भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २ चैत । भक्तपुरको श्वेत भैरव फिक्स इँटा उद्योगमा बेलायती सांसदहरूले अवलोकन गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सो इँटा उद्योगमा बेलायतका ७ जना सांसदको टोलीले अनुगमन गरेको हो ।
नेपालमा मात्र नभएर दक्षिण एसियाकै नमुना र प्रदूषणमुक्त इँटा उद्योगको परिचय बनाउन सफल सो इँटा उद्योगको राम्रो अभ्यासबारे बुझ्न सांसदहरूको टोलीले अवलोकन ग¥यो ।
इँटा उद्योगले प्रदूषण न्यूनीकरण र ऊर्जा खपतका लागि गरिरहेको प्रयासका विभिन्न अभ्यासहरूको अवलोकनमात्र नगरी सांसदहरूले इँटा उत्पादनको प्रारम्भिक अवलोकन गरे । उनीहरूले सो क्रममा इँटा उद्योगको भट्टीमा बोझाइको अवलोकन गरे भने एक सांसदले त झोकाइसमेत गरिन् ।
अवलोकनमा बेलायती सांसद सराह च्याम्पियन, रिकार्ड ब्याकन, पाउलिन लाथम, निगेल मिल्स, नर्भेन्दु मिश्र, काटे ओश्मार र वीरेन्द्र शर्मालगायत थिए ।
उनीहरूले उद्योगको जिकज्याक प्रविधिप्रति बेलायती सांसदहरूले चासो देखाएका थिए । इँटा उत्पादन प्रकृयाको स्थलगत अवलोकन गर्दै ती सांसदहरूले आफँैले माटो चलाए भने भट्टीमा कोइला खन्याए ।
नेपालमा इँटा भट्टाको वातावरणीय प्रभावलाई नजिकबाट हेर्दै प्राविधिक सहयोग गर्दै आएको इसिमोडको कार्य सम्पादनको प्रभावको अवस्था हेर्न सांसदहरूको टोलीले श्वेत भैरव फिक्स इँटा उद्योग रोजेको बेलायती राजदूतावासमा जलवायु परिवर्तन र वातावरण हेर्ने अधिकारी युगान मानन्धरले बताए ।
इसिमोडका विद्या प्रधानले नेपालमा इँटा भट्टाको विकासक्रम र यसले वातावरणमा पारेको प्रभाव न्यूनीकरणका लागि बेलायत सरकारले गर्दै आएको आर्थिक भौतिक सहयोगको अवस्थाबारे अध्ययन गर्न सांसदहरू नेपाल आएको बताइन् ।
उनले भक्तपुरका इँटा उद्योगहरू क्रमशः प्रविधिमैत्री र प्रदूषण न्यूनीकरणतर्फ उन्मुख हुँदै गइरहेको पाइएको सांसदहरूले बताएको जानकारी दिइन् । “पहिला धेरै प्रदूषण हुने गरेकोमा अहिले सुधार भइरहेको छ । इँटा भट्टामा प्रविधिको प्रयोगद्वारा सुधार र व्यवस्थित भएको पाइएको एक बेलायती सांसदले प्रतिक्रिया दिएका थिए”, उनले भनिन् ।
अवलोकनको क्रममा दक्षिण एसियाली इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एवं नेपाल इँटा उद्योग महासङ्घका पूर्वअध्यक्ष महेन्द्र चित्रकारले विकसित देश बेलायतका सासंदहरू नै दङ्ग भएर नेपालको इँटा भट्टाको प्रविधिको अवलोकन भएकोमा खुसी जनाए ।
भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले भक्तपुरमा सञ्चालित इँटा भट्टाले जिकज्याक प्रविधिबाट इँटा उत्पादन गर्न थालिसकेकाले सरकारको मापदण्डभन्दा कम मात्रै वातावरण प्रदूषण भइरहेको बताए ।
भट्टाका प्रबन्धक तथा इसिमोड इँटा भट्टा प्रविधिका उपसंयोजक राजकुमार लाखेमरुले इँटा उत्पादनका लागि भट्टाको भट्टीमा बाल्ने इन्धनलाई जिकज्याक गरी पूर्णरूपमा बालेर धुवाँ ननिस्कने गरी बनाएको प्रविधिको बेलायती सांसदहरूले अभिरुचिपूर्वक अध्ययन गरेको बताए ।
Leave a Reply