इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सामुदायिक तथा निजी विद्यालयहरूको आज स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उहाँले सार्वजनिक विद्यालयअन्तर्गत भक्तपुर नगरपालिका वडा नं. १ सृजनानगरस्थित सन्तति आधारभूत विद्यालय, भनपा ७ को बालसेवक आधारभूत विद्यालय, नवीन आधारभूत विद्यालय तथा निजी विद्यालयअन्तर्गत भनपा १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कूल र सृजनानगरको सूर्यविनायक इङ्गलिस स्कूललगायतका विद्यालयहरूको निरीक्षण गर्नुभएको होे ।
निरीक्षणका क्रममा नगर प्रमुख प्रजापतिले विद्यालयका प्रधानाध्यापक र कार्यरत शिक्षकहरूसँग विद्यालयको वस्तुगत स्थितिबारे बुझ्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयहरूलाई मार्गनिर्देशन गर्नुभयो ।

उहाँले शिक्षकहरूको हाजिरी रेकर्ड र समय परिपालना, विद्यार्थी सङ्ख्या, विद्यालयको भौतिक अवस्था, कक्षाकोठा व्यवस्थापन, सरसफाइ, पुस्तकालय, शौचालय आदिको विस्तृतमा जानकारी लिनुभयो ।
उहाँले विगतका कमी कमजोरीलाई सुधार गर्दै विद्यालयहरूलाई अगाडि बढ्न निर्देशन दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले नगरपालिकाले विगतका वर्षहरूमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै कक्षाकोठाको अभाव र प्ले ग्राउन्डको अभाव रहेको तथा भौतिक संरचना निर्माणको लागि नगरपालिकाको तर्फबाट यस वर्ष पनि विगतमा झैँ आर्थिक र भौतिक सहयोगको लागि आग्रह गर्नुभयो ।
भक्तपुरका सामुदायिक तथा निजी विद्यालयहरूमा ७७ वटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको र सामुदायिक विद्यालयमा नगर बाहिरका विद्यार्थीहरू अध्ययनरत रहेको तथ्याङ्कले देखाएको छ ।
विद्यालय निरीक्षणको क्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा ५ का वडाध्यक्ष एवम् शिक्षा, स्वास्थ्य, संस्कृति समितिका सदस्य योगेन्द्रमान बिजुक्छेँ, नगर शिक्षा शाखा भक्तपुरका कृष्णप्रसाद कर्माचार्यको पनि उपस्थिति थियो ।
Leave a Reply