भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, ३० फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसको आयोजनामा मङ्गलबार जिल्लास्तरीय युवा भेला सम्पन्न भयो ।
भेलामा नेमकिपा भजिसका अध्यक्ष एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले स्ववियु निर्वाचन पनि विद्यार्थीलाई राजनीतिकरूपमा तालिम दिने अवसरको रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । शासक दलहरूले स्ववियु निर्वाचनमा समेत विचार र सिद्धान्त नमिलेकाहरूबिच तालमेल गराउनु निर्लज्जताको हद भएको पुष्टि भएको उल्लेख गर्दै उहाँले हिजोका दिनमा गुण्डागर्दी, लोभलालचबाट पोषित विद्यार्थी सङ्गठनहरूले अहिले एजेन्ट प्रोभोकेटरको रूपमा आइरहेको हुनाले तिनका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नेक्राविसङ्घका उम्मेदवारहरूलाई जिताउन युवाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले नयाँ विद्यार्थाीहरूलाई ऊर्जा प्रदान गर्न अग्रज कार्यकर्ताको सकारात्मक भूमिका रहने उल्लेख गर्दै वैचारिकरूपमा असल र योग्य कार्यकर्ता तयार पार्न स्ववियु निर्वाचनलाई दबुको रूपमा उपयोग गर्न जोड दिनुभयो ।
भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति दिनेश खड्गीले अराजकताविरुद्ध नेक्राविसङ्घको तर्फबाट एकल प्यानल उम्मेदवारी दिएको उल्लेख गर्दै क्याम्पसको कमी कमजोरी समाधानका लागि नेक्राविसङ्घलाई मत दिलाउन सम्बन्धित सबैले सहयोग गर्न अपिल गर्नुभयो ।
नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष राजकुमार लघु, सचिव एच.एस.सुवाललगायतले बोल्नुभयो ।
Leave a Reply