प्यालेस्टिनमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा बल तत्काल तैनाथ गरिनुपर्छ !
- कार्तिक १९, २०८३
काठमाडौँ, चैत ६ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुभएन ।
सांसद सुवालले भन्नुभयो, “तत्कालीन देउवा सरकारले संयुक्त राष्ट्र सङ्घमा युक्रेन र अमेरिकाको पक्षमा मत दिएको एसियामा तेस्रो विश्व युद्धको ढोका खोल्नुजस्तै हो । यसकारण, प्रम दाहालले युक्रेन र अमेरिकाको पक्षमा मत फिर्ता लिने प्रतिबद्धता गर्नु जरुरी छ ।”
गोर्खा भर्ती, सन् १९५० को सन्धि, एमसीसी सम्झौता, एसपीपी साझेदारीलगायत देशघाती सन्धि–सम्झौता खारेज गर्ने प्रतिबद्धतासमेत प्रम दाहालबाट नआएको हुँदा सांसद सुवालले ‘मत दिन्न’ मा हस्ताक्षर गर्नुभयो ।
एमाले र राप्रपाले प्रम दाहालको विश्वासको प्रस्तावको विपक्षमा मत दिए भने नेका, माओवादी, रास्वपा, जसपा, एस, जनमत, लोसपा, नाउपा,, आम आदमी पार्टीलगायत १० दलले विश्वासको प्रस्तावको पक्षमा मत दिए ।
मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले ‘मत दिन्न’ मा १, विपक्षमा ८९ र पक्षमा १७२ मत परेको जानकारी गराए ।
विश्वासको प्रस्तावमा बोल्दै नेकाका सांसद शेरबहादुर देउवाले एक्काइस महिनाअघि तत्कालीन प्रम केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिकरूपमा प्रतिनिधिसभा भङ्ग गरेको र अदालतबाट संसद् पुनःस्थापनालगत्तै आफू प्रम बनेको र नकारात्मक अर्थतन्त्रलाई सुधार गरेको दाबी गर्नुभयो ।
एमालेका सांसद विष्णुप्रसाद पौडेलले प्रम दाहाललाई पुस १० गते बालुवाटार छाडेर बालकोट आएको किन र अहिले सहमति किन तोडेको भनी प्रश्न तेस्र्याउनुभयो ।
माओवादीका सांसद देवेन्द्र पौडेलले निर्वाचनको परिणाम सहमति गरेर सरकारमा जाने भएको उल्लेख गर्दै एमाले मन्त्री छाडेर भागेको दाबी गर्नुभयो ।
रास्वपाका सांसद डोलप्रसाद अर्यालले युवालाई वैदेशिक रोजगारीमा पठाउनेहरू संसद्भित्रै भएको उल्लेख गर्दै नेका, एमाले, माओवादी, राप्रपाका प्रम र मन्त्रीहरूलाई सङ्केत गर्नुभयो ।
राप्रपाका सांसद राजेन्द्र लिङ्देनले प्रम दाहाललाई अर्को यात्राको लागि शुभकामना दिनुभयो ।
जसपाका सांसद प्रदीप यादवले प्रम दाहाल साहसी र खुला किताब भएको उल्लेख गर्नुभयो ।
एसका सांसद माधवकुमार नेपालले प्रम दाहाललाई यसपटक विश्वासको मत दिनेहरूको गबवन्धन पूरै पाँच वर्ष टिक्ने उल्लेख गर्नुभयो ।
जनमत पार्टीका सीके राउतले सिद्धान्तहीन गठबन्धन धेरै दिन नटिक्ने चर्चा गर्दै बाइसे–चौविसे राज्यको रूपमा नेपालमा यस अगाडि नै सङ्घीयता भएको उल्लेख गर्नुभयो ।
लोसपाका शरदसिंह भण्डारीले यसअगाडि प्रम दाहाललाई विश्वासको मत दिएर विपक्षमा बसेको र यसपटक सत्ता पक्षमा बसेको उल्लेख गर्नुभयो ।
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले यस अगाडि प्रमलाई विश्वासको मत दिएर विपक्षमा बसेको र यसपटक सत्ता पक्षमा बसेको उल्लेख गर्दै आफूहरूले न्याय पाउने अपेक्षा राखेको बताउनुभयो ।
राजमोका चित्रबहादुर केसीले यस अगाडि दाहाललाई विश्वासको मत नदिएको तर यसपटक विश्वासको मत दिएर विपक्षमा बस्ने बताउनुभयो ।
आम आदमी पार्टी नेपालका प्रभु साहले जित्ने भए राष्ट्रपति र उपराष्ट्रपतिमा एमालेले अर्कै (खसआर्य ) लाई उम्मेदवारी दिलाउने उल्लेख गर्नुभयो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत स्थिरता र सार्वभौमिकता रक्षाको लागि नभई भागबन्डाको लागि भएको उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते १ बजे बस्ने गरी स्थगित गरिएको छ । सत्ता पक्ष नेकासँग परामर्श नगरी चैत १२ गते बस्ने गरी बैठक स्थगित गरिएकोमा सभामुखको कार्यकक्षमा बसेका महासचिव भरतराज गौतमलाई सचेत गराउँदै नेका सो दिन बैठकमा उपस्थित नहुने चेतावनी दियो ।
संसद्मा बोल्ने पूर्वप्रमहरूलाई समय सीमा नहुने गरिएकोमा कतिपय सांसदहरूको असन्तुष्टी भयो । दस जना सांसद भएका एसका माधवकुमार नेपालले झन्डै ३५ मिनेट बोल्नुभयो ।
पूर्वप्रम देउवालाई पनि समय सीमा तोकिएन तर उहाँले १४ मिनेटमा टुङ्ग्याउनुभयो ।
संसद्मा राजनीतिक दलहरूले प्रतिनिधित्व गर्ने हो, एउटै दलको सङ्ख्या धेरै हुनुको महत्व कम हो । राजनीतिक दलबाट एक सांसदले पार्टीको दृष्टिकोण संसद्मा राख्ने व्यवस्था गर्नु उचित हुनेछ । यसकारण, संसद्मा भएका सबै राजनीतिक दलहरूलाई १०–१० मिनेटको समय सीमा निर्धारण गर्नु उचित हुने भुक्तभोगीहरूको मत रहेको छ । पूर्वप्रमहरू पनि पार्टीको तर्फबाट बोल्ने हुँदा समय सीमा निर्धारण गर्नु जरुरी छ ।
Leave a Reply