भर्खरै :

वडा नं. ४ मा पाठेघर र स्तन क्यान्सरसम्बन्धी शिविर

वडा नं. ४ मा पाठेघर र स्तन क्यान्सरसम्बन्धी शिविर

भक्तपुर, १८ चैत । भनपा ४ वडा कार्यालयको आयोजनामा शनिबार पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा सस्तो सेवा-सुविधा उपलब्ध गराउँदै आइरहेको बताउँदै जनतालाई स्वास्थ्यबारे सचेत बनाउन स्वास्थ्य शिविरको आवश्यकता रहेको र स्वास्थ्य शिविर सञ्चालनबाट नगरवासीहरूलाई निरोगी बनाउन महत्वपूणर् योगदान पुग्ने भनाइ राख्नुभयो । भनपाले सम्पदा संरक्षण, सांस्कृतिक क्षेत्र, खेलकुद, शैक्षिक क्षेत्र विकासका लागि विभिन्न गतिविधिहरू गर्दै आएको हुनाले भनपा देशकै नमुना नगरको रूपमा स्थापित भएको उहाँले पुष्टि गर्नुभयो ।
भनपा ४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य कृष्णसुन्दर प्रजापति, भनपाका पूर्व कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, वडा नर्स रशिला सुवाललगायतले स्वास्थ्य शिविरिको महत्व र महिला हक-हितबारे बोल्नुभयो । उक्त शिविरमा कुल २७८ जना महिलाहरूले स्वास्थ्य जाँच गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *