प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, १४ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोर्खा भर्तीअन्तर्गत बेलायती सेनामा भर्ना भए अवकाश प्राप्त सुनबहादुर तामाङ, भिमदावा लिम्बु, ज्ञानबहादुर चाम्लिङ राईसँग भेटघाट गर्नुभयो ।
भेटमा सांसद सुवालले नेपाली युवालाई भाडाको सिपाही बनाउँदै आएको गोर्खा भर्ती खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सन् १८१६ को सुगौली सन्धिपछि नेपाली युवालाई गोर्खा भर्तीको नाममा बेलायती सेनामा भर्ना गराएर पहिलो र दोस्रो विश्वयुद्धमा लडाएको र मर्न बाध्य पारेको उल्लेख गर्दै सांसद सुवालले त्यसबापत राणा प्रधानमन्त्रीहरूले बेलायती साम्राज्यवादसँग करोडौँ करोड पाउन्ड रोयल्टी लिएर भारतको विभिन्न ठाउँमा हजारौँ हजार हेक्टर जग्गा जोडेर घर बनाएर बसेको समाचार प्रकाशित भएको बताउनुभयो ।
अवकाश प्राप्त बेलायती गोर्खा सेनालाई बेलायतले अङ्गीकृत नेपाली नागरिकता दिने भए उनीहरूको नेपाली नागरिकता पनि कायम राख्नुपर्ने माग देश र जनताको हितमा नहुने स्पष्ट उल्लेख गर्दै सांसद सुवालले नेपाली युवा गोर्खा भर्ती वा म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जान नपर्ने या नेपालमै रोजगारीको व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Leave a Reply