शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
‘हामी सँगसँगै मिलेर धेरै काम गर्न सक्छौँ । फ्रान्स र चीन बिचको मित्रता अमर रहोस् ।’ गत अप्रिल ७ मा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले सामाजिक सञ्जालमा चिनियाँ, अङ्ग्रेजी र फ्रेन्च गरी तीन वटै भाषामा आफ्नो चीन भ्रमणबारे जानकारी दिनुभएको थियो । सोही दिन बेलायती सञ्चारमाध्यम फाइनान्सियल टाइम्सले विश्लेषकलाई उद्धृत गर्दै यसरी जनाएको छः “दीर्घकालीन दृष्टिकोणबाट हेर्दा, चाहे चीनसँगको आर्थिक र व्यापारिक सहयोगलाई मजबुत बनाउन होस् वा युक्रेन सङ्कटको समाधानलाई अघि बढाउन होस्, म्याक्रोँको चीन भ्रमणको सकारात्मक अर्थ रहेको छ ।”
फ्रान्सेली राष्ट्रपतिको पद सम्हालेपछि म्याक्रोँको यो तेस्रो चीन भ्रमण हो । भ्रमणताका दुवै पक्षले संयुक्त वक्तव्य प्रकाशित गर्दै राजनीतिक संवादलाई सुदृढ पार्ने, विश्वको सुरक्षा र स्थिरतालाई संयुक्त रूपमा प्रवद्र्धन गर्ने, आर्थिक आदानप्रदानलाई सबल पार्ने, मानवीय आदानप्रदानलाई पुनःसुरू गर्ने, विश्वव्यापी चुनौतीहरूलाई संयुक्तरूपमा सामना गर्ने लगायतका विविध क्षेत्रमा चीन–फ्रान्स चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा नयाँ उपलब्धि हासिल गर्ने सहमति जनाएका छन् ।
चीन र फ्रान्सबिच धेरै विषयमा समानता रहेका छन् । चीन–फ्रान्स शिखर वार्ताको परिणामलाई विचार गर्दा, नयाँ युगमा, चीन र फ्रान्समा समानता पहिलेभन्दा बढी र व्यापक भएको पाइन्छ । तीमध्ये संवाद संयन्त्रको ‘पुनःसुरू’ एउटा मुख्य आकर्षण हो । आर्थिक र व्यापारिक सहयोगलाई गहन पार्नु नै फ्रान्सेली राष्ट्रपति म्याक्रोँको चीन भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि हो । ‘सम्पर्क विच्छेद वा स्थगित गर्ने’ को विरोध गर्नु नै चीन, फ्रान्स र युरोपका नेताहरूको साझा आवाज बनेको छ ।
फ्रान्स र युरोपको वर्तमान वैदेशिक सम्बन्धको मुख्य विषयसूची युक्रेन सङ्कट हो । फ्रान्स र यूरोपको चिन्तालाई ध्यानमा राख्दै सङ्कटको राजनीतिक समाधानमा यूरोपले भूमिका निर्वाह गर्न चीनले समर्थन गरेको छ । साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको अक्षरसः पालना गर्ने र जति सक्दो चाँडो शान्ति वार्ता पुनः सुरू गर्नेलगायत ५ बुँदे प्रस्ताव चीनले गरेको छ । चीन, फ्रान्स र यूरोपले शान्ति र वार्तालाई बढाउने सहमतिलाई अझ स्पष्ट पारेको ठहर केही विश्लेषकहरूले गरेका छन् ।
आउने वर्ष चीन–फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव हो । दुवै देशका राष्ट्रनायकको नेतृत्वमा चीन–फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुग्ने छ, जसबाट चीन–यूरोपेली सङ्घ सम्बन्धको विकासमा नयाँ वातावरण सिर्जना गरिने विश्वास गरिएको छ । चीन–फ्रान्स, चीन–युरोपबिच जति धेरै समान धारणा बन्ने छन् त्यति नै विश्वमा बढी स्थिरता र निश्चितता हुनेछ ।
Leave a Reply