब्जा जमाउने सपना बोकेर किभको समर्थन गर्न हतारिएका युरोपेली देशहरू युद्धले सोचेजस्तै परिणाम नदिने छनक देखेर अलमलमा परेका छन् । युक्रेन युद्ध सुरु भएको एक वर्ष बितिसकेको छ । यो एक वर्षमा पश्चिमा देशहरूले रुसलाई बाहिर भनेजस्तै पराजयको स्वाद चखाउन सकेन । बरु युक्रेनको सङ्कटले युरोपेली अर्थतन्त्रलाई दिनानुदिन मन्दीतिर धकेलिरहेको छ ।
युक्रेनलाई रुससँग लड्न उकास्ने संरा अमेरिका भने युरोपेली देशलाई प्रत्यक्ष मारमा पारेर आफ्ना हतियारको व्यापार गरिरहेको छ । कोभिड महामारीले मन्दीग्रस्त अमेरिकी अर्थतन्त्रबाट उम्कन वाशिङ्टनसँग भएको अबको एउटै बाटो युक्रेनमा हतियारको व्यापार हो । त्यसकारण, संरा अमेरिका युक्रेन युद्ध लम्बिएको चाहन्छ । युक्रेनी भूमिमा लडाइँ हुँदा उसलाई प्रत्यक्ष कुनै हानि हुनेछैन । बरु युद्ध लम्बिए उसका पुराना दुश्मन रुस कमजोर हुनेछ, युरोप पनि कमजोर हुनेछ र आफ्नो हतियारको व्यापार पनि चालु रहनेछ । अर्को शब्दमा युक्रेन युद्धमा संरा अमेरिकालाई सबैतिरबाट फाइदा छ । तर, युक्रेन युद्धमा चीनलाई पनि फसाउने संरा अमेरिकी रणनीतिले भने युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि काम नगरेकोमा वाशिङ्टन जिल्ल परेको छ ।

हालैको आफ्नो रुस भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्दै चीनको राज्य परिषद्का सदस्य वरिष्ठ कूटनीतिज्ञ वाङ यी
युक्रेन युद्धको प्रत्यक्ष निशाना रुस भए पनि चीनलाई समेत यो घानमा पिस्ने उसको योजना हो । युक्रेन युद्धमा चीनलाई फसाउन सके एकातिर चीनको आर्थिक तेजलाई रोक्न सकिन्थ्यो । अनि यही कारण देखाएर चीन र युरोपेली देशबिचको बढ्दो निकटता तोड्न सकिन्थ्यो । यसले संसारको महाशक्तिको रूपमा संरा अमेरिकाको प्रभुत्वलाई कसैले चुनौती दिन सक्ने थिएन । तर, चीनको सजग विदेश नीतिको कारण पश्चिमाहरू आफ्नो लक्ष्यमा सफल हुन सकेको छैन । तथापि, २ मार्च, २०२३ मा रोयटर्स समाचार संस्थाले ‘युक्रेन युद्धको सन्दर्भमा चीनमाथि सम्भावित नाकाबन्दीको लागि संरा अमेरिकाले खोज्यो सहयोगी देशको समर्थन’ शीर्षकको समाचार प्रकाशित ग¥यो । वाशिङ्टनले पछिल्लो समय रुसलाई चीनले हतियार सहायता गर्न खोजिरहेको आरोप लगाएको छ । उनीहरूको तर्कअनुसार एक वर्षको लडाइँपछि रुससँग हतियार कम भएको छ र युद्ध जारी राख्न उसलाई चीनले मद्दत गर्न खोजिरहेको छ । त्यसकारण, उनीहरूले चीनमाथि नाकाबन्दीको योजना बुनिरहेका छन् । तथापि, उनीहरूसँग चीनले रुसलाई हतियार सहायता गर्न खोजेको वा दिएको कुनै प्रमाण भने जुटाउन सकेको छैन ।
यो समाचारमा अपुष्ट कुरा धेरै छन् । तर, पश्चिमा सञ्चारमाध्यममध्ये प्रमुख मानिने रोयटर्सको यो समाचारलाई उपेक्षा गर्न सकिन्न । यसले वाशिङ्टन विभिन्न बहानामा युक्रेन युद्धमा चीनलाई पनि तान्न खोजिरहेको सङ्केतको रूपमा लिनुपर्छ । रुसलाई सहायताको नाममा होस् वा युक्रेनको मुद्दामा आफ्नो मोर्चामा आबद्ध नभएको दोषमा चीनलाई बदनाम गर्ने र युद्धमा मुछ्दै जाने पश्चिमा रणनीति मिहीन कार्यान्वयनको चरणमा रहेको यसले देखाएको छ ।
आर्थिक युद्ध, प्रविधि युद्ध, कीटाणु युद्धले पनि चीनलाई कमजोर बनाउन नसकेपछि अहिले चीनको उकालिँदो गतिलाई रोक्न नयाँ राजनीतिक र कूटनीतिक जालो फैलाउने कामको थालनी भएको छ । युक्रेन युद्धको आरम्भबाटै चीन आफैँ र संवेदनशील अन्तर्राष्ट्रिय जगतले यसलाई चीनविरुद्ध घेराबन्दीको नयाँ रणनीतिको रूपमा बुझेका थिए । आज घटनाक्रम उतैतिर विकास भइरहेको छ । संसारमाथिको आफ्नो प्रभुत्व कायम राख्न संरा अमेरिकासामु आजको सबभन्दा ठूलो चुनौती पुटिन र रुसभन्दा पनि चीन र चिनियाँ नेतृत्व हो । रुसलाई अझ कति कमजोर बनाउन सकिन्छ र रुससँग भएका स्रोत साधन कति आफ्नो तखतमा ल्याउन सकिन्छ भन्ने प्रश्न उनीहरूको चासोको विषय हो । तथापि, रुस तत्काल संसारको प्रमुख अर्थतन्त्र र राजनीतिक चुनौती हुन सक्नेमा संरा अमेरिकालाई विश्वास छैन । तर, चीनसँग भने त्यो सामथ्र्य छ भन्ने कुरा उनीहरूलाई थाहा छ ।
चीनको आर्थिक, प्राविधिक र सामरिक क्षमतामाथि ‘अङ्कुश नलगाउँदा’ उसको स्वाभाविक प्रगतिले संसारमा उसको प्रभावले संरा अमेरिकी प्रभाव र प्रभुत्व कमजोर वा छिन्नभिन्न हुनेछ । कोभिड महामारीले कमजोर हुने ठानिएको चीन त्यसयता अझ शक्तिशाली भएको उसका आर्थिक प्रक्षेपण र विस्तारले देखाएको छ । चिनियाँ नेतृत्व आफ्नो आगामी योजनाबारे मिहीनरूपमा प्रस्ट छ । अनि चिनियाँ नेतृत्वको योजनालाई साकार बनाउने अदम्य इच्छाशक्तिका धनी चिनियाँ जनता छन् । प्रजातन्त्रको नाममा अराजकता र भद्रगोल शासन चीनमा छैन । जनताप्रति नेतृत्वको जवाफदेहिताको कारण चीनमा राज्य र जनताबिचको सम्बन्ध विश्वास र भरोसामा आधारित छ ।
वाशिङ्टन र पश्चिमा शक्तिहरू चीनलाई सोभियत सङ्घको दोस्रो संस्करण बनाउने चाहना राख्छन् । चीनको कुनै पनि कमी कमजोरीलाई सोभियत कमजोरीलाई सोभियत व्यवस्थाविरुद्ध प्रयोग गरेजस्तै प्रयोग गर्ने उनीहरूको सोच हुने गरेको छ । तर, चीन यो बाटोमा हिँड्न कदापि तयार देखिँदैन । सोभियत सङ्घका गल्ती कमजोरीलाई नजिकबाट जानेको चिनियाँ नेतृत्वलाई पश्चिमाहरूले आफ्ना कुन कमजोरीलाई कसरी प्रयोग गर्न सक्छ भन्नेमा सजग छन् । युक्रेन चीनको लागि सोभियतकालीन अफगानिस्तान हुन सक्नेमा परिपक्व चिनियाँ नेतृत्व सजग छन् । एकातिर चीनको आर्थिक प्रगति र अर्कोतिर त्यसलाई रोक्न पश्चिमा शक्तिको जालसाजीलाई बुझेर चिनियाँ नेतृत्वले फुक्दै पाइला चाल्दा नै लामो यात्राको यात्री चीनको यात्रा लामो हुनेछ ।

नीरज लवजू
Leave a Reply