आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
तपाईँले कहिल्यै याद गर्नुभएको छ जब बच्चाहरू कुनै खेल खेलिरहँदा बढी उमेरको बच्चाले आफ्नो अनुकूलको नियम बनाएर कम उमेरको बच्चामाथि आफूलाई मनलागेजस्तो गर्न लाउने ? अनि त्यसैगरी धनी अभिभावकका बच्चाहरूले पनि आफ्ना साथीहरूलाई आफ्नो मनमानी लाद्न खोज्ने ? ती बलियो वा आर्थिक हैसियत भएका बच्चाहरू कुनै कारणवस खेलको नियम आफ्नो प्रतिकूल भयो भने खेल नै परित्याग गर्ने गर्छन् । यसको पछाडिको कारण भनेको ती बच्चा आर्थिकरूपमा र शारीरिकरूपमा बलियो हुनु हो । वास्तवमा हामीले राजनीतिक वृत्तमा प्रयोग गर्ने ‘प्रभुत्ववाद’ भनेको यस्तै व्यवहारलाई भनिन्छ । आफ्नो प्रभाव देखाएर आफूलाई लाभ हुने गरी नियम बनाउने तर त्यही नियमले कालान्तरमा गएर आफैँलाई हानि पु¥याउने अवस्था आयो भने आफैले बनाएको नियम नमान्ने अवस्था नै प्रभुत्ववाद हो । अन्तर्राष्ट्रिय राजनीतिमा प्रभुत्ववाद भनेको एक देश, समूह वा विचारधाराको प्रभुत्व वा नेतृत्वलाई जनाउँछ, जुन सामान्यतया आर्थिक, राजनीतिक र सांस्कृतिक शक्तिको संयोजनबाट प्राप्त हुन्छ । यो शब्द प्रायः अन्तर्राष्ट्रिय सम्बन्धहरूमा विभिन्न देशहरूबिचको शक्ति गतिशीलता वर्णन गर्न प्रयोग गरिन्छ ।
अब सन्दर्भलाई जोडौँ । अमेरिका पनि आफ्नो प्रभाव देखाएर आफू अनुकूलको अन्तर्राष्ट्रिय नियम बनाउने तर कालान्तरमा गएर त्यही नियमले आफूलाई हानि हुने देखेपछि नियम पालन गर्नबाट पछि हट्ने । चीन र अमेरिकाबिचको व्यापार युद्धको कारण अमेरिकी प्रभुत्ववाद हो । अमेरिका र चीनबिचको व्यापार युद्धमा यही वर्चस्वको ठूलै भूमिका छ । संयुक्त राज्य अमेरिका लामो समयदेखि विश्वको प्रमुख आर्थिक र राजनीतिक शक्ति भएको छ । यसको व्यापार नीति र अभ्यासले यो स्थितिलाई प्रतिबिम्बित गरेको छ । हालैका वर्षहरूमा विश्वव्यापी आर्थिक शक्तिको रूपमा चीनको उदयले यस प्रभुत्वलाई चुनौती दिएको छ जुन अमेरिकाको लागि सह्य भएन ।
अमेरिका र चीन दुबै डब्ल्युटीओका सदस्य हुन् । ती देशहरू यसको नियममा बाँधिएका छन् । यद्यपि, हालैका वर्षहरूमा अमेरिकाले चीनलाई बौद्धिक सम्पत्ति चोरी, जबरजस्ती प्रविधि हस्तान्तरण र राज्यको स्वामित्वमा रहेका उद्यमहरूलाई अनुदानलगायत अनुचित व्यापार अभ्यासमा संलग्न भएको निहुँ झिकेर अमेरिकाले चिनियाँ सामानको विस्तृत श्रृङ्खलामा कर लगाएको छ । संयुक्त राज्य अमेरिकाले चीनलाई बौद्धिक सम्पत्ति चोरी र घरेलु कम्पनीहरूलाई राज्य अनुदानलगायत अनुचित व्यापार अभ्यासमा संलग्न भएको आरोप लगाएको छ । तर, अहिले अमेरिकाले कम्प्युटर चीप बनाउने उद्योगलाई ठूलो मात्रामा अनुदान दिएर आफैँले बनाएको नियम तोडेको छ ।
आफ्नै संलग्नतामा बनेको संयुक्त राष्ट्र सङ्घले बनाएको नियमको वकालत गर्ने अमेरिकाले आफ्नो अनुकूलताविपरीत भएपछि संयुक्त राष्ट्र सङ्घको नियम नमान्ने बतायो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) का पूर्वनेता यासेर अराफातलाई सन् १९८८ मा न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा सहभागी हुन अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको थियो । यद्यपि, अन्तर्राष्ट्रिय दबाब र राजनीतिक वार्तापछि अराफातलाई अन्ततः १९८८ मा संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन भिसा दिइएको थियो ।
त्यसैगरी कुनै पनि वस्तुको मूल्य बजारले निर्धारण गर्नुपर्ने भन्ने अमेरिकाले आफ्नो हितको प्रतिकूल भएपछि बजार अर्थतन्त्रको निमयको धज्जी उदाउँदै रुसबाट निर्यात हुने तेलमाथि आफैले मूल्य तोक्यो । २०२२ मा युक्रेनमा रूसी आक्रमणको प्रतिक्रियामा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्धहरू लगायो, जसमा रूसी तेलको मूल्यमा सीमाहरू समावेश थिए । तात्कालीन समयमा विश्व तेल बजारमा ९० डलर प्रतिव्यारेल थियो तर रूसी तेलको मूल्य ६० डलर प्रति व्यारेल भनेर अमेरिका आफैले मुल्य तोक्दै दादागरी देखायो । आफू प्रतिकूल भएपछि आफैले वकालत गरेको बजार अर्थतन्त्रको नियमलाई पनि उल्लङ्घन ग¥यो ।
संसारभरका देशहरूको व्यापार सहज ढङ्गले हुनुपर्छ भनेर अमेरिकालगायत पश्मिेली देशहरूकै पहलमा विश्व व्यापार सङ्गठनको स्थापना भएको हो । तर, आफू प्रतिकूल भएपछि त्यही अमेरिकाले विश्व व्यापार सङ्गठनको नियमको पनि धज्जी उदाउँदै आफ्नो प्रभुत्व देखाउने गरेको छ । संयुक्त राज्यले डब्लुटीओ नियम वा नियमहरूको पूर्ण पालना नगरेका मुद्दाहरू धेरै छन् । संयुक्त राज्य अमेरिका धेरै डब्लुटीओ विवादहरूमा संलग्न छ । अमेरिकाले डब्लुटिओका नियमहरू उल्लङ्घन गरेका थुप्रै घटनाहरू छन् । त्यसका उपायहरूलाई परिपालनमा ल्याउन आवश्यक छ । उदाहरणका लागि २०१९ मा ट्यारिफ र ट्रेड (ग्याट) अन्तर्गतका आफ्ना प्रतिबद्धताहरूसँग असङ्गत ढङ्गले अमेरिकाले केही चिनियाँ सामानहरूमा कर लगाएर डब्लुटीओका नियमहरू उल्लङ्घन गरेको थियो । विश्व व्यापार सङ्गठनले अमेरिकालाई आफ्ना गल्तीलाई सुधार्नका लागि समयसीमा दिइएको थियो । यदि अमेरिकाले सोअनुसार नगरेमा चीनलाई प्रतिकारात्मक दण्ड लगाउने अधिकार दिइएको थियो । त्यसैगरी अमेरिकी विमान निर्माता बोइङलाई अनुदानको बारेमा लामो समयदेखि चलिरहेको विवादमा डब्लुटीओले २०१९ मा अमेरिकाले पहिलेको निर्णयको पूर्ण पालना नगरेको निर्णय ग¥यो र युरोपियन युनियनलाई अमेरिकी सामानहरूमा प्रतिशोधात्मक शुल्क लगाउने अधिकार दिएको थियो । यस्तो बेला डब्लुटीओबाट बाहिर जान सक्ने भनेर अमेरिकाले उल्टै धम्की दियो ।
अमेरिकाको प्रभुत्ववादको अर्को उदाहरण हो, तात्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड–१९ महामारीमा चीनसँगको सम्बन्धलाई लिएर २०२० मा विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय । आफ्नो अनुकूलताअनुरूप विश्व स्वास्थ्य सङ्गठनले निर्णय नगरेपछि आफैँले बनाएको नियमलाई लत्याउँदै अमेरिकाले कोभिड महामारीजस्तो विषम परिस्थितिमा विश्वभरिका जनताको स्वास्थ्यमाथि नै खेलबाड गर्न पछि परेनन् । यद्यपि, यस निर्णयको विश्वभरका जनस्वास्थ्य विशेषज्ञ र नेताहरूले व्यापकरूपमा आलोचना गरेपछि वाइडेन सरकारले फेरि विश्व स्वास्थ्य सङ्गठनसँग जोडेको थियो ।
यस्ता अनेकौँ अमेरिकी प्रभुत्ववादी व्यवहारले विश्व शान्ति खलबलिन पुगेको छ । प्रभुत्ववादी मनोवृत्ति समाधान गर्न अरूमाथि आफ्नो विचार जबरजस्ती लाद्ने आधारभूत कारणलाई सच्याउन आवश्यक छ । समझदारीको प्रवद्र्धन गर्न आवश्यक छ । प्रतिस्पर्धात्मकता र प्रभुत्वको लागि खुला विचारलाई प्रोत्साहन दिनुका साथै एकअर्काको दृष्टिकोण सुन्न र बुझ्नु पर्छ । समावेशीता र विविधतालाई बढावा दिनु अर्को महत्वपूर्ण कदम हो । विविधता र समावेशीकरणलाई प्रवद्र्धन गरेर सबैका लागि साझा खेल मैदान बनाउनुपर्छ । सहयोग र सहकार्य प्रवद्र्धन गर्नाले अन्य राष्ट्रहरूलाई प्रतिद्वन्द्वीको रूपमा हेर्नुको सट्टा साझा उद्देश्य र पारस्परिक लाभको भावना सिर्जना गर्न मद्दत गर्छ भन्नेबारे अमेरिकाले सोच्नुपर्छ ।
Leave a Reply