यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
-याङ शिलिङ
सोमबार संरा अमेरिकी रक्षा सचिव जेम्स माटिस भारत पुगेका छन् । अमेरिकी योजनाअनुसार अमेरिकी हतियारको प्रबद्र्धन र बेचविखनको लागि उनी त्यहाँ गएका हुन् । केही भारतीय मिडियाले संरा अमेरिका र भारतको रक्षा सहकार्य चीनविरुद्ध लक्षित भएको दाबी गरेका छन् ।
पछिल्ला वर्षहरुमा भारतले यर्थाथमा संरा अमेरिकासँग रक्षा सहकार्यलाई बढी प्राथमिकता दिइरहेको छ । सन् २०१७ को जुनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संरा अमेरिका जाँदा दुई पक्षबीच सैनिक बन्दोबस्तको सहमति २०१६ र हवाई सुरक्षा र ड्रोनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । भारत र संरा अमेरिकाबीच सन् २००८ सम्ममा सैनिक कारोबार १४ अर्ब अमेरिकी डलर पुगेको बताइन्छ । तथापि भारत र संरा अमेरिकाबीचको रक्षा सहकार्य समस्यारहित भने पक्कै छैन ।
पाकिस्तान–संरा अमेरिकी सम्बन्धप्रति भारत सधैं सशङ्कित छ । संरा अमेरिकाको क्षेत्रीय र विश्वव्यापी सैनिक रणनीतिमा पाकिस्तानको स्थान हिजोको जस्तो छैन । तर पाकिस्तानको भूराजनीतिक महत्वका कारण संरा अमेरिकाले पाकिस्तानलाई कदापि पनि छोड्ने छैन ।
भारत–पाकिस्तानको सम्बन्धबारे संरा अमेरिकाको स्थायी मतप्रति गम्भीर आशङ्का गर्ने गरिन्छ । केही मानिसहरु सोध्छन्,‘संरा अमेरिकाले किन भारतलाई सधैं पाकिस्तानसँग शान्तिपूर्ण सम्बन्ध बनाइराख्न भन्ने गरेको छ?’ संरा अमेरिकाले भारतसँग सैनिक मित्रता बलियो बनाउन वचनबद्ध भए पनि पाकिस्तानलाई उसले हतियार बेच्न छोड्ने छ्रैन ।
सन् २०१६ फेब्रुअरीमा संरा अमेरिकाले पाकिस्तानलाई आठ वटा एफ–१६ लडाकुविमान बेच्ने निर्णय गर्दा भारतको विदेशमन्त्रालयले संरा अमेरिकी राजदुतलाई बोलाएर सो विषयमा सोधपुछ गरेको थियो र त्यसप्रति भारतले ‘आपत्ति’ जनाएको थियो ।
भारत र संरा अमेरिकाबीचको सहकार्यप्रति भारतभित्र थुप्रै शङ्काहरु गर्ने गरिएको छ । संरा अमेरिका र भारतबीचको सम्बन्ध र सहकार्य वृद्धि भइरहेको अवस्थामा पनि केही भारतीयहरु संरा अमेरिकी कुटनीतिक नीतिलाई भारतले पछ्याएर भारतलाई कुनै फाइदा नभएको धारणा राख्छन् । ‘पाकिस्तान र चीनबाट आइरहेको बताइएको धम्की’ अझै नरोकिने उनीहरुको भनाई हो ।
पाकिस्तानमा संरा अमेरिकाको बलियो नियन्त्रण कायम नै छ । तर पाकिस्तानलाई नक्कली युद्ध र आतङ्कवादविरुद्धको लडाई रोक्न संरा अमेरिकाले कुनै कदम चालेको छैन । संरा सङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य पक्का बनाउन भारतलाई संरा अमेरिकाले अहिलेसम्म कुनै सहयोग गरेको छैन । एकातिर भारतलाई संरा अमेरिकाले आफ्ना आणविक कार्यक्रम कम गर्न दबाब दिइरहेको छ भने अर्कोतिर हिन्द महासागरमा भारतको उपस्थिति आफ्नो कुरा मान्नुञ्जेलसम्म मात्र संरा अमेरिकालाई स्वीकार्य हुनेछ ।
संरा अमेरिकाले साँच्चै चीनलाई घेर्न खोजेको हो वा होइन भन्ने विषयमा भारतलाई आशङ्का छ । प्रमुख शक्ति देशहरुबीचको सम्बन्ध न त एक अर्कासँग पानी बाराबारको हुने गर्दछ न त पूर्ण सहकार्यकै हुने गर्दछ । यर्थाथमा त्यो सम्बन्ध सहकार्य र द्वन्द्वको मिसावट हुने गर्दछ ।
संरा अमेरिकाको सबभन्दा ठूलो आर्थिक साझेदार चीनलाई घेर्न खोजे पनि चीन र संरा अमेरिकाबीचको सम्बन्ध भारत र संरा अमेरिकाबीचको सम्बन्धसँग तुलनायोग्य छैन । तसर्थ चीन र संरा अमेरिकाबीच आर्थिक तथा राजनीतिक सम्बन्ध स्वभावतः निकटता र द्वन्द्वमा आधारित छ । जी २ को शुरुवातबाट भारत ईश्र्यालु बनेको छ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर महिनामा चीनको भ्रमण गर्नेछन् । यो भ्रमणले भारतलाई चीन र संरा अमेरिकाबीचको सम्बन्धबारे सोच्न बाध्य पार्नेछ । भारतप्रति संरा अमेरिकाको वास्तविक मनसायबारे उसलाई चिन्तन गर्न बाध्य बनाउनेछ ।
भारत सरकारले आफूलाई संरा अमेरिकाले अङ्गालोमा कसेको पक्कै स्वीकार्य हुनेछैन । भारत संसारको महाशक्ति बन्ने चाहना राख्छ, त्यसकारण भारतले आफ्नो स्वाभिमान र कुटनीतिक रणनीतिको पहिचानको रुपमा आफ्नो स्वाधीनतालाई अक्षुण राख्नेछ । संरा अमेरिकासँगको सम्बन्धबाट भारतले आफ्नो स्वार्थ फत्ते गर्न चाहेको छ, सँगै ऊ धेरै निकटको सम्बन्धबाट सावधान पनि छ । कदाचित भारत पूर्ण रुपमा संरा अमेरिकाप्रति निर्भर भए संसारको महाशक्ति बन्ने उसको चाहना मात्र हाँसोको विषय बन्नेछ ।
यस अर्थमा भारतको स्वाभिमान र अभिमान संरा अमेरिकासँगको गहिरो रक्षा सहकार्यको अवरोध हो । संरा अमेरिकाले रक्षा सहकार्यका सबै सबै कुरामा भारतले हस्ताक्षर गरोस् भन्ने चाहेको छ तर संरा अमेरिकासँग धेरै सहमतिमा हस्ताक्षर भए विश्वसमक्ष भारत संरा अमेरिकाको पिछलगु देश भएको भन्ने छवि बन्नेमा ऊ सजग पनि छ ।
संरा अमेरिका भारतसँगको आर्थिक तथा क्षेत्रीय सहकार्यबाट पूर्णतः सन्तुष्ट छैन । त्यसकारण भारतका गतिविधिलाई पनि उसले आशङ्कापूर्वक निगरानी गरिरहेको छ । वास्तवमा भारत पूर्ण रुपमा आफ्नो दलाल नभएसम्म संरा अमेरिका सन्तुष्ट हुनै सक्नेछैन ।
उदाहरणको रुपमा इरानप्रति संरा अमेरिकाको मनसायलाई लिन सकिन्छ । इरानबाट भारतले थप उर्जा चाहेको छ तर संरा अमेरिकाले इरानमाथि चर्को दबाब र नाकाबन्दी थोपरेको छ ।
रक्षा सहकार्यको विकासबीच ट्रम्प सरकारले भारतलाई भारत–संरा अमेरिका आर्थिक तथा व्यापार सम्बन्धमा सन्तुलनमाथि हमला गर्न आग्रह गरेको छ । तर त्यो भारतको नियन्त्रणभन्दा पर छ । संरा अमेरिकामा केही मानिसहरु भारत चीनजस्तै अमेरिकाको लागि चुनौतीको विषय बन्न सक्ने विश्लेषण पनि गर्छन् । त्यसकारण संरा अमेरिका भारतसँग सबै तहमा सहकार्य गर्न कदापि तयार हुनेछैन । संरा अमेरिकासँग भएका अत्याधुनिक प्रविधि उसले भारतलाई कदापि पनि दिनेछैन ।
रक्षा प्रविधि सहकार्यको द्वन्द्वले पनि दुई देशबीचको सहकार्यमा भाँजो हाल्नेछ ।
तालिम, मर्मतसम्भार र अझ रक्षा प्रविधिको भित्री नियन्त्रणसम्ममा पनि भारतको पहुँच दिएर संरा अमेरिका भारतलाई आफ्नो हतियार बेच्न चाहन्छ तर संरा अमेरिकासँगको सम्बन्ध पछाडि भारतको उद्देश्य अर्कै छ । भारत संरा अमेरिकाबाट सैनिक प्रविधिको आयात गर्न चाहन्छ । यो मतभेद स्वभाविक हो र यो नै अवरोध पनि हो ।
यस्ता अनेकन अवरोधबीच भारत र संरा अमेरिकाबीचको रक्षा सहकार्यमा फेरि पनि पुरानै कुरा दोहोरिनेछः हल्ला धेरै, फसल कम ।
ग्लोबल टाइम्स
Leave a Reply