इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिन फिङले मार्च १५ का दिन पेइचिङमा चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक दलहरूबिचको उच्चस्तरीय संवादमा सम्बोधन गर्नुभएको छ । महासचिव सीले आधुनिकीकरणको बाटो खोज्ने चिनियाँ कम्युनिस्ट पार्टीको सोचाइबारे प्रस्ट पार्नुका साथै ‘आधुनिकीकरणसम्बन्धी प्रश्नहरू’ को जवाफ दिनुभएको छ । उहाँले पहिलोपटक विश्व सभ्यता प्रस्ताव प्रस्तुत गर्दै विश्व आधुनिकीकरणको प्रक्रियालाई अघि बढाउन तथा मानव जातिको सभ्यताको प्रगतिका लागि चिनियाँ प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
आधुनिकीकरण अन्तर्राष्ट्रिय समाजको सामान्य इच्छा हो । विकासको अवधि तथा ऐतिहासिक संस्कृतिको भिन्नता रहेकोले आधुनिकीकरणबारे विभिन्न मुलुकहरूको बुझाइ पनि फरक छ । महासचिव सीले चीनको धारणा प्रस्ट पार्दै विश्वको सबैभन्दा ठूलो पार्टीका नेताका राजनीतिक बुद्धि तथा उत्तरदायित्वको प्रदर्शन गर्नुभएको छ ।
सन् २०२२ को अक्टोबरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरणको सिद्धान्तबारे गहनरूपमा प्रस्ट पारिएको थियो । यस पटकको चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक दलहरूबिचको उच्चस्तरीय संवादमा महासचिव सीले विश्वका लागि चिनियाँ शैलीको आधुनिकीकरणको अर्थबारे फेरि स्पष्ट पार्दै चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ उपलब्धिले विश्व विकासका लागि नयाँ अवसर प्रदान गर्दै आधुनिकीकरण बाटोप्रति मानव जातिको सोचाइमा नयाँ प्रेरक शक्ति पु¥याएर मानव जाति समाजको आधुनिकीकरणको सिद्धान्त तथा व्यवहारमा सिर्जना गर्नका लागि नयाँ योगदान पु¥याउने कुरामा जोड दिनुभएको छ ।
Leave a Reply