भर्खरै :

महिला नेतृ क्लारा जेटकिन र श्रमिक महिला आन्दोलन

महिला नेतृ क्लारा जेटकिन र श्रमिक महिला आन्दोलन

क्लारा जेटकिन (१८५७–१९३३) नव साम्राज्यवादको समयमा श्रमिक वर्गको एउटा नेतृ, समाजवादी महिला आन्दोलनको संस्थापक, सिद्धान्तकार र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्वको रूपमा स्थापित भइसक्नुभएको थियो । उहाँ १९ औँ शताब्दीको अन्ततिर आन्दोलनको नेतृत्वसँग विशेष गरी फ्रेडरिक एङ्गेल्स, यम लिब्टेष्ट, अगस्ट बेबेलसँग ज्यादै नजिक हुनुहुन्थ्यो । पछि रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेष्टसँग पनि नजिक हुनुभयो । र, जर्मनीमा कम्युनिस्ट पार्टीको स्थापना गर्न सहयोग गर्नुभयो । साथै क्लारा बोल्शेभिक पार्टीको दृढ समर्थक हुनुहुन्थ्यो र लेनिनसँग उहाँको मजबुत ऐक्यबद्धता थियो जसले उहाँलाई उच्चस्तरमा पु¥याउनुभयो ।
उहाँ सन् १८५७ मा सेक्सोनीको सानो बहेभर गाउँको क्यालेश इजिनेरमा जन्मनुभएको थियो । उहाँले माध्यमिक शिक्षामा कक्षामा सर्वाेत्कृष्ट गर्नु भएतापनि महिला भएको कारणबाट जर्मन विश्वविद्यालयमा भर्ना हुन पाउनु भएन न त उहाँको परिवारले उहाँलाई स्वीजरल्याण्ड पठाउन सक्नुहुन्थ्यो, जहाँ महिलाहरूलाई अध्ययन गर्नको लागि राम्रो वातावरण थियो । त्यसैले क्लाराले बच्चा हेर्ने काममा लाग्नुभयो ।

कानुनी दमन :
उहाँमा माक्र्सवादप्रति लगाव पहिले नै विकास भइसकेको थियो । महिलाहरूलाई कानुनीरूपमा राजनैतिक पार्टीहरूमा सहभागी हुन प्रतिबन्ध भए तापनि उहाँ सन् १८७८ मा जर्मन सामाजिक जनवादी पार्टीमा सामेल हुनुभयो । तर, कानुनी रूपमा सन् १९०८ मा मात्र जर्मनीको राजनैतिक पार्टीहरूमा महिलाहरूलाई राख्ने अनुमति भएको थियो । महिलाहरूलाई विवाह नहुँदासम्म अर्थात् जन्मघरमा रहँदा मतदानको अधिकारबाट समेत वञ्चित गरिन्थ्यो । महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिने गरिन्थ्यो । महिलाहरूको सम्पूर्ण अधिकार पुरुषको हातमा हुन्थ्यो । घरभन्दा बाहिर काममा जानुपरेमा पुरुषसँग अनुमति लिनुपर्दथ्यो । सम्पत्तिको हर्ताकर्ता पुरुष नै हुन्थ्यो र विवाहबाट ल्याइएको सबै सम्पत्ति पुरुषले नै प्रयोग गर्दथे ।
सबैभन्दा बढी दमन श्रमिक महिला वर्गमाथि थियो । उसले दोहोरो दमनको सामना गर्नुपर्दथ्यो । एउटा वर्गीय र अर्काे लैङ्गिक तर श्रमिक वर्गको आन्दोलन चर्किंदै गइरहेको र यसले सफलता पनि हासिल गरिरहेको थियो । जसलाई विस्मार्कले समाजवादविरोधी कानुनद्वारा निर्मूल पार्न खोज्यो । जुन सन् १८७८ देखि १८९० सम्म लागु रह्यो । यो कानुनको सुरुवात सँगै सामाजिक जनवादी पार्टीमाथि बन्देज लगाइयो । त्यसपछि क्लारा निर्वासित भई पेरिस जानुभयो । त्यहाँ अर्का निर्वासित ओसिप जेट्किनसँग उहाँ अनौपचारिक सम्पर्कमा रहनुभयो ।
निर्वासनका कठिन दिनहरू :
जर्मन नागरिकता कायमै राख्न उहाँ अविवाहित रूपमा रहने निर्णय गर्नुभयो । ओसिप जेट्किनसँग दुईवटा बच्चा जन्माइसक्नु भएको भए तापनि उहाँले त्यस समयको पुरूषहरूको नियन्त्रणमा रहने विवाहको कानुनी मान्यतालाई त्याग्नुभयो । ओसिपको मृत्यु नहुँदासम्म उहाँहरू सँगै बस्नुभयो । तर, १० वर्ष पछाडि टी.वि. रोगबाट ओसिपको मृत्यु भयो । कठिनाइ र गरिवीबाट निर्वासनका वर्षहरू बिते । काम पाउन ज्यादै कठिन थियो । ओसिप बिरामी भएपछि र उनको मृत्यु पश्चात जीवन निर्वाहको लागि क्लारा आफैले कमाउनुपर्दथ्यो । उहाँको यस अनुभवले पुँजीवादलाई समाजवादले विस्थापन गर्नुपर्छ भन्ने उहाँको मान्यतालाई अझ मजबुत बनायो ।
पहिले नै क्लाराले महिलाहरूको बारेमा महिला सिद्धान्तकार र पार्टी नेतृको हैसियतले सम्मान पाइसक्नुभएको थियो । त्यसैले सन् १८८९ मा पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रियको पहिलो भेलामा यूरोपिय श्रमिक महिलाहरूको नीतिसम्बन्धी पहिलो कार्यपत्र प्रस्तुत गर्न चुनिनुभयो ।
उहाँले (पुँजीवादमा) श्रमिकहरूलाई पुँजी मानिएजस्तै महिलाहरूले आर्थिक स्वतन्त्रता प्राप्त नगर्दासम्म उनीहरू पुरूषहरूको दास हुन्छन् भन्ने पक्षमा वकालत गर्नुभयो । सर्वहारा महिलाहरूले पुरूषबाट स्वतन्त्रता पाए तापनि उनीहरूले मालिकमात्र परिवर्तन गर्दछन् । पहिले पुरुषको दास हुन्थे भनेपछि रोजगार प्रबन्धकको दास हुन्छन् ।’ क्लाराले पुँजीवादको ध्वंस र समाजवादको उदयविना नारीजातिको मुक्ति सम्भव छैन भनी घोषणा गर्नुभयो । पछिल्लो वर्ष विस्मार्कको समाजवादविरोधी कानुनलाई नवीकरण गर्न त्यहाँको संसद् रेइखस्टाग ९च्भष्अजकतबन० ले अस्वीकार गरेको कारण क्लारा र अन्य कम्युनिस्टहरू जर्मनी फर्कन सफल भए ।

श्रमिक महिला आन्दोलन :
उहाँले सन् १८९२ देखि १९९६ सम्म ग्लेथिट (समानत) नामक महिलासम्बन्धी पाक्षिक पार्टी प्रकाशनको सम्पादन गर्नुभयो जसले महिलाहरूलाई कम्युनिस्ट आन्दोलनमा ल्याउने साधनको रूपमा काम गरेको थियो । उहाँले जर्मनीका श्रमिक महिलाहरूबीच उल्लेख्य साङ्गठनिक कामहरू गर्नुभयो । यो अन्तर्राष्ट्रिय स्तरमा नै उल्लेखनीय प्राप्ति थियो । जर्मन पार्टीमा २ र २ वर्षमा महिलाहरूको सम्मेलन गर्न, अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन गर्न ती कार्यक्रमहरूले सहयोग ग¥यो । जसले सम्मेलनहरू बीचमा महिलाहरूको कार्यक्रम गर्न महिला विभागको आन्तरिम केन्द्रको विकासमा सहयोग ग¥यो । उहाँले सन् १८१० मा अन्तर्राष्ट्रिय नारी दिवसको स्थापना गर्न महत्वपूर्ण भूमिका निभाउनुभयो । समग्रमा महिला आन्दोलनको लागि उहाँले गर्नुभएका कार्यहरूले समाजवादी क्रान्तिको आवश्यकता र सो आन्दोलनको श्रमिक वर्गीय स्वरूपलाई अग्रपङ्क्तिमा राख्यो ।
उहाँ सन् १९१५ मा गठन भएको विद्रोही पार्टीको सदस्य हुनुहुन्थ्यो । जुन पार्टी जर्मन समाजवादी पार्टीले पहिलो विश्वयुद्धमा जर्मन साम्राज्यवादी सत्तासिन वर्गको पक्षमा उभिएर समाजवादी सिद्धान्तप्रति गरेको विश्वासघातको विरूद्धमा गठन भएको थियो । विद्रोहीहरूले नयाँ रूप दिन लागिपरेर सन् १८१८ डिसेम्बर ३० मा जर्मन कम्युनिस्ट पार्टीको स्थापना गरे स्थापनाको लगत्तै २ हप्ता पछि यसका नेताहरू रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेच्टलाई पार्टीका अध्यक्ष तथा सामाजिक प्रजातन्त्रिक सरकार प्रमुख फ्रेडरिक अल्वर्टको आदेशमा हत्या गरिएकोले ठूलो धक्का सहनुप¥यो । पहिलो विश्व युद्धपछि प्रजातान्त्रिक समाजवादी श्रमिक वर्गको विश्वासघात र गद्दारीको पर्याय बन्यो ।

लेनिनसँगको कुराकानी :
सन् १९२० मा क्लाराले लेनिनसँग महिलाहरूबारे प्रसिद्ध कुराकानी गर्नुभयो, जहाँ लेनिन उहाँसँग एसिया र युरोपका महिलाहरूको अवस्था र महिलाहरूको समानताका लागि सर्वहारावादी सङ्घर्ष र आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकताको बारेमा छलफल गर्नुभएको थियो । क्लाराले उक्त रङ्गिन र रोमाञ्चकारी कुराकानी लेनिनको सस्मरण नामक पुस्तकको रूपमा प्रकाशित गर्नुभयो । नयाँ जर्मन कम्युनिस्ट पार्टी तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियमा सहभागी भयो । उनीहरू शक्तिशाली भएर सांसदमा पनि निर्वाचित भए । क्लारा त्यहाँको संसद् रेइखस्टग ९च्भष्अजकतबन० को कम्युनिस्ट सदस्यहरूमध्येको सु–प्रसिद्ध सदस्य हुनुहुन्थ्यो । उहाँ त्यसमा सन् १९२० देखि सन् १९३२ सम्म रहनुभयो ।

एउटा युगको अन्त :
क्लाराको मृत्यु सन् १९३३ मा नाजी सत्तासीन हुँदा भएको थियो । त्यस समयमा नाजीको मुख्य उदेश्य कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने र कम्युनिस्ट पार्टीलाई निर्मूल पार्नु थियो । यसमा नाजी सफल भयो र दोस्रो विश्वयुद्ध नहुँदासम्म जर्मन कम्युनिस्ट पार्टीको पुनर्निर्माण हुन सकेन ।
मानव मुक्तिको लागि समर्पित क्लाराको जीवनको अन्त त्यसबेला भयो जुन समय जर्मन इतिहासले अँध्यारोमा प्रवेश गरेको थियो । महान क्रान्तिकारी आन्दोलनमा उहाँ महान व्यक्तित्व हुनुहुन्थ्यो । व्यक्तिगत रूपमा उहाँले कठिनाइ र खतराको मुकाबिला गर्नु परे तापनि अन्तर्राट्रिय साम्यवादी विचारबाट विचलित हुनुभएन । अङ्गे्रजी विश्व इतिहासकार र जीवनीकारहरूले बेवास्ता गरे तापनि उहाँ निसङ्कोच रूपमा विराङ्गना हुनुहुन्थ्यो जसको विश्व दृष्टिकोण र जीवनको अध्ययन गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *