के देशभक्त नेपालीले सिंहदरबार जलाउँछन् ?
- कार्तिक १२, २०८३
आउँदो वैशाख १० गते बारा, चितवन र तनहुँमा प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुँदै छ । चितवनको निर्वाचन क्षेत्र नं २, बाराको निर्वाचन क्षेत्र नं २ र तनहुँको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । नेमकिपाको तर्फबाट चितवनमा ज्ञानेन्द्र चेपाङ, बारामा मुक्तिप्रसाद यादव र तनहुँमा रामप्रसाद प्रजापतिले उम्मेदवारी दिएका छन् । विगतको निर्वाचनमा झैँ यो उपनिर्वाचनलाई पनि नेमकिपाले सैद्धान्तिक र वैचारिक सङ्घर्षको रूपमा उपयोग गर्नेछ । निर्वाचनमा गठबन्धनमार्फत पुँजीवादी सरकारको भागबन्डा गर्ने राजनीतिविरुद्ध प्रचार गर्न नेमकिपा केन्द्रित हुनेछ ।
नेमकिपा चुनावबाट समाज आउने विश्वास गर्दैन । पुँजीवादी निर्वाचनबाट निर्वाचित सरकारले समाजवाद ल्याउँदैन† समाजवादी सिद्धान्त र विचारअनुसार काम गर्दैन । नेमकिपा आमूल परिवर्तनको पक्षमा छ । त्यस्तो परिवर्तन पुँजीवादी निर्वाचनबाट सम्भव छैन । आमूल परिवर्तनको विकल्प वर्गसङ्घर्ष नै हो । वर्गसङ्घर्षविना देशमा आमूल परिवर्तन सम्भव छैन । वर्गसङ्घर्ष तुरुन्तै हुन्छ भन्ने होइन । बहुमत जनता सचेत र सङ्गठित नभएसम्म वर्गसङ्घर्ष सफल हुँदैन । वर्गसङ्घर्षबाट बनेको जनताको सरकारले मात्रै बहुमत जनताको सेवा गर्छ, बहुमत जनताको पक्षमा ऐन कानुन बनाउँछ । यसकारण, नेमकिपा समाजवादी प्रचार अभियानमा छ ।
नेमकिपालाई मतदान गर्नु भनेको देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको पक्षमा दिनु हो† भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध आवाज बुलन्द गर्ने दललाई सहयोग गर्नु हो । माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने माग नेमकिपाको हो । नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने गोर्खा भर्ती केन्द्र खारेज गराउन, कामदार वर्गको हितमा कानुन बनाउन, प्राकृतिक स्रोत र सम्पदा संरक्षण गर्न र कृषिमा आत्मनिर्भर बनाउन, क्रान्तिकारी भूमिसुधार गर्न र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न या त्यसको आवाज संसद्मा पु¥याउन नेमकिपाको प्रतिनिधि जरुरी छ ।
महिलाहरूको श्रम शक्ति बढाउन स्थानीय तहको वडा र टोलमा शिशु स्याहार केन्द्र तथा बालोद्यान सञ्चालन गर्नुपर्ने माग नेमकिपाको हो । स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउन, छुवाछूत, छाउपडी, बोक्साबोक्सीजस्ता अन्धविश्वास अन्त्य गराउन नेमकिपाले सडक र सदनमा सङ्घर्ष गर्दै आएको छ । प्राकृतिक स्रोत र सम्पदा तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न र गराउन नेमकिपा सङ्घर्षरत छ । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, झूट कुरा फलाक्ने, भ्रम फैलाउने दललाई हराउन नसकेसम्म देशमा न विधिको शासन हुन्छ न त सुशासन नै हुन्छ । देश र जनताप्रति समर्पित भई इमानदारीपूर्वक सेवा गर्दै आएको दल नेमकिपा उम्मेदवारहरूलाई जनताले मतदान गर्नुपर्छ । कार्यकर्तालाई भ्रष्टाचार गराउने र कमिसनको खेलमा सामेल गराउने, देश हितविपरीत असमान सन्धि सम्झौता गर्ने दलका उम्मेदवारलाई हराउन देशको लागि नेमकिपा जरुरी छ । निर्वाचनमा नेमकिपाका उम्मेदवारलाई मत दिई आफ्नो मतको उपयोग गर्नुपर्छ ।
Leave a Reply