नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
स्पेनबाट स्वतन्त्र बन्न उत्तरपश्चिम कातालोनमा हुने भनिएको जनमतसङ्ग्रहमा स्पेनका प्रहरीले दमन गरेको छ । स्पेनका दंगा प्रहरीहरुले रबरका गोली हानेका छन् र मतपत्र कब्जामा लिएका छन् । कातालनका आकस्मिक सेवा केन्द्रल् हालसम्म स्पेनी प्रहरीको दमनमा परी ३८ जना सर्वसाधारण घाइते भएका छन् ।
मतपत्रमा एउटै प्रश्नमात्र सोधिएको छः के तपाई कातालन एउटा स्वतन्त्र गणराज्य भएको चाहनुहुन्छ ?
‘चाहन्छु वा चाहदिनँ’ लेखिएका दुई वटा बक्सामध्ये एउटामा मतदाताहरुले आप्mनो मत व्यक्त गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
मतदान आज बिहान ९ बजेबाट शुरु भएको थियो ।
कातालोनमा यसअघि भएको जनमत संग्रहमा चालिस प्रतिशत जनताले कातालोनको स्वाधिनताको पक्षमा मत व्यक्त गरेका थिए भने बहुमत जनताले जनमतसङ्ग्रहको पक्षमा मत दिएका थिए ।
‘म आज बिहानै ब्युझेको छु किनभने यतिबेला मेरो देशलाई मेरो आवश्यकता छ ।’, युलिया इस्पानल तार्रोले भने । ‘के हुनेछ हामीलाई थाहा छैन तर यति बेला हामी यहाँ हुन जरुरी छ ।’
‘यदि मैले मतदान गर्न पाइनँ भने म सडकमा जानेछु र भन्नेछु हामी साँच्चे मतदानको पक्षमा छौं ।’, कातालोनका विद्यालय निरिक्षक जोसे मिरोले भने ।
कातालोनका स्वाधिनता पक्षधर नेता कार्लेस पिउगुदिमोन्टले भने,‘कातालोन सरकारले आगामी ४८ घण्टाभित्र स्वाधिनताको घोषणा गर्नेछ ।’
मतदाताहरु शुक्रबारदेखि नै आफ्ना मतदान केन्द्रमा बस्न गएका थिए । तर स्पेनी प्रहरीले भने उनीहरु बसेका सबै भवन खाली गर्न लगाएका थिए र मतदानको कार्यक्रम पूर्णतः बन्द गराउन बताएका थिए ।
कातालोनको स्वाधिनताको जनमतसंग्रह गएको सेप्टेम्बर ६ मा घोषणा भएको थियो र त्यत्तिबेला देखि नै त्यहाँ अन्योलको अवस्था रहँदैआएको छ ।
स्पेन सरकारले झण्डै सात सय कातालनका प्रमुखहरुलाई गिरफ्तार गर्ने र कातालन सरकारको वेभसाइट बन्द गर्ने धम्की दिएको छ ।
स्पेन सरकारले भने जनमतसंग्रहलाई अवैधानिक घोषणा गरेको छ । स्पेन सरकारका अधिकारीहरुले मतदानका सामग्री जफत गर्नुका साथै दर्जनौं राजनीतिक नेताहरुलाई गिरफ्तार गरेको छ । केही उच्चस्तरीय कातालन अधिकारीहरुलाई स्पेनले जरिवाना समेत तोकेको छ ।
कातालनमा ७५ लाख जनसंख्या छ र उसको आफ्नै भाषा र संस्कृति पनि छ ।
Leave a Reply