नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
ललितपुर, ५ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको तयारीस्वरूप शनिबार ललितपुरमा जिल्लास्तरीय महिला भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “राजनीति सबै नीतिको मूल नीति हो । सिंहदरबार कब्जा गर्न पुगेकाहरूको जनविरोधी कामको कारण देश र जनताले दुःख पाए । राजनीतिक सङ्घर्षबाटै महिला र मजदुरहरूले मताधिकार प्राप्त गरे । देश र जनताको सेवा गर्ने राजनीतिमा सबै लाग्नु जरुरी छ । युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, सेना, प्रहरी, न्यायाधीश, वकिल, पत्रकार सबै देश र जनताको सेवा गर्ने राजनीतिमा इमानदारीपूवर्क लाग्नु आवश्यक छ । सिंहदरबार कब्जा गर्न पुगेका कुन कुन पार्टीले देश र जनताको हितविपरीत बोले भन्नेबारे सबैलाई टीकाटिप्पणी गर्ने अधिकार छ ।”
उहाँले भन्नुभयो, “देशघाती सन्धि–सम्झौताहरू – एमसीसी, एसपीपी, गोर्खा भर्ती, सन् १९५० को सन्धि, कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, अरूण तेस्रो खारेज गराउन सबैले बोल्नु जरूरी छ । रासायनिक मलको मूल्य वृद्धि र अभावको विरोधमा सबैले आवाज राख्नु आवश्यक छ ।”
सिंहदरबार कब्जा गरेकाहरूले नै सर्वसाधारण जनतालाई शिक्षा नदिएको र अन्धविश्वासको दलदलमा फसाएको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “पाँचपटक मन्त्री भएका एक जनाले आफ्नो संस्मरणमा मन्त्री भनेकै भ्रष्टाचारी भएको उल्लेख गरे । समाजलाई अगाडि बढाउन सम्पूर्ण जनतालाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क र स्वदेशमा रोजगारी दिनु आवश्यक छ । यस्तो विषयमा बेवास्ता गरेका मन्त्रीहरूको विरोध गर्नु जरूरी छ ।”
नेमकिपा ललितपुर जिल्ला अध्यक्ष राजवीर डंगोलले महिलाहरूलाई धर्मको नाउँमा शोषण भइराखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्गीय मुक्तिपछि मात्र महिला मुक्ति सम्भव छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुरका संयोजक मनहेरा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य सुलोचना छ्वाजू, आयोजक समितिका ममता श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
भेलाले ममता श्रेष्ठको अध्यक्षतामा नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समिति गठन गरेको छ ।
नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन चैत २४ र २५ गते चितवनमा हुँदै छ ।
Leave a Reply