भर्खरै :

शासक दलका विद्यार्थी सङ्गठनहरूको किचलोले स्ववियु निर्वाचनमा अलमल

शासक दलका विद्यार्थी सङ्गठनहरूको किचलोले स्ववियु निर्वाचनमा अलमल

काठमाडौँ, फागुन २८ । शासक दलका विद्यार्थी सङ्गठनहरूको आपसी किचलोका कारण काठमाडौँस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मनोनयन दर्ता प्रक्रिया विलम्ब भयो । एक दिन ढिलो भए पनि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको तर्फबाट रोजित महर्जनको अध्यक्षतामा उम्मेदवारी दर्ता भएको छ ।
नेक्राविसङ्घले कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा प्रवीन लाखाजूलाई सभापतिको पदमा उम्मेदवार बनाएको छ । त्यसैगरी सङ्घले यसअघि विजय हासिल गरेको भक्तपुर बहुमुखी क्याम्पसमा दिनेश खड्गीको अध्यक्षतामा पूरा प्यानल उठाएको छ । सचिवमा उमेश शाही र कोषाध्यक्षमा सुजल दुवालले उम्मेदवारी दिएका छन् । १० जना समानुपातिक सदस्यहरूको बन्दसूची पेश गरिएको छ ।
शम्भु जाउलाको अध्यक्षतामा भक्तपुरस्थित सानोठिमी क्याम्पसमा नेक्राविसङ्घले स्ववियु निर्वाचनमा उम्मेदवारी दिएको छ । सो क्याम्पसमा रीता भुजेल, राज रोकाया र विमला राईले पनि सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै थापाथली क्याम्पसमा सुमित तमखुको अध्यक्षतामा नेक्राविसङ्घले विदुर बस्नेत (सचिव), निरज दुवाल (कोषाध्यक्ष), रुजन बुयो, अनिस साख, विकेश सुवाल, इमरान श्रेष्ठ तथा इरिका श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
नेक्राविसङ्घले त्रिविअन्तर्गत पर्ने लम्की बहुमुखी क्याम्पसमा रमिता भण्डारीको अध्यक्षतामा मेनुका उपाध्याय (सचिव), प्रतिभा दाहाल, दुर्गा सहकारी, भीमबहादुर बडुवाल र पवित्रा पुनमगरले उम्मेदवारी दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले ७ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सञ्चालन गर्दै छ । विश्वविद्यालयका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा हुने निर्वाचनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको तर्फबाट स्ववियु निर्वाचन २०७९ को निम्ति देशभर २३ वटा क्याम्पसमा उम्मेदवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *