भर्खरै :

पासा पुचः संस्कृति बचाउन र सभ्य नागरिक बनाउन सक्रिय

पासा पुचः संस्कृति बचाउन र सभ्य नागरिक बनाउन सक्रिय

भक्तपुर, १८ चैत । ॅसंस्कृति बचाऔँ, सभ्य नागरिक तयार गरौँ’ भन्ने नाराका साथ शनिबार ब्रह्मायणीमा पासा पुचःको साधारणसभा भयो ।
उक्त सभामा भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले यो संस्था राजनीतिक उद्देश्य प्राप्तिको निम्ति स्थापना भएको सामाजिक संस्था हो भन्नुभयो ।
भजनको गीतबाट जनताको पीडा पोख्न र जनतालाई सचेत पार्न सकिने उल्लेख गर्दै उहाँले चैत २४ र २५ गते चितवनमा हुने नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न सहभागिताको लागि अनुरोध गर्नुभयो ।
नसा, मिर्गौला, मुटु, मस्तिष्कजस्ता रोग लागेका बिरामीहरूले आर्थिक सहयोग पाउन पीडितहरूले नाम दर्ता गरेर प्रक्रिया अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।
पासा पुचःका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार कृष्णगोपाल कुसीले पासा पुचः स्थापनाका आधार र उद्देश्यबारे स्पष्ट पार्दै पासा पुचः पुनर्गठनको घोषणा गर्नुभयो ।
पासा पुचःले लामो समयदेखि विभिन्न गीत, नृत्य, ख्याल, नाटक आदिको माध्यमबाट जनताको सांस्कृतिक स्तर उठाउन रचनात्मक गतिविधि गर्दै आइरहेको उहाँले बताउनुभयो ।
पासा पुचःका अर्का सल्लाहकार विष्णुगोपाल कुसीले पासा पुचः गायक, वाद्यवादक, कलाकार तथा नर्तकीहरू तयार गर्ने जनतासामु परिचित सामाजिक संस्था हो भन्नुभयो ।
नेमकिपाले सफाइ अभियान, साक्षर अभियान, भ्रष्टाचारविरोधी अभियान, कला-संस्कृति र सम्पदा संरक्षण अभियान, सांस्कृतिक अभियान, विकास अभियानसँगै बुद्धिजीवीकरण गर्ने अभियान थालेर जनतालाई बिउँझाउने, सचेत पार्ने र शिक्षित पार्ने काम गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडा सदस्य छोरीमैयाँ सुजखूले समाजलाई सभ्य बनाउन, संस्कृति जोगाउन पासा पुचः ले महत्वपूणर् कार्य गरिरहेको चर्चा गर्दै पुँजीवादी व्यवस्थाले श्रमजीवी वर्गको सेवा गर्दैन भन्नुभयो ।
पासा पुचः का अध्यक्ष विष्णुभक्त कुसीले संस्था जोगाउन अनेक सङ्कटको सामना गर्दै अघि बढिरहेको बताउनुभयो ।
सभामा पुचःका हरिराम कुसी र प्रेम प्रजापतिले पुचःको गतिविधि र साधारणसभाको आवश्यकताबारे चर्चा गर्नुभयो ।
विष्णुभक्त कुसीको अध्यक्षतामा ११ सदस्यीय पासा पुचः को नयाँ कार्य समिति गठन गरिएको थियो ।
सभामा अतिथि तथा निर्वाचित पदाधिकारी तथा सदस्य र अन्य उपसमितिका सदस्यहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *