भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, ३० फागुन । गणेश मा.वि. छालिङको ४२ औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा अभिभावक सम्मान कार्यक्रम नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूको आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि फोजुले कुनै पनि विद्यालयलाई स्तरीय बनाउन विद्यालयको व्यवस्थापन समिति, विद्यालय प्रशासन, अभिभावक, शिक्षक र नियामक निकाय क्रियाशील हुनुपर्छ भन्नुभयो । शिक्षा क्षेत्र कमजोर भएको खण्डमा देश नै पछाडि पर्ने विचार व्यक्त गर्दै उहाँले श्रमिक, मजदुर र किसानका छोराछोरीहरूलाई गुणस्तरीय शिक्षाभन्दा शिक्षाबाट विमुख गराउनेतर्फ सरकार अगाडि बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उच्च शिक्षा गरिबको लागि महँगो बनेको उल्लेख गर्दै उहाँले कैयाँै युवाहरू सस्तो ज्यालाको रूपमा विदेशिरहेका छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “यस्तो प्रणालीको अन्त गर्न नेमकिपा निरन्तर सङ्घर्षरत छ । कामदार जनताको पक्षमा आवाज बुलन्द गर्दै छ । समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य राज्यको पूर्ण दायित्वमा पर्दछ । कुनै पनि जनताका छोराछोरीहरू शिक्षाको उज्यालो घामबाट विमुख हुनु पर्दैन ।”
चाँगुनारायण नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले अभिभावक विद्यालयको प्रमुख स्रोत रहेको विचार व्यक्त गर्दै विद्यालयले समयानुकूल शिक्षा प्रदान गर्दै अगाडि बढ्नुपर्ने कुरा बताउनुभयो ।
नेपाली शिक्षक दीनानाथ पोखरेलले विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति र सरकारको सकारात्मक भूमिका हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिबाट विद्यालयमा शैक्षिक सत्र २०७८ को परीक्षा र विद्यालयबाट आयोजित विभिन्न अतिरिक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थी तथा बाह्य प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरूलाई पुरस्कार, मेडल र कदरपत्र वितरण गरियो । कार्यक्रममा उत्कृष्ट अभिभावकीय भूमिका निर्वाह गर्ने १२ जना अभिभावक सम्मानित भए । विद्यालयबाट अवकास प्राप्त हरिनारायण लागेजूलाई विद्यालयको तर्फबाट मायाको चिनो र भूतपूर्व विद्यार्थी र विद्यालयका शिक्षकहरूको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर फोजूले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
शिक्षक सानुकाजी दथेपुथेले विद्यालय र अभिभावकहरूको विषयमा आफ्नो धारणा प्रस्तुत भर्नुभयो । कार्यक्रममा विभिन्न कक्षागत सांस्कृतिक प्रतिभा प्रस्तुति गरिएको थियो ।
Leave a Reply