आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
भक्तपुर, ३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्यो ।
बैठकले उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय ग¥यो । बैठकले एक प्रेस वक्तव्य जारी ग¥यो । पार्टीका सचिव प्रेम सुवालको नाउँमा शुक्रबार प्रकाशित प्रेस वक्तव्य यसप्रकार छ –
प्रेस वक्तव्य
२०७९ चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने उपराष्ट्रपति निर्वाचनबारे पार्टी केन्द्रीय सचिवालयको चैत ३ गते बिहान बसेको बैठकमा छलफल भयो । उपराष्ट्रपतिको उम्मेदवार व्यक्तिको इच्छाभन्दा पनि पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा उपराष्ट्रपतिका उम्मेदवार पार्टीहरूको नीति तथा दृष्टिकोणमा तात्विक भिन्नता छैन ।
उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका एमाले, जसपा र जनमत पार्टीले वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपालको सैनिक ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, नेपाली सेनालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि तथा कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरू र जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गर्ने प्रतिबद्धता व्यक्त गरेका छैनन् ।
भारतले नेपालको ७१ भन्दा बढी ठाउँमा अतिक्रमण गरेको ६० हजार हेक्टरभन्दा बढी भूमि फिर्ता ल्याउने, नेपाली भूमि कालापानीमा ७० वर्षभन्दा अगाडिदेखि कब्जा गरी बसेका भारतीय सेनालाई हटाउने विषयमा पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका पार्टीहरूले प्रतिबद्धता व्यक्त गरेका छैनन् ।
यसकारण, पार्टी केन्द्रीय सचिवालयको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने र यो निर्णयअनुसार पार्टीका सांसदहरूलाई निर्देशन दिने निर्णय गरियो ।
Leave a Reply