क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
ब्युनसआयर्स, (सीआरआई) । स्थानीय समयअनुसार अप्रिल २ मा अर्जेन्टिनाका विभिन्न सहरका केन्द्रका चोकहरूमा अर्जेन्टिनीहरूले ४१ वटा सेतो फूलद्वारा बनाइएको पुष्पगुच्छा देखा परेका छन् । यो दिन आइजल्स् माल्भिनास टापुहरूमा (‘फकल्याण्ड्स’ को रूपमा चिनिन्छ) युद्धको स्मरण दिवस हो र अङ्क ४१ भनेको युद्धपछिको ४१ औँ वर्षको प्रतिनिधित्व गर्दछ ।
स्मरण दिवसमै संयुक्त राष्ट्रसङ्घको प्रस्तावअनुसार अर्जेन्टिनाले फेरि एकपटक वार्ताद्वारा फकल्याण्ड्स समस्याको समाधान गर्ने आफ्नो वैधानिक माग व्यक्त गरेको छ । यसै सन्दर्भमा, बेलायती राजनीतिज्ञहरू चुपचाप बसिरहन मिल्दैन ।
फकल्याण्डको इतिहास एकदमै स्पष्ट छः सन् १८१६ मा, जब अर्जेन्टिना स्पेनबाट स्वतन्त्र हुँदाखेरी फकल्याण्ड्लगायत अर्जेन्टिनाको तटमा रहेका टापुहरूको सार्वभौमिकता स्पेनिशबाट उत्तराधिकार पाएको दाबी गर्यो । तर सन् १८३३ मा बेलायतीहरूले फकल्याण्डलाई बलपूर्वक कब्जा गरेर उपनिवेशिक शासन लागू गर्न थाल्यो ।
बेलायतीहरू फकल्याण्डलाई किन नछोडेको ? यसका धेरै कारण छन् – पहिलो, फकल्याण्ड बेलायतबाट धेरै टाढा भए तापनि दक्षिण प्रशान्त र दक्षिण एटलान्टिक महासागरका प्रमुख बिन्दुहरू यहीँ रहेकाले ‘दक्षिण एटलान्टिकको प्रवेशद्वार’ को रूपमा चिनिन्छ र यसको रणनीतिक स्थान धेरै महत्वपूर्ण छ । बेलायतले दक्षिण धु्रवको स्रोतहरूको पूर्ण उपयोगलाई सुनिश्चित गर्ने इच्छा गरेको विश्वास केही विश्लेषकहरू गरेका छन् ।
यसबाहेक, फकल्याण्ड सुन, सीसा, चाँदी र फलामजस्ता खनिजहरूमा धनी भएकोले बेलायतीहरू फकल्याण्डमा भेटिने यस्ता वास्तविक स्रोतहरू छोड्ने मनसाय नलिएको हो ।
कब्जा, लूटपिट, बर्बरता आदि सहित फकल्याण्डमाथि बेलायतको कब्जा उपनिवेशवाद उन्मूलनको लहरको विपरीत छ । बेलायतीले संयुक्त राष्ट्रसङ्घको प्रस्तावको सम्मान गर्नुपर्छ र अर्जेन्टिनाका जनताका वैधानिक मागप्रति सकारात्मक प्रतिक्रिया जनाउनुपर्छ । फकल्याण्डको फिर्ता यथाशीघ्र गर्नुपर्छ ।
Leave a Reply