भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
दैलेख, २९ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ दैलेख जिल्ला समितिको आयोजनामा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा डुङ्गेश्वर बजारमा एक कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समान ज्याला, ८ घण्टाको कामको सुनिश्चितता, मताधिकारको मागलाई लिएर गरिएको आन्दोलनको उपलब्धि हो भन्नुभयो ।
कामदार वर्गका महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित नभएसम्म महिला मुक्ति सम्भव नहुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले राष्ट्रपतिको निर्वाचनमा भारतीय विस्तारवादको हस्तक्षेप भएको र शासक दलका नेताहरू विदेशीहरूको इसारामा चलिरहेका छन् भन्नुभयो ।
संसद्मा धनी र शोषक वर्गका महिलाको बाहुल्यता भएको हुँदा कामदार वर्गका महिलाहरूको पक्षमा आवाज नउठको उहाँले बताउनुभयो ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजङ्ग शाहीले कामदार वर्गका महिलाहरूलाई सङ्गठित गर्ने प्रेरणा अन्तर्राष्ट्रिय श्रमिक दिवसले दिने बताउनुभयो ।
कार्यक्रममा सीता शाही, बसन्ता दाहालले पनि बोल्नुभएको थियो ।
Leave a Reply