नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
ज्येष्ठ नागरिकहरू समाजका अगुवा हुन्, अनुभवका खानी हुन् । देश, काल र परिस्थितिसँगै सामीप्यता रहेर जीवनमा अनेकानेक अनुभव बटुलेका उनीहरू हाम्रा पूज्य हुन्, हाम्रा गुरू हुन् । त्यसैले सचेत नागरिकहरू भन्ने गर्छन्, आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको । उनीहरू व्यवहारिक ज्ञानमा पोख्त हुन्छन् । बाजा बजाउने, गीत गाउने, नाच्ने, संस्कृति बचाउने, आफ्ना सन्तानलाई अर्ती उपदेश दिएर असल, योग्य, अनुशासित, विश्वासिलो, सज्जन, चरित्रवान बनाउने काममा ज्येष्ठ नागरिकहरूको महत्वपूर्ण हात हुन्छ । घाम–पानी, गर्मी–चिसो नभनी कठोर परिश्रम गरेर जीवन बिताइरहेका उनीहरू छक्कापन्जा गर्दैनन् । उनीहरू सोझासीधा, इमानदार हुन्छन् । उनीहरू कसैले गरेको गलत काम र गलत व्यवहार औँल्याई नयाँ पुस्तालाई सजग पार्छन् । जीवनको लामो समय बिताएका उनीहरूको राज्यले मान गर्नुपर्ने हो, सम्मान गर्नुपर्ने हो, जीवनको सुनिश्चित गर्नुपर्ने हो ।
राज्यले उनीहरूलाई वृद्ध भत्ता दिनुको सट्टा जीवन सुनिश्चित गर्ने काम गरेको भए, निःशुल्क स्वास्थ्योपचारको बन्दोबस्त गरेको भए उनीहरू निरास हुनेछैनन् । उनीहरू सके अरूलाई सेवा गर्छन्, सहयोग गर्छन्, सद्भाव राख्छन् तर बिगार्दैनन् । यसकारण, नयाँ पुस्ताले, छोरा नाति पनातिले ज्येष्ठ नागरिकहरूको चित्त दुखाउने काम गर्नुहुँदैन । आज कति वृद्धवृद्धाहरू घर परिवारका सदस्यले नहेर्दा, बेवास्ता गर्दा, हेर्ने फुर्सद नहुँदा सम्मान गर्नुको सट्टा हेलाहोचा गर्दा उनीहरूले चित्त दुखाएका छन्, दुःखको आँसु पिएर जीवन बिताइरहेका छन् । जीवनको अन्तिम घडीमा हौसला दिनुपर्नेमा दीर्घायुको काम गर्नुपर्नेमा उल्टो पीडा दिएर उनीहरूको मनस्थिति बिगार्ने, भोकभोकै मर्नुपर्ने, घरपरिवारबाट अपमानित हुनुपर्ने समस्या देखिनु राम्रो सङ्केत होइन । यसले राम्रो सन्देश दिँदैन ।
उनीहरू परिश्रम हुन्छन्, परिश्रमी भएकाले उनीहरूलाई सित्तिमित्ति रोगले छुन्दैन । कति ज्येष्ठ नागरिकहरू अहिलेसम्म कुनै रोगको औषधि नखाएको बताउँछन् । उनीहरूलाई सन्तानले बेवास्ता गर्नु आफ्नो कर्तव्य उल्लङ्घन गर्नु हो । पैसा जतिसुकै भए पनि हेरविचार, पालनपोषण गर्ने कोही भएनन् भने जिउनुको सार हुँदैन । यो कुरा परिवारका सदस्यले मात्र होइन समाजका प्रबुद्ध, बुद्धिजीवी, समाजसेवी, राजनीतिक कार्यकर्ताले पनि चिन्ता र चासो राख्नुपर्छ । उनीहरू बाचुञ्जेल सम्मानपूर्वक जिउने वातावरण हामीले तयार गर्नुपर्छ । यो नै हामी सबैको दायित्व हो ।
Leave a Reply