भर्खरै :

भक्तपुर नपालाई सहयोग गर्न बर्लिन विश्वविद्यालयका प्राध्यापकहरू तयार

भक्तपुर नपालाई सहयोग गर्न बर्लिन विश्वविद्यालयका प्राध्यापकहरू तयार

भक्तपुर, ६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जर्मनीबाट आउनुभएका प्लास्टिक सर्जरीका सर्जन डा. जर्गन हुजमान र डा. रुइदिगर लोहमानले सोमबार भेट गर्नुुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले जर्मनी सरकारले भक्तपुरको कला, संस्कृति संरक्षण र सरसफाइमा पु¥याएको योगदानप्रति भक्तपुरका जनताको तर्फबाट जर्मनी सरकारलाई धन्यवादज्ञापन गर्दै नेपाली जनता र जर्मनी जनताबिचको सम्बन्ध अझ सुदृढ भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नपाले घरदैलो नर्सिङ, वडा वडामा स्वास्थ्य केन्द्र सञ्चालन गर्दै १०० शøयाको अस्पताल सञ्चालन गरी सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले भक्तपुर नपाले आत्मनिर्भरतालाई जोड दिइरहेको बताउँदै अस्पतालले स्तरीय सेवा प्रदान गर्न विविध पक्षसँग छलफल गरी अगाडि बढिरहेको जानकारी दिनुभयो ।
डा. हुजमानले भक्तपुर नगरपालिकाले गरेको स्वागतमा खुसी व्यक्त गर्दै यहाँका चिकित्सकहरूसँग प्लास्टिक सर्जरी, मुटुरोग, अपरेसनलगायतका विषयमा बर्लिन विश्वविद्यालयका प्राध्यापकहरूको तर्फबाट सक्दो सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।
उहाँहरूले ख्वप अस्पतालको स्थलगत अवलोकनपछि पुनः नपासँग छलफलमा बस्ने पनि जानकारी दिनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रशासकीय अधिकृत दामोदर सुवाल, ख्वप अस्पतालका डा. मजेशप्रताप मल्ल, डा. अमर प्रजापति, अस्पताल व्यवस्थापक विश्वजित प्रजापतिको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *