भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ
- कार्तिक १८, २०८३
राजनीतिले बाटो समातेन । जब राजनीतिले नै बाटो लिँदैन तब अरू नीति अलमलिनु अस्वाभाविक भएन । यसको लागि जिम्मेदार को भन्ने प्रश्न उठ्ने नै भयो । यसको सोझो उत्तर हो यसको लागि जिम्मेदार हो राजनीति । यहाँ राजनीति भनेको पार्टीहरू नै हुन् । राजनीतिक पार्टी भनेका राजनीतिक नेताहरू हुन् । राजनीतिक पार्टी कुन कुन क्षेत्र सत्ताको सिंहासनमा आरोहित भए र तिनका को को र कुन कुन नेता सत्ताको सिहासनरूढ भए, कति कतिपल्ट र कति कति अवधि त्यो सजिलै पाइन्छ त्यसरी राज्य सञ्चालन गरिसकेकाहरूकै ठूलो आवाज छ अहिले । यो सुहाउँछ र भन्या ¤ तपाईं पूर्वप्रधानमन्त्रीहरू र पूर्वमन्त्रीहरू सबैलाई पक्राउ गरी खुला मञ्चमा पाता कसेर ठाडो बयान लिनुपर्ने र कडाभन्दा कडा सजाय दिनुपर्ने । तर, त्यस्तो सजाय दिन तयार छैन आजको राज्य व्यवस्था । हिजोअस्ति राज्य सञ्चालन गर्नेहरू खोजिल्याउँदा सम्भवतः कोही पनि चोखा हैनन् । प्रत्यक्ष परोक्षरूपमा सबै दोषी ठहरिन्छन् अपवादलाई छोडेर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अधिकार अनुचित काम गर्नेविरूद्ध सो आयोगले हेर्न पाउने अधिकार खोसियो । प्रधानमन्त्री वा मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा ठाडो प्रस्ताव लगेर पारित भएका निर्णयहरूउपर सो आयोगले प्रश्न गर्न नपाउने भएपछि धूमधाममा बृहद् भ्रष्टाचार हुन लागे ।
पैसासँग नगाँस्नोस् राजनीति
अब अदुअआ विष नभएको गोमन सर्प वा दाँत नभएको भोटे कुकुर जस्तो भयो । देख्दा डराउनुपर्ने यथार्थमा केही गर्न नसक्ने । यस्ता भीमकाय आयोगको औचित्यमाथि नै पो त प्रश्न उपस्थित भएको छ । भ्रष्टाचार राजनीतिक निकायबाट बढी अङ्कका हुने गरेका छन् । यो वास्तविकता चरो मुसो सबैलाई थाहा छ । तर, यो रोगको उपचार राजनीतिक उपचारबाट मात्र हुनसक्छ । अब धामी र बोक्सी एउटै भयो । यस्तो माखेसाङलो प¥यो । यो माखेसाङलोको कहिले कहिले को–कोबाट भएको छ छ्याङ्गै देखिन्छ । यो त्यति कठिन कुरै होइन । तपाईं नेताहरूलाई मनग्गे स्रोत चाहिन्छ । कति जना नेताले त सार्वजनिक गरिसक्नु भो । निर्वाचनमा किन उम्मेदवार नभएको भन्छ । पदमा हुँदा पैसा बटुलिएन । तर, परिस्थिति यति बिगारिसकेछ । फेरि महँगो पनि पर्दो रहेछ । तसर्थ, पैसाले राजनीति किन्न परेपछि के राजनीति भयो ? पैसानीति पो भो त ? यसका लागि पैसा यथेष्ठ चाहियो । सोझो हिसाबले पैसा थुप्रँदैन । बाङ्गो हिसाबले पैसा कमाउन किन राजनीति गर्नुप¥यो र ठूला नेताहरूले यो कुरा दोहो¥याएर पढून् र राजनीतिलाई पैसासँग नगाँसून् ।
असजिलो बढ्दै
तपाईं सुरूमा राजनीतिमा पस्दा के उद्देश्य थियो एकपल्ट घोत्लिनोस् त ? त्यसै बोध हुन्छ अरूलाई सोध्नै पर्दैन । यो वस्तुस्थिति आज बाजे पुस्तामा हिँडिरहेका सबैलाई पूर्ण ज्ञान छ । म पार्टीमा प्रवेश गर्नेताका पार्टी कमाउने भाँडो थिएन । महिनाको १२ पैसा पार्टीलाई चन्दा दिनुपथ्र्यो । पार्टीले कार्यकर्तालाई कारबाही गर्ने विषयमध्ये एउटा थियो मासिक १२ पैसा सहयोग नदिनु । त्यो जमानामा चाँदीमा सरकारले टकमरी गथ्र्यो ३ आना । आज संसार यहाँ पुगिसक्यो । चाँदीमा त टकमरी नै हुँदैन । एक रूपियाँको नोट कागतमा छाप्दा पनि नाफा छैन रे सरकारलाई । यी तत्काल लाभ नहुने कुरा स्पष्ट नै भनौँ ¤ राजनीति नै बिग्रिए अरू केही कुरा पनि सप्रँदैन । तसर्थ जे, जसो गरेर भए पनि राजनीति बिग्रन नदिउँ । यो नै आज हाम्रा अगाडि अहं सवाल भएर आएको छ । यसमा धेरैको कुरो काट्न सक्छ । तर, जे जनताको राजनीति गर्ने भन्नेहरू छन् । ती सबैले आज आफूलाई माया नगरी टकटक्याउनु जरूरी भइसकेको छ । राजनीतिक आन्दोलनको स्वरूप र आकारले पनि युगलाई केलाएर आफूलाई रूपान्तरण गर्नु जरुरी भएको हो कि ? सोच्नु पर्लाजस्तो लाग्छ । राजनीतिलाई कसरी सेवाको माध्यम बनाउने, कमाउने भाँडो नबनाउने आज चुनौती भएको छ सबै वाम पार्टीलाई ।
कसरी जोगाउने पैसाबाट
एकथरी बाठा मान्छेले राजनीतिलाई पैसासँग यसरी मिसाए अब परिणाम पैसा कमाउने भाँडो नै राजनीति भयो । ठूलो व्यापारी यो राजनीतिक पद खोज्यो, ठूलो उद्योगपति भो राजनीतिक पार्टी नै चाहियो । पहिले पनि अकुत सम्पत्ति कमाउन राजनीतिक ओत चाहिन्थ्यो । हुलासचन्द्र गोल्छा पनि अत्यन्त धनी थिए । उनका बाबु रामलाल गोल्छा पनि धनी भएका थिए । तर, तिनीहरू आफू स्वयं राजनीतिक पद खोज्दैनथे । नेतालाई आफ्नो गराउँथे, नेतालाई प्रयोग गर्थे । अब त्यसरी नेतालाई प्रयोग गर्नु महँगो पर्न लाग्यो । अनि नेतृत्व आफै गरेमा बढी पैसा कमाउन सजिलो हुन लाग्यो । तब मन्त्रीमार्फत, सांसदमार्फत कमाउनुभन्दा आफै कमाउनु उत्तम ठानी ठेकेदारहरू र व्यापारीहरू नै संसद् सदस्य हुन लागे । त्यसो नहुँदासम्म भन्दा सांसद वा मन्त्री नै भयो भने आफ्नो बोली राजनीतिसँग गाँसियो । राजनीति पैसासँग यसरी आबद्ध भयो । अब पैसा नभई राजनीति नै नहुने भयो । राजनीतिक कार्यकर्ता जता पैसा उतै जान लाग्यो । नेपालका सबैभन्दा धनी विनोद चौधरी कम्युनिस्ट पार्टीबाट सांसद भए अनि नेपाली काङ्ग्रेसबाट पनि भए । अब पैसाले के गर्दो रहेनछ ? यो एउटा दृष्टान्त हो । तसर्थ, आजको मूल मुद्दा राजनीतिलाई पैसाबाट कसरी जोगाउने भन्ने हो । नत्र राजनीति बचाउन अप्ठेरो पर्छ ।
Leave a Reply