भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २३ फागुन । “देश र जनताको हितको लागि देशभक्त र जनताको सेवा गर्ने इमानदार प्रधानमन्त्री जरुरी भएजस्तै यात्रुलाई गन्तव्यसम्म पु¥याउने गाडीका चालक र परिचालक पनि योग्य हुन आवश्यक छ । चालक र परिचालकको यात्रीप्रतिको व्यवहार पनि सुसंस्कृत हुनु जरुरी छ ।”
भक्तपुर ट्रक व्यवसायी प्रालिको आयोजनामा चालक र परिचालकहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले उक्त भनाइ राख्नुभएको हो ।
“पुँजीवादी व्यवस्थामा मजदुरको लागि दिनमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टामा थप ज्ञान विज्ञानबारे सिक्ने व्यवस्था हुँदैन । प्रजग कोरियामा क्रान्तिपछिको सरकारले खोलामा माछा मार्न पुगेका १५ वर्षको एक युवकलाई विद्यालय र विश्वविद्यालयको शिक्षा प्रदान गरी राजदूत बनाएर पठाएको छ । नेपालमा शिक्षामन्त्रीहरू सर्वसाधारण जनताका छोराछोरी शिक्षाबाट वञ्चित भएकोबारे चासो राख्दैनन् । कृषिमन्त्रीहरू किसानको रासायनिक मल नपाएकोबारे पनि चासो राख्दैनन् ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“सार्वजनिक यातायातका गाडी २० वर्षपछि कवाडीको मूल्यमा बेच्नुपर्ने सरकारी निर्णय भारतीय एकाधिकार पुँजीको हितमा गरिएको निर्णय हो । एकजना प्राविधिकको आफूलाई गाडीको इन्जिन बनाउन आउने तर इन्जिन बनाउन अनुमति नै नदिइएको गुनासो छ । चालक–परिचालकका लागि गाडी मर्मत तालिमलगायत विद्यालय र कलेजको शिक्षा जरुरी छ ।” सांसद सुवालले जोड दिनुभयो ।
“सरकारले आफ्नो कर्तव्य निर्वाह नगरेको हुँदा दाल, चामल र तरकारी भारतबाट किनेर खानुपर्ने अवस्था भयो । अहिले विषादी भएको भारतीय तरकारी खान नेपाली बाध्य छन् । सरकारले नाकामा विषादी जाँचसमेत गर्न नदिएको अवस्था छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रित गरिँदा र प्रम, मन्त्री, सांसद, सदन, उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा बसोबास नगरी काठमाडौँमा बसाई सरेको हुँदा सडक दुर्घटना बढ्यो । काठमाडौँ उपत्यकाका घर भत्काएर सडक चौडा गर्नुहुँदैन । यसकारण, देशभरि स–साना शहर विकास गर्नु जरुरी छ ।” सांसद सुवालले जोड दिनुभयो ।
पुँजीवादमा सरकारी सम्पत्ति मास्दै निजीलाई पोस्ने दलालहरू तयार गरिएको हुन्छ । शासक दलहरूको महाधिवेशनको लागि नेपालको राष्ट्रपतिले भारतीय राष्ट्रपतिलाई फोन गरी पैसा लिएको सार्वजनिक भयो । पुस २६ गते विश्वासको मत लिनुअघि प्रम पुष्पकमल दाहालले २००७ देखि सहमति र सहकार्य हुँदै आएको उल्लेख गरे । २००७ सालको उपलब्धि नेपाललाई भारतको निर्देशनमा चलाउने हो । त्यस्तो सहमति र सहकार्य भारतले आवश्यक ठानिएकैले भारतीय प्राध्यापक एसडी मुनीले राष्ट्रपतिको लागि उम्मेदवार प्रस्ताव गरेका हुन् ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“नेपालका राष्ट्रपति सेनाको परमाधिपति हो । संसदले पारित गरेको विधेयक समेत फिर्ता गर्न सक्ने वा प्रमाणिकरण नगर्ने अधिकार भएको हो । देश र जनताविरुद्ध सरकार र संसद्ले बहुमतको आधारमा काम गरे त्यसलाई रोक्ने राष्ट्रपति हुनु जरुरी छ । राष्ट्रपतिका उम्मेदवारहरूले देशघाती एसपीपी सम्झौता र एसपीपी साझेदारीलगायत कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण तेस्रो सम्झौता खारेज गर्ने प्रतिबद्धता गर्नु जरुरी छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“सम्पत्ति शुद्धिकरणको लागि स्रोत नखुलेको सम्पत्ति र निजी बैङ्क राष्ट्रियकरण गर्नु जरुरी छ भने नेपालीको सम्पत्तिको सीमा निर्धारण गर्ने र विदेशमा
सम्पत्ति राख्न नपाउने कानुन बनाउनु जरुरी छ ।” सांसद सुवालले जोड दिनुभयो ।
“माओवादी गृहयुद्धबारे २०६७ सालमा माघीको कार्यक्रममा पुष्पकमल दाहालले पाँच हजार मारिएको आफूले जिम्मा लिने बताएका थिए । यसकारण, अहिले पीडितको उजुरी सर्वाेच्च अदालतमा परेको हो ।” उहाँले उल्लेख गर्नुभयो ।
“सरकारका अर्थमन्त्रीले विदेशबाट गाडी खरिदका भन्सार कर उठाएर जनतालाई मदिरा पिलाएर कर उठाउने, एउटै जग्गा पटक पटक बिक्री गराई, राजस्व उठाउनेलाई मुख्यस्रोत बनाएको आत्मनिर्भर अर्थतन्त्र होइन । कृषि र औद्योगिक उत्पादनमा जोड दिनु जरुरी छ ।” सांसद सुवालले भन्नुभयो ।
कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसी, भक्तपुर ट्राफिक प्रहरी परिसरका प्रमुख राजु कार्की, भक्तपुर ट्रक व्यवसायी प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद गोरालगायतले सवारी दुर्घटनाका विभिन्न पक्षहरूबारे चर्चा गरेका थिए । तालिममा दुई सय ५० भन्दा वढी चालक परिचालकहरू सहभागी रहेको छ । भक्तपुरबाट देशका अन्य क्षेत्रका व्यवसायीहरूले पनि सिक्नुपर्ने कार्यक्रममा सहभागीहरूको भनाइ रहेको छ ।
Leave a Reply