नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
वर्षको एक पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको पनि ११३ वर्ष भइसकेको छ । मार्च ८ का दिन मनाइने यो दिवसको इतिहास राम्ररी पढ्ने हो भने महिला वा नारी दिवसमात्र नभई श्रमिक महिला दिवस हो । संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिला दिवसमा सीमित हुनपुग्यो । त्यसको प्रभाव अधिकार बञ्चित कामदार वर्गका महिलाहरूले थालनी गरेको यो दिवस अब अधिकार हातमा लिएका शासक वर्गका महिलाहरूको पनि बन्न पुगेको छ । त्यसैले हिजोआज मार्च ८ को महिला दिवस मनाइरहँदा कैयौंँ ठाउँमा शोषण र उत्पीडनमा परेका महिलाहरू नभइ आफै शोषण र उत्पीडन गर्ने महिलाहरूको चुरीफुरी देख्न पाउँछौंँ । त्यहाँ महिला समानताका कुरा गरिए पनि महिलामाथिका शोषण र उत्पीडनका कुरा हुँदैनन् । यसलाई एक अर्थमा श्रमिक महिला दिवसको अपहरणको रूपमा लिन सक्छौंँ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निश्चय पनि धेरै श्रमिक महिलाहरू यसबारे अनभिज्ञ छन् । यसबारे कतिपय पत्रकारहरूले खोजीनीति गरी समाचार प्रकाशन र प्रसारण पनि गर्ने गरेका छन् । कतिपय महिलालाई यसबारे जानकारी हुँदाहुँदै पनि दैनिक रोजीरोटी जुटाउनका लागि काममा जानैपर्ने बाध्यता पनि छ । घरपरिवारका पुरुष सदस्यहरू समझदार र सहयोगी नहुँदा अधिकांश नेपाली महिलाहरूले न घरगोठको कामबाट फुर्सद पाउँछन् न कुनै श्रमिक महिला दिवस कार्यक्रममा सहभागी हुने अवसर पाउँछन् । श्रमिक महिलाहरूलाई सचेत र जागरक पार्ने कार्य प्रगतिशील र क्रान्तिकारी महिला सङ्घ, सङ्गठनहरूको मात्र हो र अरूले केही गर्न आवश्यक छैन भन्नेजस्तो मानसिकताले पनि श्रमिक महिला दिवसका कार्यक्रमहरू अपेक्षाअनुरूप सफल भइरहेका छैनन् । श्रमिक महिलाहरूलाई सचेत र जागरुक बनाउन वर्षको एक दिन भएपनि महिलालाहरूलाई तलबी बिदा दिने, दैनिक ज्यालामा निर्भर महिलाहरूलाई ज्यालाबराबरको उपस्थिति भत्ताको व्यवस्था गर्ने काम सरकारहरूले गर्न नसक्ने होइन तर यसतर्फ ध्यान गएको छैन । हुन त अधिकारको लडाइँ कसैको दयामाया र सहानुभूतिले लडिने र जितिने होइन तर आफूलाई प्रजातन्त्रवादी, जनवादी र अग्रगामी कम्युनिष्ट दावी गर्नेहरूको नेतृत्वमा सरकार रहेको बेला यति सानो अपेक्षा गर्नु अन्यथा नहोला । श्रमिक महिला दिवसलाई एउटा औपचारिकता नभई कामदार र शोषित–पीडित महिलाहरूको राजनीतिक, सामाजिक, कानुनीलगायत चेतनास्तर उठाउने र महिलाहरूमाथि भइरहेका अन्याय अत्याचार अन्त्य गर्ने अवसर बनाउन आवश्यक छ ।
Leave a Reply