प्यालेस्टिनमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा बल तत्काल तैनाथ गरिनुपर्छ !
- कार्तिक १९, २०८३
गोर्कीका विश्वविद्यालयहरू
कजानको अर्धसभ्य सहरमा येभ्रेयीनोभ परिवार (आमा र दुइटा छोरा) एउटा सामान्य सडकको छेउमा एउटा सानो भाडाको कोठामा बस्थे । त्यो कोठाको पछिल्तिर आगोले जलेको एउटा घरको अवशेष थियो र त्यहाँ थुप्रै फोहरमैला जम्मा भएको थियो । त्यो घरको वरपर थुप्रै झारपात उम्रेको थियो । त्यो घरको छिँडीमा भुस्याहा कुकुरहरू बस्थे र कति त त्यहीँ मर्थे । गोर्कीले लेखेका छन्, “अझै पनि म यो छिँडी देख्नसक्छु, किनभने मेरा विश्वविद्यालयहरूमध्ये यो एउटा हुने कुरो पूर्वनिश्चित थियो ।”
सानो गाँठीको जीउ र सेतै फुलेको कपाल भएकी विधवा येभ्रेयीनोभ एउटा सानो भाडाको कोठामा बस्थिन् र ‘खानपिनको प्रबन्ध मिलाउने’ जिम्मा उनैको थियो । बढ्दो उमेरका तीनओटा केटाकेटीको लागि थुप्रै खानेकुरो चाहिन्थ्यो र उनले आफ्नो लागि कहिल्यै भाग छुट्याउन्नथिन् । उनले दिएको प्रत्येक टुक्रा रोटीप्रति अलेक्सेयीको खराब धारणा थियो । ‘रुखो हेराइ र खास चालचलन भएकी नौली आइमाई’ को रूपमा अलेक्सेयीले उनलाई हेरे । यसैकारणले उनले त्यो घर छाडेर कामको खोजीमा हिँडे । मौसम नराम्रो भएको बेलामा उनी भुस्याहा कुकुरहरू बस्ने गरेको त्यो जीर्ण छिँडीमा एउटा शरणार्थीको रूपमा बस्थे । उनको आफ्नै शब्दमा “मरेका कुकुरहरू र बिरालाहरूको दुर्गन्धले भरिएको, धरधरती पानी चुहिने र चर्को बतास लाग्ने त्यो ठाउँ, मैले चाँडै नै के महसुस गरेँ भने विश्वविद्यालय एउटा मूर्खको उडन्ते कल्पनाजस्तै थियो ।”
उनी त्यहाँबाट हिँडे र भोल्गा गए । दिनमा पन्ध्रदेखि बीस कोपेकसम्म ज्याला पाउने गरेर जहाजमा काममा लाग्न जोसुकै पनि सक्थ्यो । निश्नीमा उनले खाली खुट्टा हिँड्ने मान्छेहरूको जमात देखेका थिए । तर, अहिले उनी तिनीहरूमध्ये आफै एउटा खाली खुट्टाले हिँड्ने मानिस भइसकेका थिए । उनी खाली खुट्टा हिँड्ने मानिसहरूकै जमातमा बस्थे र त्यहाँ सबै किसिमका बदमासहरू थिए ।
पछि उनले आफ्ना कृतिहरूमा यस्ता घटनाहरूको वर्णन गरेका छन् । तर, उनले ती घटनाहरूलाई कीर्तिमान बनाउने हिसाबले पेस गरेका छैनन् । उनी खाली खुट्टा हिँड्ने समूहका ‘देवदूत’ थिएनन् । तर, उनलाई अझै पनि अशुद्ध किसिमले यसो भनिन्छ । गोर्कीले जीवनलाई सम्मान गर्ने र यसलाई सुखी बनाउन चाहने मान्छेहरूलाई मन पराए । उनी लेख्छन्, “खाली खुट्टा हिँड्ने रूसी मानिसहरूको दृश्य मैले वर्णन गर्न जानेभन्दा बढी भयानक क्रियाकलाप हो । सबै कुरा छाडेर यो एउटा स्थायी नैराश्य हो, आफैमा निषेध हो र आफैबाट ठगिएको बन्दी जीवन हो ।” त्यतिबेला शिक्षाको लागि वारपार फैलिएको उनको आशाले उनलाई उनका ती साथीहरूको बिचमा धकेल्यो ।
सौभाग्यवश उनले त्यो समयमा अरू मान्छेहरूलाई पनि भेट्न पाए । तिनीहरूमध्ये गुरी प्लेट्नियोस् नाम भएका हँसिलो मिजासका एकजना विद्यार्थी थिए । गोर्कीले लेखेका छन् – “मैले भोगेको दुःख र कष्टबारे थाहा पाएपछि उनले मलाई आफूसित हिँड्न भने र मलाई एउटा स्कूलको शिक्षक बन्ने प्रस्ताव राखे ।”
अलेक्सेयी येभ्रयीनोभहरूसित छुट्टिएर मारुसोभ्का भन्ने अँध्यारो र असामान्य ठाउँमा प्रवेश गरे । यो ठाउँमा एउटा ठूलो थोत्रो घर थियो र त्यो घर भोका विद्यार्थीहरू, बेस्सेहरू र तल्लो स्तरका मानिसहरूले खचाखच भरिएको थियो । भ¥याङमुनि बाटो नजिकैको एउटा कुनामा गुरी बस्थे । अलेक्सेयी र गुरी पालैपालो गरेर गुरीको खाटमा सुत्थे किनभने त्यो खाटमा दुवैजना एकैचोटि सुत्न अट्दैनथे । खाट असाध्य सानो थियो । एकजना दिउँसो सुत्थे र अर्को राति । गुरी रातमा एउटा अखबारको रातिको सम्पादकको रूपमा काम गर्थे र एक रातमा एघार कोपेक कमाउँथे । अलेक्सेयी आफूखुसी रूसी व्याकरण रट्थे । आफ्नो विषयमा उनले के पत्ता लगाए भने उनी कुनै पदको उम्मेदवार हुन परीक्षा पास गर्ने क्षमता भए तापनि उमेरको हिसाबले सानै थिए । उनले त्यो कष्टपूर्ण अध्ययनलाई सद्विवेकी भएर रोक्न सके ।
अलेक्सेयी जहाजमा मालसामान चढाउने र ओराल्ने काम गरेर छाक टार्थे । एकपटक अलेक्सेयी जेनेरलकी विधवा मम् कार्नेट नाम भएकी फ्रान्सेली आइमाईको घरमा बगैँचे र भरियाको रूपमा काम गर्न थाले । उनले यो समयलाई ‘टाल्सटायको सम्झनामा’ भन्ने कृतिमा सविस्तार उल्लेख गरेका छन् ।
अलेक्सेयीका सबैभन्दा महत्वपूर्ण चिनजानका मान्छे एण्ड्रेयी डेरेन्कोभ थिए । उनको एउटा सानो खुद्रा पसल थियो । उनी नारोद्निको पार्टीसित सम्बन्धित थिए । त्यो पार्टीको दृष्टिकोण क्रान्तिका मुख्य सहारा किसानहरू हुन् र कामदारहरू होइनन् भन्ने थियो । जारतन्त्रको विरोधमा लड्न किसानहरूलाई उक्साउनको लागि नारोद्की पार्टीका मान्छेहरू गाउँले जनताका बिचमा थिए । यसैकारणले तिनीहरूलाई ‘जनता दल’ भनिन्थ्यो । सन् १८८१ को विद्रोहपछि यो दल पूरै नष्ट भयो ।
पसलपछाडि रहेको उनको डेरामा डेरेन्कोभ्को एउटा ठूलो पुस्तकालय थियो । त्यहाँ दुर्लभ र प्रतिबन्ध लगाइएका थुप्रै पुस्तकहरू थिए । ती पुस्तकहरू कजानका स्कूलका विद्यार्थीहरू र क्रान्तिप्रति सहानुभूति राख्ने मानिसहरूले प्रशस्त मात्रामा पढ्थे । छिनछिनमा त्यहाँ बीसजनाभन्दा बढी मानिसहरूको जमघट हुन्थ्यो । ती मानिसहरू रूसी जनताको भविष्यप्रति चिन्तित थिए । अत्यन्त उत्सुक ती मानिसहरू, अखबारमा निस्केका लेखहरू र सहर तथा विश्वविद्यालयमा घटेका घटनाहरूबाट निकै प्रभावित थिए । तिनीहरू लगातार तर्कवितर्क र गरम बहस गर्थे । अलेक्सेयी यसभन्दा अगाडि भएको क्रान्तिकारी समूहको सम्पर्कमा पुगेका थिएनन् । यसैले तिनीहरूको तर्कवितर्कमा भाग लिन सक्दैनथे । त्यो समयको सम्झना गर्दै उनले लेखेका छन्, “गरिब जनताको रगतमा बोसो गलेझैँ शब्दको पहिरोमा पुरिएर सत्य कुरो नष्ट भएको थियो ।”
कम्तीमा पनि उनले के कुरो बुझे भने ती मानिसहरूले जीवनलाई फेर्न र सुधार्न खोजिरहेका थिए । तर, तिनीहरू भने हठधर्मी थिए र अलेक्सेयीले त्यो समूहमा समावेश हुने निर्णय गरेको कुरोलाई तिनीहरू वास्ता गर्दैनथे । कहिलेकाहीँ उनीहरू आफ्नो बडप्पन त्यागेर अलेक्सेयीलाई “एकलब्य र जनताको छोरो” भन्थे । उनीहरूले यसो भनेको अलेक्सेयीलाई कत्ति पनि चित्त पर्दैनथ्यो । अविश्वासी भएर रनभुल्ल परेका अलेक्सेयीले एकदिन उनले कहिल्यै पनि नभेटेको स्वाधीन विचारको एकजना मान्छेले यसो भनेको सुने, “तिनीहरूको निम्ति जनता नै सबभन्दा ठूलो सद्विवेकी, विशाल हृदय भएका दयालु, ईश्वरका स्वरूप र एकत्रित प्राणीहरू हुन् । तिनीहरू मानव समुदायप्रति अगाध स्नेहले ओतप्रोत भएको जीवन जिउनको लागि कुराकानी गर्छन् र एउटा नयाँ सिद्धान्तअनुसार स्वतन्त्र जीवन बनाउने विचार व्यक्त गर्छन् ।” अलेक्सेयीलाई यो सबै कुरो अनौठो लाग्यो र उनले आफ्नो जीवनको तीतो अनुभवलाई तुच्छ ठाने । अन्त्यमा, अलेक्सेयी उत्साहित भए । काम गर्न जानसमेत छाडेर अलेक्सेयी भेट्टाएजति सप्पै पुस्तक पढ्न थाले । त्यतिबेला उनले लाभ्रोभको ऐतिहासिक चिठीपत्रहरू, चार्नीरोभस्कीको के गर्नुपर्छ ?, पिसारेभका निबन्धहरू, राजा हङ्गर र कार्ल माक्र्सको पुँजी पढे । भासिली सेभयोनोभसित बढी चिनजान भएपछि अलेक्सेयीले उनको पाउरोटी कारखानामा काम पाए ।
यो समय गोर्कीको जीवनको अत्यन्त कष्टपूर्ण समय थियो । यो कुरा पछि गएर गोर्कीले स्वीकारेका छन् । उनले ‘प्राध्यापक’, ‘कोनोभालोभ’ र ‘छब्बीसजना मान्छे र एउटी केटी’ भन्ने उनका कथाहरूमा यो कुराको बयान गरेका छन् । जीवनप्रतिको उनको धारणाबारे नौलो वातावरणको असर असैध्य थियो । एउटा कुचुक्क परेको धुँवाले भरिएको कोठामा उनले दिनमा चौध घण्टासम्म काम गर्नुपथ्र्यो । यसैले उनले डेरेन्कोभका किताबहरू पढ्ने समय पाउँदैनथे । बिदाको दिनमा उनी मरेसमान थकित हुन्थे । त्यसैले उनी आफ्ना साथीभाइहरूसित बसेर अथवा सुतेर समय बिताउँथे । उनका साथीहरूमध्ये कुनै कुनैले उनलाई सन्काहा पाखे सम्झन्थे । तर, अरूहरू भने पुरानो सम्पर्क भएको हुनाले उनलाई माया गर्थे । राम्रा–राम्रा कथाहरू भन्न सक्ने भएको हुनाले केटाकेटीहरूले पनि उनलाई मन पराउँथे । उनको आफ्नै शब्दमा “केही राम्रा केटाकेटीहरू पनि थिए जसले मैले भनेका सप्पै कथाहरू सम्झन्थे । वास्तवमा, ती कथाहरू एउटा भिन्दै, बढी उद्देश्यपूर्ण र सजिलो जीवनको सिर्जना गर्ने सम्भावित शाखाले तयार गरिएका हुन्थे ।”
सन् १८८७ को वसन्तमा अलेक्सेयीले पाउरोटी कारखाना छोडे र धेरै ठाउँमा काम खोज्दै हिँडे । केही समयसम्म उनले नाचघरमा एउटा सिकारु गायकको रूपमा गीत गाए । उनले र फियोदोर च्यालिएपीनले निर्देशकको सामुन्ने गायन परीक्षा दिनुपर्ने थियो । निर्देशकले च्यालिएपीनलाई ‘अयोग्य’ घोषणा ग¥यो । (च्यालिएपीन उनको समयका सबभन्दा महान् गायकहरूमध्ये एक थिए) । अलेक्सेयीले त्यसपछि एउटा सर्कसमा काम गरे । एकपटक, उनी पहलवान हुन चाहे तर यो सम्भव भएन । किनभने, उनको हाड नरम थिएन त्यतिबेला नै डेरेन्को भन्नेले खुद्रा पसल बन्द गरेर पाउरोटी उद्योग खोले । उद्योगबाट भएको मुनाफा रकम क्रान्तिकारी क्रियाकलापको लागि खर्च हुन्थ्यो । अलेक्सेयीले पाउरोटी बनाउने कामदारको रूपमा त्यहाँ काम पाए । उनले टोकरीको पीँधमा किताबहरू लुकाएर त्यसमाथि पाउरोटी राख्थे र विद्यार्थीहरूलाई दिन्थे । पाउरोटी उद्योगबाट छिट्टै नै त्यति धेरै प्रगति भयो र डेरेन्कोभले उद्योगको बृहत् पक्षतिर हेर्नुपर्ने भयो । अलेक्सेयीले आफ्नो गायक मण्डलीमा अर्को एउटा सहयोगी पाउने आशा गरे, किनभने उनी पहिले नै धपेडीको कारणले ‘पूरै निदाएका’ थिए । सामान्यतया उनी दिनको तीनचार घण्टाभन्दा बढी सुत्न पाउँदैनथे । काममा भएको बेलामा पाउरोटी बनाउन पठाएको पिठो नफुकुञ्जेलमात्रै पढ्न सक्थे ।
अलेक्सेयी विद्यार्थी समूहबाट कमभन्दा कम सन्तुष्ट थिए । त्यसैले उनले नित्यरूपमा नयाँ साथीहरूको खोजी गरे । उनी कामदारहरूसित भेटघाट गर्न कलकारखानाहरूमा जान्थे र धेरैजसो स्पास्की रितिथिति बुझ्न हिँड्थे । त्यहाँ उनले सन्तहरू र सिकारू साधकहरूसित कुराकानी गर्थे र कहिलेकाहीँ तिनीहरूलाई खाना पकाउने काममा सघाउँथे । समयसमयमा उनी सेभ्योनोभको पाउरोटी उद्योगमा पनि जान्थे र उनका पुराना साथीहरूले उनको स्वागत गर्थे । गोर्कीले उनको उपन्यास स्वीकारोक्तिमा यो समयका अनुभवहरूलाई सँगालेका छन् । त्यतिबेला नयाँ मानिसहरूले उनीप्रति चाख लिएको हुनुपर्छ ।
सन् १८८७ को डिसेम्बरमा, कजानमा विद्यार्थीहरूको विद्रोह मच्चियो । गोर्कीका धेरै साथीहरू जेलमा कोचारिए । तिनीहरूका नेता लेनिन थिए । त्यतिबेला उनलाई ल्वादिमिर उल्यानोभ भनिन्थ्यो । पछि गएर उनी विश्वविद्यालयबाट निकालिए । अलेक्सेयीले विद्रोहको रहस्य बुझ्न सकेनन् । उनले मानिसहरूका शब्द, काम र भावनाका बिचमा मात्र अन्तद्र्वन्द्व देखे । उनको शब्दमा “जीवन वैरभाव र शत्रुतापूर्ण क्रियाकलापको साङलोजस्तै अव्यवस्थित र असम्बन्धित क्रियाकलापको सडेगलेको तुच्छ लडाइँजस्तै अनियन्त्रित थियो ।”
सन् १८८८ को मार्चको अन्तिमतिर नोरोदनिक क्रान्तिकारी मिखाइल रोमासले अलेक्सेयीलाई उनीसँगै उनको गाउँ भोल्गाको क्रास्नोभिडोभोमा जान सुझाउ दिए । त्यहाँ उनको एउटा खुद्रा पसल थियो र उनलाई एउटा सहयोगी चाहिएको थियो ।
सुरुमा नै यो कदमको अर्थ अलेक्सेयीको जीवन योभन्दा राम्रो हुने लाग्यो । रोमासले धेरैजसो समय अलेक्सेयीसितै बिताउँथे । यसले गर्दा युवक अलेक्सेयीको लघुताभास हरायो । घरमा थुप्रै असल किताबहरू थिए । त्यहाँ टेलर, स्पेन्सर, डार्बिन, डोब्रोल्योबीभ्, गोँचारोभ् र अरूहरूका वैज्ञानिक कृतिहरू थिए । त्यहाँ अलेक्सेयीले पहिलोपल्ट होब्सको सामुद्रीक दैत्य र माखित्ेलिच्को राजकुमार पढे ।
क्रान्तिकारी क्रियाकलापमा संलग्न भएको आरोपमा रोमास दुई वर्षसम्म जेलमा थुनिए । त्यसको तत्कालैपछि याकुत्सक प्रान्तमा दस वर्षको लागि निर्वासित गरिए । त्यहाँ उनले ब्लादिमिर कोरोलेको भन्ने विद्यार्थी भेटे । कोरोलेको त्यतिबेलासम्म एउटा लेखकको रूपमा परिचित भइसकेका थिए । अलेक्सेयीको जीवनमा महत्वपूर्ण भूमिका निभाउने मानिस कोरोलेको होलान् भन्ने कुरो न त अलेक्सेयीले सोचका थिए न त रोमासले नै सोचेका थिए ।
रोमास किसानहरूका माझ क्रान्तिकारी प्रचारकार्य गर्नमा संलग्न थिए । उनको त्यो पसल देखाउनको लागि मात्र राखिएको थियो । उनले थोरै जमिन भएका साना किसानहरूको एउटा सङ्घ खोलेर तिनीहरूलाई चर्को ब्याज पैसा लगाउने सुदखोरहरूको चङ्गुलबाट बचाउन चाहन्थे । तर, पुरेतहरू र जमिनदारहरूले सकेसम्म शक्ति लगाएर त्यो योजनाको विरोध गर्थे । एकदिन, अगस्त महिनामा उनको पसल र खलोमा आगो लाग्यो । अलेक्सेयी अटालीको एउटा बाकसमा राखेका किताबहरू बचाउन जाँदा तेलको टिन पड्केर फुट्दा उनी झन्डै मरेनन् । त्यतिबेला अलेक्सेयीको जीवनमा साँच्चैको चाख भरिदिने एकमात्र मान्छे रोमस नै थिए । रोमससित बिदाबारी हुँदा अलेक्सेयीलाई औधी नरमाइलो लाग्यो । पन्ध्र वर्षसम्म रोमस र अलेक्सेयीको भेट हुन सकेन । पछि उनीहरूको सेड्लेट्समा भेट भयो ।
केही समयसम्म अलेक्सेयीले छिमेकी गाउँहरूमा समय बिताए । त्यसपछि उनले एउटा ठूलो डुङ्गाद्वारा भोल्गाबाट क्यास्पियन सागरतिर लागे । त्यहाँ उनले एउटा माछा मार्ने ठाउँमा काम पाए । केही हप्तासम्म त्यहाँ बसेर उनी मस्कोडियन श्रेणी र शिगुलेभ पर्वत पार गर्दै फेरि कजान फर्किए । त्यतिबेला उनी बीस वर्ष भइसकेका थिए ।
रुढीवादी र साँगुरो विचार भएका स–साना सहरका मध्यमवर्गीय मानिसहरू ‘खान र अनाज– पानी थुपार्न’ मात्रै बाँचेका थिए र फुर्सतको समयमा गएगुज्रेको अन्धविश्वासी कुराकानीमा लागेर समय बिताउँथे । ‘असल र बाठा बुद्धिमानहरू’ चुपचाप नीच मारेर बस्थे । तिनीहरूको घमण्डीपनले गर्दा तिनीहरूले बुर्जुवाहरूसितको आफ्नो वैरभावलाई पनि महसुस गरेनन् । “आपसी बेमेलको गहिराइको कारणले छुट्टिएका यी दुई विश्वलाई जोड्न मेरो बुद्धि, मेरो कल्पना र मेरो सम्पूर्ण ताकतले भेटेन ।” तीस वर्षपछि गोर्कीले आफ्नो संस्मरणमा लेखेका छन्, “सामान्य जनतादेखि शिक्षित समुदायसम्म बुद्धिमत्तापूर्ण सिद्धान्तको रूपमा रहेको परलौकिक एकान्तताको कुँजो भावनाले मलाई मेरो जीवनभर सतायो ।” ‘मेरो यात्राका साथीहरू’ र अरू कथाहरूको वर्णनको मूल जरो यही हो । विस्तारै यो भावना विपत्तिको पूर्णाभासमा फेरियो । यदि इच्छा र बुद्धिबिचको द्विविभाजनले एउटा व्यक्तिको जीवनमा एउटा गम्भीर नाटकको सङ्केत गर्छ भने, यो एउटा मानिसको जीवनमा सरासर दुःखपूर्ण घटना हुन्छ ।
सन् १८८९ को वसन्तमा भोल्गा–डोन क्षेत्रको क्रुटायाको जोखतौल गर्ने स्टेसनमा अलेक्सेयी सरुवा भए । स्टेप घाँसको मैदानको यो सानो स्टेसनमा जीवन ‘वाक्कलाग्दो मौनतामा’ बित्यो । यो कुरा ‘किताब’ भन्ने कथाबाट थाहा पाइन्छ ।
कामबाट फुर्सद भएको बेलामा अलेक्सेयीका वरिपरिका कामदारहरू थुप्रिएर बस्थे । ती कामदारहरूलाई कहिलेकाहीँ उनी पर्चाहरू पढेर सुनाउँथे र कहिलेकाहीँ भूगोल, इतिहास र खगोल विद्याबारे बताउँथे । उनी असाध्यै राम्रो खुबी भएका वाचक थिए । आफ्ना स्रोताहरूलाई कसरी मन्त्रमुग्ध पार्ने भन्ने कुरो उनलाई राम्ररी थाहा थियो ।
अलेक्सेयी झन्डै एक्काइस वर्ष भइसकेका थिए । यसकारण, सैनिक सेवामा लाग्नको लागि उनले सरकारलाई सूचना गर्नुपर्ने भएको थियो । मई महिनामा उनले रेलमार्गको जागिरबाट राजीनामा दिए र पैदल हिँड्ने र कहिले रेल र मोटरमा ठाउँ माग्दैमाग्दै क्रुटुयादेखि टाम्वोभ्, वाइसान्, तुला र मस्को हुँदै निश्नीमा पुगे । रूसका विभिन्न ठाउँ चहार्दै हिँडेको यो उनको दोस्रो यात्रा थियो । मस्कोमा उनले लियो टाल्सटायसित भेट गर्न खोजे । तर, त्यतिबेला टाल्सटाय त्यहाँ थिएनन् । सेप्टेम्बरको अन्त्यतिर अलेक्सेयी निश्नी पुगे । उनी त्यहाँ पुग्नेबित्तिकै सबभन्दा पहिले नोरोनिक लेखक कोरोनिनलाई भेट्न गए । कोरोनिनले उनीसित राम्रोसँग कुराकानी गरे । कजानका पुराना चिनजानका साथीहरूको सम्पर्कले अलेक्सेयीलाई फाइदा भयो । भूतपूर्व शिक्षक चेकिन र विद्यार्थी सोमोभ पुराना चिनजानका मान्छेहरूमध्ये दुईजना थिए । अलेक्सेयीले उनीहरूसित सँगै बस्न एउटा कोठा भाडामा लिए । चेकिन र सोमोभ दुवैजना क्रान्तिकारी क्रियाकलापमा संलग्न भएको हुनाले तिनीहरू पुलिसको निगरानीमा थिए । जीउ पाल्नका लागि अलेक्सेयीले बाभारियन रक्सी पसलको वितरकको काम गर्ने गरी टाँगा चलाउने काममा लागे । उनले फराकिलो बीट भएको टोपी, भान्छेको एउटा सेतो कोट र खिचिर–मिचिर परेर गुटमुटिएको एउटा पुलिसको पतलुङ लगाउँथे । यो फेसनमा उनी आधुनिक नाटकको विद्रोही कलाकारजस्ता देखिन्थे । यो अनौठो पोसाकले सबै मानिसहरूको ध्यान आकर्षित गथ्र्यो ।
सन् १८८९ को अक्टोबर १२ का दिन निश्नीको गुप्तचर विभागले सोमोभलाई गिरफ्तार गर्न पेटसवर्गबाट आदेश पाएको थियो । तर, सोमोभ लुक्न सके । कोठाको खानतलासी भयो र त्यहाँ शङ्कास्पद हुने कुनै पनि कुरो फेला परेन । तथापि, सोधपुछको लागि अलेक्सेयीलाई समातियो । सोधपुछको समयमा उनले निडर भएर कुराकानी गरे र बेअदबसाथ बसे । त्यसो भएको हुनाले उनलाई चार हप्तासम्म जेलमा राखियो । गुप्तचर विभागका हाकिमले एउटा खैरो फाइल झिके र त्यसको शिरमा लेखे, “नागरिक अलेक्सेयी पेश्कोभ्सम्बन्धी पुलिस विभागको फाइल, नम्बर १, १८८९” । अलेक्सेयी उमेर छिप्पिएका मानिसहरूको डेराको साथी भएको हुनाले “पेशकोभ, चेकिन र खास गरेर सोमोबाट तिनीहरूका सरकारविरोधी विचार फैलाउन प्रयत्न गरिएको साधन हुनसक्छ भन्ने कुरो अनुमान गर्नुपर्ने” भन्ने कुरामा पुलिसको हाकिम विश्वस्त थियो । कजान सारातोभ र सारिस्सिनबाट “चित्रकारहरूको ठगी कलाकार अलेक्सेयी पेशकोभ” भन्ने विषयमा सबुद प्रमाणहरू जम्मा गरियो ।
मेजर जेनरल पोस्नान्स्की, जसले अलेक्सेयीको विषयमा जाँचबुझ गराएको थियो, अलेक्सेयीका जफत गरिएका हस्तलिखित लेखहरू पढ्न मन परायो र ती लेखहरू कारोलेङकोलाई देखाउने र लेख्तै गर्ने सुझाउ दियो ।
पहिलो पल्ट जेलमा परेदेखि यता आएर अलेक्सेयी म्याक्सिमोभिच ‘राजनीतिक अविश्वसनीय’ मान्छेको रूपमा पुलिस निगरानीमा रहे । विभिन्न कारणहरूले गर्दा उनी खिन्न भएका देखिन्थे । उनको फोक्सोको घाउको खराबीले गर्दा उनले सेनामा भर्ती हुन शारीरिक परीक्षा पास गर्न सकेनन् र सेनाको सम्पर्क विभागले राजनीतिक क्रियाकलापको कारणले उनलाई सेनामा भर्ना लिएन । सन् १८८९ को अन्त्यतिर उनले पोस्नान्स्कीले दिएको सल्लाहअनुसार काम गर्ने निधो गरे । कारोलेङकोलाई भेटेर ‘बूढो सिन्दुरे रुखको गीत’ भन्ने उनको कविताको पुस्तक र अरू कविताहरू देखाउने विचार गरे ।
कोरोलेङको एउटा साहित्यकार राजनीतिज्ञको रूपमा बहुचर्चित भइसकेका थिए । शिक्षित मानिसहरू उनका कथा र उपन्यास पढ्न हुरुक्कै हुन्थे र अड्डाका हाकिमहरू र व्यापारीहरू अखबारमा निस्कने उनका लेखहरू पढेर डरले थुरथुरी काम्थे । पुलिसको एउटा रिपोर्टमा निश्नीमा उनी बस्ता उनको डेरा राजनीतिक दृष्टिले सरकारको लागि खराब मानिने सबै मानिसहरूको जमघटको केन्द्र थियो । कारोलेङकोले अलेक्सेयीको मोटो गुरुकापी पढिसकेपछि त्यो कति धेरै खराब थियो भन्ने कुरा ती तन्नेरी प्रतिभालाई बुझाउन प्रयास गरे । उनले भने, “तन्नेरी छँदा हामीहरू सबै निराशावादी हुन खोज्छौँ, हामीहरू किन यस्तो सोच्छौँ भन्ने कुरो म जान्दिन । हेर्दा खेरि यस्तो लाग्छ, हामी धेरै चाहन्छौँ र थोरै मात्र पाउँछौँ ।” ‘बूढो सिन्दुरे रुखको गीत’ ठीक यस्तै मनस्थितिमा लेखिएको थियो ।
निराश भएर अलेक्सेयीले गुरुकापी च्यातेर आगोमा हालिदिए । “मैले त्यतिबेलादेखि कहिल्यै पनि गद्य वा पद्य केही पनि नलेख्ने निर्णय गरेँ । वास्तवमा मैले दुई वर्षसम्म लेखिनँ, तथापि मैले लेख्नुपर्छ भन्ने कुरो मलाई लाग्थ्यो ।”
संयोगवश उनले रक्सीभट्टीको कठिन काम छाड्न पाए । यसपछि उनी ए आइ ल्यानिन भन्ने एकजना वकिलको अफिसमा सचिव भएर काम गर्न थाले । उनले महिनाको बीस रूबल पाउँथे । यसपछि उनको जीवनमा क्रमिकता आयो । ल्यानिनले उनको सचिवको बौद्धिक विकासमा बढी अभिरुचि राखे । उनलाई सरसल्लाह दिन थाले र पढ्नको लागि किताबहरू दिन थाले ।
कजानमा जस्तै निश्नीमा पनि अलेक्सेयीले क्रान्तिकारी समूहसित सम्पर्क राखे । त्यहाँ पनि उनले क्रान्तिकारीहरू उस्तै किसिमले निस्क्रिय रहेका र जनसम्पर्कबाट टाढा रहेका पाए । तिनीहरू कहिल्यै नसकिने तर्क–वितर्क र वादविवादमा मात्र रुमलिइरहन्थे ।
यी सम्पूर्ण कठिनाइहरूका बावजुद, ओल्गा कमिन्सकायालाई भेटेपछि उनले पहिलो प्रेमको आनन्द अनुभव गरे । तिनी क्रान्तिकारी वोभेस्लाभ कोर्साककी मित्र थिइन् र भर्खरै निर्वासनबाट फर्केकी थिइन् । तिनी अलेक्सेयीभन्दा दस वर्षले जेठी थिइन् । गोर्की भन्छन्, “यिनै आइमाई मलाई असल बाटोमा लगाउन समर्थ थिइन् भन्ने कुरामा पूर्ण विश्वस्त थिएँ ।” तर, ओल्गा कोर्साकसित छुट्टिने विचारमा थिइनन् । “केही बिरामी र केही अंशमा बौलाहा भएका” अलेक्सेयीले सहर छोडेर हिँड्नुभन्दा अर्को कुनै उपाय देखेनन् । यो बिदाइ दुईवर्षे रूसी यात्रामा फेरियो ।
Leave a Reply