भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
कैलाली, २२ फागुन । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार कैलालीको घोडाघोडी नगरपालिका तुल्छीपुर खल्ला शान्ति टोलमा महिला भेला सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले ठूला भनिएका पार्टीहरूले अहिलेसम्म सरकारमा गएर देश र जनताको निम्ति केही नगरेको बताउँदै ती पार्टीहरूले देशको अस्तित्व खतरामा पार्ने र गरिब जनताको शोषण गर्ने काममात्र गरेको चर्चा गर्नुभयो ।
उहाँले शासक पार्टीहरूको सत्ताकेन्द्रित राजनीतिले गर्दा जनतामा राजनीतिप्रति वितृष्णा फैलिएको बताउँदै सही राजनीति गर्ने र बुझ्नेले ती पार्टीहरूलाई घृणा गरिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “तिर्खा लागेकोलाई पानी खुवाउनुपर्छ† दुःख भएकालाई राजनीति सिकाउनुपर्छ, बुझाउनुपर्छ ।”
नेमकिपाले जनतालाई राजनीतिकरूपले सचेत र शिक्षित बनाउन अथक र सम्झौताहीन सङ्घर्ष गरिरहको उल्लेख गर्दै केन्द्रीय सदस्य शाहीले पुँजीवादी व्यवस्थाले कामदार जनताको हित नगर्ने प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पूर्ण कामदार वर्गका जनतालाई मुक्तिको मार्गमा डो¥याउन समाजवादी आन्दोलनकै सिलसिला भएको चर्चा गर्नुभयो ।
उहाँले पुँजीवादी राज्य व्यवस्थामा कामगरी खाने वर्गका महिला सँगसँगै पुरुषले पनि दुःख पाइरहेको र शोषणमा परिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मार्च ८ को सङ्घर्षपूर्ण इतिहास र महत्वलाई बङ्ग्याउने गरी कामदार वर्गका महिलालाई सङ्घर्षबाट टाढा राख्नेगरी पुँजीवादी पार्टीका महिला सङ्गठनहरूले तडकभडकका साथ ‘नारी दिवस’ मनाउँदै आएका छन् । उनीहरूले कामदार वर्गका महिलाको अधिकार खोस्ने षड्यन्त्रको सिलसिलाको रूपमा यो दिनलाई प्रयोग गर्दै छन् ।”
शासक पार्टी र तिनका महिला सङ्गठनले महिला पछाडि पर्नुमा पुरुषलाई दोष दिएर शोषणमा आधारित पुँजीवादी राज्य व्यवस्था टिकाउन मद्दत गरिरहेका बेला नेक्रामसङ्घले महिला मुक्तिमा बाधक रहेको पुँजीवादी व्यवस्थाविरुद्ध सम्पूर्ण कामदार वर्गका महिलालाई एकजुट बनाउने अभियानको रूपमा मार्च ८ लाई मनाइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले राजनीति लेनदेनबिना गरिने सेवा कार्य भएको बताउँदै जनतालाई शोषण गर्ने पार्टीहरू जनताका शत्रु भएको स्पष्ट पार्नुभयो ।
उहाँले जनताले खाइनखाई तिरेको करमा शासक पार्टीहरूले लुट मच्चाइरहेको चर्चा गर्दै नेमकिपाले इमानको राजनीति अघि बढाइरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चर्चा गर्दै विश्वका क्रान्तिकारी महिलाहरूको जीवनीबाट सङ्घर्षको भावना सिक्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेमकिपाको सङ्घर्षकै कारण मोहियानी हक सुरक्षित भएको बताउँदै दुःखबाट छुटकारा पाउन सङ्घर्षको विकल्प नभएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलालीका सदस्य जनक माझी, नेपाल कर्मचारी समाजका राजन कोजू र नेक्राकिसङ्घ कैलाली वडा नं. १० एकाइ समितिका अध्यक्ष नरबहादुर भट्टले पनि बोल्नुभएको थियो ।
भेलाले गङ्गादेवी पौडेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ घोडाघोडी नपा वडा नं. १० तुल्छीपुर खल्ला शान्ति टोल एकाइ समिति गठन गरेको छ ।
त्यसैगरी सोमबार नै घोडाघोडी नपा वडा नं. १ बेलकोटमा महिला भेला सम्पन्न भयो । भेलामा नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले समाजवादी देश र पुँजीवादी देशबिचको भिन्नताबारे प्रस्ट पार्दै नेपालमा नेका, एमाले, माओवादीलगायत शासक पार्टीहरूले जनतालाई दासको रूपमा व्यवहार गरिरहेको बताउनुभयो ।
उहाँले शासक पार्टीका महिलाहरूको प्रतिनिधित्व संसद्देखि स्थानीय तहसम्म भए पनि आ–आफ्नो वर्ग स्वार्थमा काम गर्ने भएकाले कामदार वर्गका महिलाको हक अधिकार सुनिश्चित गर्न र व्यवहारमै त्यसलाई लागु गराउन कामदार वर्गका महिलाहरू नै कानुन निर्माण गर्ने थलामा पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रामसङ्घका रोशनमैया सुवालले मार्च ८ को आन्दोलनले मजदुर र श्रमिकमाथिको शोषण अन्त्यको माग राखेको तथा कतिपय मागहरू पूरा गर्न पुँजीपतिहरू बाध्य भएको चर्चा गर्नुभयो ।
उहाँले चुनावमा मताधिकार प्राप्त गर्ने लडाइँले सफलता पाएको दिनको रूपमा पनि मार्च ८ मनाइएको बताउँदै नेमकिपाका सांसदहरूले प्रतिनिधिसभा र प्रदेशसभामा देश र जनताको हितका लागि कानुनी लडाइँ लड्दै आइरहेको प्रस्ट पार्नुभयो ।
भेलाले रञ्जनाकुमारी सिंहको अध्यक्षतामा ५ सदस्यीय नेक्रामहिला सङ्घ घोडाघोडी नपा वडा नं. १ बेलकोट एकाई समिति गठन गरेको छ ।
Leave a Reply