शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
सन् २०१७ को जनवरी महिनामा डोनाल्ड ट्रम्प संरा अमेरिकाका राष्ट्रपति बने । उनी राष्ट्रपति बनेयता चीनप्रति संरा अमेरिकाको हेर्ने दृष्टिकोण आनका तान फरक भयो । आपसी सम्बन्धको ठाउँ घेराबन्दी र द्वन्द्वले लियो । नयाँ बाइडेन सरकारले सहकार्यमूलक नीति अवलम्बन गर्ने आशा गरिएको थियो । तर, त्यसो भएन । बरु ट्रम्पकै बद्ख्वाइँ र बडप्पनको नीति पछ्याउँदै बाइडेनले पनि मूलतः चीनसँग सम्बन्ध बलियो बनाउने नीतिलाई पन्छाएर चीनलाई उपेक्षा गर्ने र चिनियाँ अर्थतन्त्रलाई न्यूनाङ्कन गर्न खोजे । अमेरिकाको आजको परिस्थितिले शीतयुद्धकै भनक दिन थालेको छ । यो नीति पागलपनको तहमा पुगिसकेको त छैन । तर, यो चीनप्रति विषाक्त बन्दै गएको छ ।
चीनप्रति अमेरिकी दुर्नियतले स्पष्टतः दुई वटा कुराको स्मरण गराउँछ । पहिलो, संरा अमेरिकाले आफू संसारको एक नम्बरको शक्ति राष्ट्र नरहेको कुरा अझै स्वीकार्न सकेको छैन । उसले संसारको एक नम्बरको शक्ति हुनु आफूलाई ईश्वरले बरदान दिएको अधिकार ठानेको छ । उसको यो बुझाइलाई चुनौती दिने कुनै पनि देशलाई उसले आफ्नो खतरा र शत्रु ठान्ने गरेको छ । अमेरिकी समाज यो बुझाइले ओतप्रोत छ । त्यसकारण, चीनप्रतिको अमेरिकी दुर्नियत अल्पसङ्ख्याको सोचाइबाट तेज गतिमा धेरै अमेरिकीको बुझाइ बनेको छ । चीनप्रति अमेरिकाको ठुलो बहुमत बितेका केही वर्षको तुलनामा आजभोलि अझ आक्रामक बनेको छ । दोस्रो, अमेरिकामा असहिष्णुताको भाव हावी छ । जस्तै, अमेरिकामा अफ्रिकी–अमेरिकी र आदिवासी अमेरिकी जनतालाई गर्ने व्यवहार मनिचिएन दर्शनमा आधारित छ । मनिचिएन दर्शन भन्नाले कुनै पनि कुरा कि असल हुन्छ नभए खराब हुन्छ भन्ने सोच हो । यसले आफूबाहेक अरूलाई बहिष्कार गर्न हौस्याउँछ । सन् १९५० को दसकमा कम्युनिस्टलगायत अन्य इतर विचारधाराविरुद्ध म्यकार्थीको दमन चक्रले अहिले पनि अमेरिकामा झन्डै जङ्गली वातावरण बनाएको छ । (यसबारे अर्थर मिलरको सर्वश्रेष्ठ नाटक ‘द क्रुसिबल’ मा मिहिन चित्रण गरिएको छ ।)
यो शिलशिलाको अन्त्य कहाँ पुगेर हुन्छ ? दीर्घकालमा संरा अमेरिकामा फैलिएको चीनविरोधी भावनाले अकल्पनीय समस्याको सामना गर्नुपर्ने हुन सक्छ । चीनले अहिले शीतयुद्धकालीन तरिकाको व्यवहार गर्न सक्दैन किनभने विश्व अर्थतन्त्रमा संरा अमेरिकाभन्दा चीनको स्थान अहिले नै निकै महत्वपूर्ण भइसकेको छ । अर्को शब्दमा चीनलाई उपेक्षा गर्ने वा एक्ल्याउने सक्ने सम्भावना अमेरिकासँग पनि निकै सीमित छ । संरा अमेरिका एक वा अर्को कारणले चीनसँग कारोबार गर्ने वा सम्बन्धमा रहन बाध्य हुनेछ । संरा अमेरिकाले जति जति चीनलाई अलग बनाउने प्रयास गर्छ, उति उति उसको लागि चीनको विद्यमान शासन प्रणालीलाई न्यूनाङ्कन गर्न वा सोभियत सङ्घलाई जस्तै टुक्र्याउन कठिन हुँदै जानेछ । त्यस्ता उसका प्रयास निरर्थक हुनेछ । ढिलो चाँडो, यी वास्तविकता उनीहरूले स्वीकार नगरी धरै छैन । सन् २०१७ यता म आफू संरा अमेरिका र चीन थप सहकार्यमूलक सम्बन्धमा फर्किन सक्नेमा उति आशावादी थिइनँ । आज पनि मेरो मनस्थिति उस्तै छ ।
भाग्यवादी बन्नु मेरो गल्ती हुन सक्छ । ढिलो चाँडो, अमेरिकाले यी वास्तविकता सामना गर्नु नै पर्नेछ । चीनसँग मिलेर बस्नुपर्छ भन्ने कुरा उसले स्वीकार्नु नै पर्नेछ । अमेरिकी अर्थतन्त्रभन्दा चीनको अर्थतन्त्रको आकार ठूलो भइसकेको छ । त्यसकारण अमेरिका सधैँ संसारको आफू नम्बर एक शक्ति भएको बुझाइमा टिक्न सक्दैन । यस्तो युगको अन्त्य अब धेरै टाढा छैन । तर, अमेरिकालाई निल्दै गरेको फैलिँदो अन्धकारमा कुनै पनि किरणको झुल्को देख्न कठिन छ । डेमोक्रेट्स, रिपब्लिकन्स, सैनिक तथा विदेश सम्बन्ध निकाय र व्यापारिक क्षेत्र सबैले उही चीनविरोधी भजन गाइरहेका छन् । त्यस अवस्थामा अमेरिकाको सबभन्दा प्रभावशाली अखबार ‘द न्यु योर्क टाइम्स’ को सम्पादक मण्डलले हालै सार्वजनिक गरेको सम्पादकीय स्वागतयोग्य थियो ।
‘द न्यु योर्क टाइम्स’ को सम्पादकीयमा अहिलेको चीनविरोधी सोचाइको प्रसङ्गबारे चर्चा गरिएको छ । चीनसँग द्वन्द्वको विरोधमा तर्क गरिएको छ । बरु चीनसँग सम्बन्ध विस्तारको लागि जोड दिइएको छ । त्यसमा भनिएको छ, “चीनसँग द्वन्द्व घटाएर प्रतिस्पर्धामा जोड दिँदा मात्र अमेरिकाको हित हुन सक्छ ।” उसको विश्वास छ–‘चिनियाँ गतिविधि र सोचाइलाई पनि ध्यान दिइनुपर्छ । महाशक्तिको हैसियतमा चीन पनि अमेरिकाको चासोको विषय हुनुपर्छ ।’ सम्पादकीयमा भनिएको छ–‘चीनले अरू देशलाई आफ्ना सामाजिक र राजनीतिक मूल्य मान्यता पछ्याउन लगाउनेमा ज्यादै कम मात्र चासो दिने गरेको छ ।’ हमलाकारी भनिएको चीनको लागि अमेरिकी अखबारमा यस्तो भनियो । साथै, चीनले आज अमेरिकाकै जस्ता चुनौति जस्तै आयमा असमानताको सामना गरिरहेको उसको बुझाई छ । जसलाई ‘साझा समृद्धि’ भनिएको छ । ‘न्यु योर्क टाइम्स’ को बुझाइमा बाइडेन सरकारले चीनसँग व्यापारमा ट्रम्पकालीन निषेधकै नीति लिएको छ । बाइडेन सरकारले ‘सन्देहास्पद रणनीति’ को रूपमा चीनमाथि नयाँ निषेध थोपरेको छ ।
न्यु योर्क टाइम्सको सम्पादकीयमा प्रस्तुत तर्क बाइडेन सरकारको नीतिभन्दा निकै फरक छ । त्यसको मूल अन्तर्य चीनसँग सम्बन्ध र सहकार्य हो । चीन कुनै खतरनाक चुनौति होइन बरु आजको वास्तविकता हो भन्ने यथार्थलाई स्वीकारिएको छ । त्यसकारण चीन र अमेरिकाबिच धेरै साझा हितका विषय छन् । तसर्थ, दुवैले सहकार्यका मार्ग खोज्नुपर्छ । यो आवाजको महत्वलाई हामीले अतिरञ्जनापूर्ण व्याख्या गर्नुहुँदैन । अमेरिकामा यो आवाज अझै पनि उपेक्षित आवाज हो । तर, हामीले यसलाई उपेक्षा पनि गर्न सक्दैनौँ । अमेरिकाका उदारपन्थीहरूमाझ न्यु योर्क टाइम्स शक्तिशाली र प्रभावशाली आवाज हो । डेमोक्रेट्सहरू धेरैले यो अखबार पढ्छन् । अमेरिकाका अरू कुनै पनि अखबारभन्दा बढी द न्यु योर्क टाइम्सको निष्कर्षलाई युरोपले पछ्याउने गरेको छ ।
अमेरिकामा चीनप्रतिको सोचाइमा ठुलो परिवर्तन देखिँदैछ । यस्तो सोचाइ सम्मान र कदरदेखि नकारात्मकता र निषेधसम्म फैलिएको छ । यो कसरी अन्यथा हुन सक्छ ? अमेरिका चीनतिर फर्केको छ र उसले चीनलाई अप्ठ्यारोमा पारेर न्यूनाङ्कन गर्न खोजिरहेको छ । अमेरिका अब साथी रहेन । तर, अन्ततः चीन र संरा अमेरिकाले आपसमा सहकार्य गर्नुको अर्को विकल्प पनि नभएको कुरालाई हामीले भुल्न मिल्दैन । त्यस कोणबाट अमेरिकी सोचाईमा आउने कुनै पनि बद्लावका सङ्केतलाई हामीले स्वागत र प्रोत्साहित गरिनुपर्छ ।
(लेखक चीनको सिंग्वा विश्वविद्यालयको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका अतिथि प्राध्यापक र फुदान विश्वविद्यालयको चिनियाँ प्रतिष्ठानका वरिष्ठ प्राध्यापक हुन् । प्रस्तुत लेख चीनको क्वानचाओमा आयोजित चीनलाई बुझौँ सम्मेलनमा लेखकले दिएको मन्तव्यको सार सङ्क्षेप हो ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज
Leave a Reply