भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
दार्चुला, २२ फागुन । नेपाल मजदुर किसान पार्टीमा आबद्ध स्थानीय किसानहरूको भेला शनिबार नौगाड बजारमा सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेपाल र तत्कालीन इष्ट इन्डिया कम्पनीबिच सुगौली सन्धि हुँदा महाकाली नदीपारि भारतीय भूमि पर्ने उल्लेख गरिए पनि शासक दलहरूले सत्तास्वार्थका लागि महाकाली नदी, यसको पानी र विद्युत् उत्पादनको सम्पूर्ण स्वामित्व भारतलाई सुम्पेको बताउनुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षाको लागि पार्टीले खेलेको भूमिकाबारे चर्चा गर्दै देशघाती एमसीसी सम्झौता र संरा अमेरिकी राज्यसँगको एसपीपी साझेदारीले देशको भूमिलाई छिमेकी देशविरुद्ध आक्रमण गर्न रणभूमि बनाउन खोजिएकोप्रति सचेत रहनुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले भारतीय विस्तारवादले नेपालमाथि नाकाबन्दी गरेको विरोधमा पार्टीले सडक र सदनमा सशक्त सङ्घर्ष गरेको प्रस्ट पार्नुभयो ।
उहाँले देशघाती नागरिकता विधेयक नेपाली संसद्मा पास गरेर फिजीकरण गर्ने षड्यन्त्र गरिएकोप्रति सचेत रहन आग्रह गर्नुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले पार्टी स्थापनाको उद्देश्यबारे चर्चा गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि कामदार जनतालाई राजनीतिक र वर्गीयरूपमा सचेत एवम् सङ्गठित पार्दै आएको बताउनुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले पुँजीवादी व्यवस्थामा शोषण झनै बढ्ने उल्लेख गर्दै शोषणको विरोधमा पीडित जनता सङ्घर्षमा उत्रनुको विकल्प नरहेको बताउनुभयो ।
भेलामा स्थानीय अगुवाहरू नन्दुसिं धामी र जयसिं धामीले शासक दलहरूले झूटको राजनीति गरिरहेको बताउनुभयो ।
Leave a Reply