भर्खरै :

राष्ट्रिय जन काङ्ग्रेसको १४ औँ वार्षिक अधिवेशन सम्पन्न

राष्ट्रिय जन काङ्ग्रेसको १४ औँ वार्षिक अधिवेशन सम्पन्न

जनताको विश्वास जितेर अगाडि बढ्ने सीको प्रतिबद्धता
पेइचिङ, २९ फागुन । चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन काङ्ग्रेसको नयाँ वार्षिक अधिवेशन मार्च १३ मा पेइचिङमा सम्पन्न भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समापन समारोहमा सम्बोधन गर्दै जनताको विश्वास जितेर अगाडि बढ्नु नै सबैभन्दा ठूलो यन्त्र तथा काँधमा बोकिएको जिम्मेवारी भएको बताउनुभएको छ ।
उहाँले आफूले कानुनको पालना गरी मुलुक र जनतालाई सेवा गर्ने तथा चीनका विभिन्न जातिका जनताको विश्वासमाथि घात नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सी चिन फिङले शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रको पुनःउत्थान गर्ने रिले बटन आजको पुस्तामा पु¥याइएको बताउनुभयो ।
सी चिनफिङले चीनलाई बलियो बनाउने, चिनियाँँ जातिको पुनःउत्थान गर्ने नयाँ यात्रामा चीनले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई अघि बढाउने तथा जनतालाई सदा प्राथमिकतामा कायम राख्ने र विकास तथा सुरक्षाको सामञ्जस्य गर्ने, ‘एक मुलुक दुई व्यवस्था’ को अभ्यास र मातृभूमिको पुनःएकीकरण कार्यलाई अघि बढाउने र मानव जातिको भाग्य एकरूपताको स्थापना गर्ने प्रयास गर्ने औँल्याउनुभयो ।
सी चिन फिङले राष्ट्रिय प्रतिरक्षा तथा सेनाको आधुनिकीकरणको निर्माणलाई चौतर्फीरूपमा अघि बढाउनुपर्ने र जनमुक्ति सेनालाई राष्ट्रको सार्वभौमिकता, सुरक्षा तथा विकासको हितको प्रभावकारीरूपमा संरक्षण गर्ने ग्रेटवालको रूपमा निर्माण गर्नुपर्ने बताउनुभयो ।
सी चिन फिङले चीनको विकासबाट विश्व लाभान्वित भएको र चीनको विकास विश्वसँग सम्बन्धित भएका कारण वास्तविकरूपमा उच्चस्तरीय वैदेशिक खुलापन अपनाउने बताउनुभयो । चीनले विश्वव्यापी बजार तथा स्रोतको प्रयोग गरी आफ्नो विकास गर्नुका साथै विश्वको संयुक्त विकासलाई समेत अघि बढाउनेछ ।
उहाँले बलियो देश निर्माणका लागि चिनियाँ कम्युनिस्ट पार्टीको वास्तविक निर्माण गर्नुपर्ने तथा हर समय चिनियाँ कम्युनिस्ट पार्टीको सकारात्मकरूपमा गम्भीर व्यवस्थापन गर्नुपर्ने र अडानका साथ भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने औँल्याउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्च वार्ता मार्च १५ मा अनलाइन भिडियोमार्फत आयोजना हुने भएको छ । सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा सम्बोधन गर्नुहुनेछ ।
यो वार्ताको मुख्य विषयवस्तु “आधुनिकीकरणको मार्गः राजनीतिक पार्टीको जिम्मेवारी” भन्ने रहेको छ । विभिन्न देशका राजनीतिक पार्टी तथा सङ्गठनका नेतागण उक्त वार्तामा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *