भर्खरै :

विद्यालय समाज र राष्ट्र बनाउन जनशक्ति तयार गर्ने थलो

विद्यालय समाज र राष्ट्र बनाउन जनशक्ति तयार गर्ने थलो

भक्तपुर, ५ चैत । ख्वप्रिङ इङ्गलिश एकेडेमी लिबालीको किन्डरगार्टेन तहको भवन शिक्षासेवी तथा शिक्षक ज्ञानसागर प्रजापतिको आतिथ्यमा उद्घाटन सम्पन्न भयो ।
उक्त कार्यक्रममा अतिथि प्रजापतिले शिक्षा व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो, शिक्षा देश विकासको लागि समर्पित हुनुपर्छ, विद्यालय समाज र राष्ट्र बनाउन योग्य जनशक्ति तयार गर्ने थलो हुनुपर्छ भन्नुभयो ।
उहाँले निःशुल्क शिक्षा दिनुपर्ने सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको चर्चा गर्दै आफ्नो देशमा उच्च शिक्षा हासिल गर्नुपर्ने विद्यार्थी विदेशी सम्बन्धनका कलेजमा अध्ययन गर्नु र हाम्रो विश्वविद्यालय खाली हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यो सरकारको शिक्षामा नवउदारवादी नीतिको दुष्परिणाम हो भन्नुभयो ।
संस्थागत विद्यालय सङ्घ इसान भक्तपुरका जिल्ला अध्यक्ष कृष्णराम त्वायनाबासुले कुनै विद्यालय सफल बनाउन विद्यार्थी, अभिभावक र शिक्षकबिच बलियो सम्बन्ध बनाउनुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रअ विनोद प्रजापतिले विद्यालयको गतिविधि प्रस्तुत गर्नुभयो भने विद्यालयका प्रबन्धक कृष्णसुन्दर प्रजापति र शिक्षिका रामेश्वरी कोजुले पनि बोल्नुभएको थियो ।
विद्यालयको २३ औँ स्थापना दिवसको अवसरमा सम्पन्न अन्तरविद्यालय कथा लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल क्रमशः वागीश्वरी माविका ममता थापा, एभरेष्ट स्कूलकी सौम्यता अधिकारी, बासु मा. वि. का प्रतिक्षा शाही र विद्या आर्जन ई. स्कूल आइशा खत्री तथा अन्तरविद्यालय निबन्ध लेखनमा पुरस्कृत हुने क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना ख्वप्रिङका कृषिका भण्डारी, वाइजल्यान्ड स्कूलका अनुष्का शिलाकार, एभरेष्ट स्कूलका सिललिया खड्का तथा बाल विकास स्कूलका आर्यन कोजूलाई अतिथि प्रजापतिले पुरस्कार वितरण गर्नुभयो ।
त्यस्तै दोस्रो अन्तरविद्यालय आमन्त्रण छात्र कबड्डी प्रतियोगिताअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालय तथा खेलाडी क्रमशः मिनर्वा ई. स्कूल, पारागन एकेडेमी, ख्वप्रिङ एकेडेमी तथा आदर्श जनप्रेमी स्कूललाई पनि पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालयको आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूको नृत्य तथा गीत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *