आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
बर्लिन, १४ चैत (टेलेसुर/स्पुटनिक) । जर्मनीका यातायात मजदुरहरूले सुधारका विभिन्न माग राखी २४ घण्टे हडताल गर्दा समग्र जर्मनी ठप्प हुने भएको छ । जर्मनीको स्थानीय समयअनुसार मार्च २७ मा बिहानदेखि देशका सबैभन्दा ठूला यातायात मजदुर सङ्गठनहरू युनाइटेड सर्भिसेज ट्रेड युनियन (भर्दी) र रेल्वे एन्ड ट्रान्सपोर्ट युनियन (ईभीजी) ले ज्याला वृद्धि र यातायातका साधनहरूको मर्मतसम्भारको माग राखी २४ घण्टे हडताल आयोजना गरेका थिए ।
मध्यरातपछि सोमबार बिहानै रेल, बस र हवाईसेवाका मजदुरहरू हडतालमा उत्रेपछि समग्र जर्मनी ठप्प हुन पुगेको थियो । जर्मन मजदुरहरूले बढेको मूल्यवृद्धिबाट राहत पाउनका लागि कम्तीमा १० प्रतिशत ज्याला वृद्धि गर्नुपर्ने र सम्भावित दुर्घटनाहरू टार्न यातायातका साधनहरूको समयमै मर्मतसम्भार गर्नुपर्ने माग राखी सरकारको ध्यान आकर्षण गर्दै आएका छन् ।
ईभीजीकाअनुसार जर्मनीका ३५० सहरमा १ लाख ३० हजारभन्दा बढी यातायात मजदुरहरूले हडतालमा प्रत्यक्षरूपमा भाग लिएका थिए ।
“लामो समयदेखि ज्ञापनपत्र पेश गर्दा र आवाज उठाउँदा पनि सङ्घीय सरकार र स्थानीय निकायहरूले मजदुरहरूसित सन्तुलित सामूहिक सम्झौताको माध्यमले सामाजिक हिसाबले माग पूरा गर्न अस्वीकार गर्दै आएका छन् । त्यसैले यो आमहडताल र देशव्यापी विरोध प्रदर्शन अत्यावश्यक कदम बनेको हो । हप्तौँसम्मको श्रम क्षेत्रको विवाद कायम गर्नुभन्दा सरकारलाई बलियो सङ्केत दिनु सही हो ।”, भर्दीका नेता फ्रान्क वार्नेकले भन्नुभयो ।
धेरै मजदुरहरू आर्थिक सङ्कटमा परेका छन् तरै पनि काम गरिरहेका छन् । हामी हडतालमा उत्रन बाध्य भएका छौँ । जर्मनीको सरकारलाई मजदुरहरूको स्थिति र सङ्कटबारे कुनै चिन्ता छैन । तर, हामी पनि डराएका छैनौ, जस्तै अवस्थामा पनि हामी गम्भीर वार्ता गर्न वा सङ्घर्षमा अगाडि बढ्न तयार छौँ । –ईभीजीका सामूहिक मोलमोलाइ निर्देशक क्रिस्टियन लोरोचले भन्नुभयो ।
यसैबिच जर्मनीको आन्तरिक मामिलामन्त्री नान्सी फिजरले मजदुरहरूलाई देशप्रति जिम्मेवार हुन र राम्रो समाधानमा पुग्न आग्रह गर्नुभएको छ ।
Leave a Reply