नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
भक्तपुर, २२ चैत । झिगु आस्था पुचः गोल्मढी– ७ भक्तपुरको आयोजनामा वार्षिक कार्यक्रम चोङा गणेश सल्लाघारीमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले महिला शिक्षित र सचेत भए समाज अगाडि बढ्ने धारणा राख्दै भन्नुभयो, “राणा शासन र पञ्चायत शासनमा कामदार वर्गका महिला र पुरूष दुवैले पढ्न पाएनन् । भक्तपुर नगरपालिकाले २३ वर्ष अगाडि ख्वप कलेजहरू स्थापना गरेपछि कामदार वर्गका महिलाहरूलाई उच्च शिक्षाको अवसर प्राप्त भयो ।”
धूमपान र मदिरापानले क्यान्सरलगायत रोग लाग्ने हुँदा महिला र पुरूष दुवै मिलेर कुलत हटाएर समाजलाई राम्रो बनाउनु जरूरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पुरूषलाई भन्दा महिलालाई ४०–४२ थरी बढी रोग लाग्ने भएको हुँदा पुरूषहरूले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु जरूरी छ ।”
सांसद सुवालले भन्नुभयो, “छोराछोरी सबै वैदेशिक रोजगारी वा अध्ययनमा जानुपर्ने अवस्था हुँदा नेपालमा ज्येष्ठ नागरिकमात्र रहनुपर्ने अवस्था भयो । रासायनिक मल आपूर्ति नहुँदा दाल, चामल, तरकारी, भारतबाट खरिद गर्नुपर्ने भयो । ३३ वर्ष यता बहुदलीय व्यवस्थामा सरकारमा गएका पार्टीहरू देश र जनताप्रति जवाफदेही नहुनुको परिणाम हो यो ।”
“झिगु आस्था पुचःका सदस्यहरूले नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्च्मि सेतीलगायत देशघाती सन्धिहरू, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, २०६३ साल यता जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गराउनु जरूरी भएको विषयमा जानकारी राख्नु जरूरी छ ।”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी सरकारले बहुमत जनताको हितलाई भन्दा सीमित केही पुँजीपतिवर्गको हित हेर्ने भएकोले जनता दुःखमा परिरहेको बताउँदै सबै जनताले सुख शान्तिले बाँच्न र जीवनयापन गर्न समाजवादी व्यवस्था आवश्यक हुन्छ भन्नुभयो ।
उहाँले समाजवादमा जनताको अधिकार सुनिश्चित हुने, काम, माम, रोजगार, स्वास्थ्य उपचार, योग्यताको आधारमा रोजगार, बालक, युवा, वृद्ध सबैको समान हक र अधिकार पाउने चर्चा गर्नुभयो । उहाँले अहिले भक्तपुर शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सरसफाइमा राम्रो भएको चर्चा गर्दै समाज राम्रो गर्न राजनीतिकरूपमा सचेत र सङ्गठित भई अघि बढ्नुपर्छ भन्नुभयो ।
झिगु आस्था पुच : का अध्यक्ष एवम् सभापति सुनिल ग्वाछाले पुचः ले आँखा शिविर, रक्तदान, स्वास्थ्य जाँच, कोरोनाको समयमा अक्सिजन प्लान्टको लागि रू. ५०,०००।– सहयोग गर्नुका साथै समाजमा भएका विकृतिविरूद्ध लागिरहेको विचार व्यक्त गर्नुभयो ।
यस पुचःका कोषाध्यक्ष गणेशराम रंजितकारले पुचः को गतिविधिबारे विचार राख्नुभयो । आयोजक पुचः का अध्यक्ष सुनिल ग्वाछाको सभापतित्वमा भएको पुचःको वार्षिक कार्यक्रम चोङा गणेश, सल्लाघारीमा भएको थियो ।
Leave a Reply