यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मेक्सिकोका भूकम्पपीडित जनताको सेवा गर्न समाजवादी देश क्युवाले आफ्ना चालिस जना चिकित्सक र विशेषज्ञको टोली मेक्सिको पठाएको छ । उनीहरु सबै मेक्सिकोको ओएसाका प्रान्तमा परिचालित हुने बताइएको छ । सो प्रान्तमा भूकम्पका कारण कम्तीमा ७८ जना मर्नुका साथै सयौं जना घाइते भएका छन् ।
टोलीमा १९ जना चिकित्सक र १८ जना नर्सहरु पनि सम्मिलित छन् । टोलीमा मनोवैज्ञानिक, प्रयोगशाला प्राविधिक, एनेस्थेसियासिस्ट र फिजियोथेरापिस्टहरु
रहेको बताइएको छ । टोलीमा विपत्ति र महामारी व्यवस्थापनमा विज्ञता हासिल गरेको हेनरी रिभ मेडिकल ब्रिगेडका सदस्यहरु पनि सहभागी छन् ।
संसारभर आइपर्ने मानवीय विपत्तिमा सहयोग गर्ने उद्देश्यका साथ क्युवामा सन् २००५ मा हेनरी रिभ मेडिकल ब्रिगेडको स्थापना भएको थियो । सो टोलीमा ७ हजार २ सय ४५ जना चिकित्सिक र नर्सहरु सम्मिलित छन् । सो टोलीले पाकिस्तान, ग्वाटेमाला, नेपाल र हाइटीलगायत बीसभन्दा बढी देशका जनताको सेवा गरिरहेका छन् ।
यो वर्ष हेनरी रिभ मेडिकल ब्रिगेडले आकस्मिक अवस्थामा पु¥याएको सेवा वापत विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य पुरस्कार प्रदान गरेको हो ।
क्युवाले मेक्सिकोकै सबभन्दा गरीब क्षेत्रको ओएसाकाका जनतालाई सहयोगको हात बढाएको हो ।
गएको सेप्टेम्बर ७ मा मेक्सिकोमा गएको भूकम्पका कारण जम्मा ९८ जना मानिस मारिए । तीमध्ये ७८ जना त ओएसाका प्रान्तमा मात्र मारिएका थिए ।
२०१५ मा नेपालमा गएको भूकम्पको समयमा पनि क्युवाको हेनरी रिभ मेडिकल ब्रिगेडले नेपाली जनताको झण्डै साढे एक महिना सेवा गरेका थिए । उनीहरु काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेर क्युवाली समाजवादको परिचय दिएका थिए । किर्तिपुरको आयुर्वेदिक अस्पतालमा उनीहरुले अस्थायी अस्पताल समेत सञ्चालन गरेका थिए । त्यहाँ उनीहरुले निकै प्रतिकूल परिस्थितिबीच निकै जटिलभन्दा जटिल शल्यक्रिया सञ्चालन गरेका थिए ।
क्युवाली टोलीको निपुण र निःशुल्क स्वास्थ्य सेवाका कारण काठमाण्डौका निजी अस्पतालहरुमा विरामी कम भए पछि निजी मेडिकल सञ्चालकहरुको दबाबमा सरकारले क्युवाली चिकित्सकहरुको नेपाल बसाई छोटो बनाइएको थियो ।
Leave a Reply