भर्खरै :

विदेशीमाथि भेदभाव भएको भन्दै टोकियोमा विरोध प्रदर्शन

विदेशीमाथि भेदभाव भएको भन्दै टोकियोमा विरोध प्रदर्शन

टोकियो, १० अप्रिल । जापानको अध्यागमन विभाग (इमिग्रेशन ब्युरो) ले विदेशीहरूमाथि चरम भेदभाव गर्ने गरेको र कतिपय अवस्थामा जबर्जस्ती देश निकाला गर्ने गरेको भन्दै आज आइतबार शिन ओकुबो स्टेशन अगाडि विरोध प्रदर्शन भएको छ ।
‘मुभिङ बियोण्ड हेट’ नामक समूहको आयोजनामा भएको सो विरोध प्रदर्शन अपराह्न साढे १२ बजे शिन–ओकुबो स्टेशन अगाडि भेला भई कोणसभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्दै सो समूहका संयोजक टोमी हासेगावाले जापानको इमिग्रेशनले विदेशीहरूमाथि चरम भेदभावजन्य व्यवहार गर्दै आइरहेको आरोप लगाए ।
उनले भने, “हाल जापान सरकारले शरणार्थीहरूलाई देश निकाला गर्न पाउने खालको कानून ल्याउन लागेकोले उक्त प्रावधानको बिरोधमा आवाज बुलन्द गर्दै जापान सरकारको ध्यानाकर्षण गराउन हामी यो विरोध प्रदर्शन गरिएको हो ।”
यसैगरी अर्की अभियान्ता एलिजावेथले आफु जापानमा ३३ वर्षदेखि बस्दै आएकी र विदेशी भएकै कारण रङ्गको आधारमा धेरैचोटी भेदभावजन्य ब्यवहार सामना गर्नुपरेको बताइन् । जापानमै जन्मेका क्यामरुनी बालिकाद्वयलाई देखाउँदै एलिजावेथले यी दुई बालिका शरणार्थी भएकै कारण कहीँकतै अन्यत्र जान नमिल्ने र उनीहरू शिक्षादिक्षाको नैसर्गिक अधिकारबाट पनि वञ्चित हुनुपरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *