भर्खरै :

अनलाइन भुक्तानी प्रणाली, बहाल कर र सफाइ करबारे तालिम

अनलाइन भुक्तानी प्रणाली, बहाल कर र सफाइ करबारे तालिम

भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिकाले भक्तपुर नपाका वडा सचिव एवम् कर्मचारीहरूलाई अनलाइन भुक्तानी प्रणालीसम्बन्धी जानकारी तथा बहाल कर र सफाइ शुल्क सफ्टवेयरको तालिम बुधबार सञ्चालन गरेको छ । तालिमको औपचारिक उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विकसित देशहरू सूचना र प्रविधिमा अगाडि बढेकै कारण छिटोछिटो विकास भएको बताउँदै २१ औँ शताब्दीका नागरिकहरू प्रविधियुक्त हुन सकेन भने सबै क्षेत्रमा पछाडि पर्ने बताउनुभयो ।
सूचना प्रविधि मानव जीवनको अभिन्न अङ्गको रूपमा रहेको समयमा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई प्रविधियुक्त बनाउन तालिम सञ्चालनमा जोड दिँदै आएको बताउँदै उहाँले अनलाइन भुक्तानी सहजताको लागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र कर शाखा प्रमुख प्रभावकुमार चालिसेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *