भर्खरै :

कार्चोपीबाट ग्रामीण पुनः उत्थानको सुन्दर उदाहरण

कार्चोपीबाट ग्रामीण पुनः उत्थानको सुन्दर उदाहरण

चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसकी प्रतिनिधि छ्याउचिन श्वाङमै दक्षिण–पश्चिमी चीनको स छ्वान प्रान्तीय लशशान शहरी मानप्यान यी जातीय स्वायत्त प्रिफेक्चर हावचेन अर्थात् फूलमै नामक कार्चोपी सहकार्य सङ्घका जिम्मेवार हुनुहुन्छ । त्यो क्षेत्र पहाडी क्षेत्रमा परेका हुनाले यातायात बन्द हुनुका साथै आर्थिक अवस्था कमजोर थियो । त्यसैले त्यहाँ चिनियाँ गरिबी निवारण कार्यको मुख्य जिल्ला र स छ्वान प्रान्तीय मुख्यः गरिबी निवारण क्षेत्र थियो । तर, त्यहाँ प्राकृतिक वातावरण सुन्दर हुनुका साथै स्थानीय सर्वसाधारणको सम्बन्ध ज्यादै मेलमिलाप छ । फूर्सदको समयमा यी जातीय किशोरी–युवतीहरूले जीवनको आशा र प्रतिक्षा लुगा तथा जुत्तामा कार्चोपी गरेका छन् ।
सन् २०१५ छ्याउचिन श्वाङमै र अरू केही साथीले कार्चोपी सहकार्य सङ्घको स्थापना गर्नुभयो ।
हालसम्म उहाँहरूले अनलाइन तथा अफलाइनबाट कम्तीमा ३००० जनालाई यी जातीय कार्चोपी प्रविधि सिकाउनुभयो । जसबाट ८०० जनाभन्दा बढी महिलाहरू घरमा स्वरोजगार भएका छन् । प्रत्येक महिलाका लागि वार्षिक रूपमा सरदर १० हजार युआनको आम्दानी थपिएको छ । कार्चोपी गरेर यी जातीय महिलाहरूले “घरमै बच्चा हुर्काउनका साथै कार्चोपी गरेर पैसा कमाउने” सपना साकार तुल्याएका छन् । साथै यी जातीय कार्चोपी प्रान्तीय गैरभौतिक सम्पदामा सूचिकृत गरिएको छ ।
“सहकार्य सङ्घको स्थापना भएको सुरूमा सबैभन्दा गा¥हो कुरा के हो भने लगानी थिएन, श्रेष्ठ व्यक्ति थिएन र बिक्री मञ्च पनि थिएन ।” छ्याउचिन श्वाङ मैले चर्चा गर्नुभयो । तर सुविधाजनक कर नीतिले सहकार्य सङ्घलाई समर्थन दिएको छ । प्राप्त जानकारीअनुसार, विगत ३ वर्षमा सहकार्य सङ्घले ७७ हजार ८ सय युआनको कर घटाइएको छ । जसले सहकार्य सङ्घको सञ्चालन लागतलाई कम पारिएको छ ।
गत वर्ष छ्याउचिन श्वाङमैले प्रत्यक्ष प्रसारणका लागि बचत गरिएको पैसाबाट सहकार्य सङ्घको छेउमा प्रत्यक्ष प्रसारण ठाउँको स्थापना गर्नुका साथै आवश्यक प्रबन्ध पनि किन्नुभयो । उहाँको जानकारीअनुसार, हरेक दिन सरदरमा लगभग २०० दर्शकले उनीहरूको प्रत्यक्ष प्रसारण हेरेका छन् । यद्यपि दर्शकको सङ्ख्या त्यति बढी नभए तापनि यी जातीय कार्चोपी संस्कृति प्रसारण गर्नका लागि पुग्छ ।
यी जातीय कार्चोपी संस्कृतिको प्रसारण गर्न स्याउचिन श्वाङमैले सक्रिय रूपमा स्कुल तथा विद्यालयमा विद्यार्थीहरूलाई उक्त परम्परागत प्रविधिको जानकारी दिनुभएको छ । उहाँको विचारमा गैर–भौतिक सम्पदाको सरंक्षण तथा उतराधिकार सांस्कृतिक आत्मविश्वासको महत्वपूर्ण प्रकार्य हुनुका साथै ग्रमप्ण पुनःउत्थान गर्ने महत्वपूर्ण मञ्च पनि हो ।
राष्ट्रिय जनकाङ्ग्रेसको अधिवेशनमा सर्वसाधारणको अझ बढी आवाज सुनाउँदा यी जातीय कार्चोपीबाट संस्कृति तथा पर्यटनको विकास गर्ने विषयबारे निरन्तर रूपमा सुझाव–राय दिने स्याउचिन श्वाङमैले व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *