भर्खरै :

कोरिया र हिन्दी लेखक कृष्ण चन्दर

अप्सरा
केही बुद्धिजीवी भन्नेहरूको साँगुरो जानकारी र गलत सूचनाको आधारमा कान नछामी कागतिर दगुर्ने मानिसहरूको कमी छैन । मन्त्री, प्रधानमन्त्री, प्राध्यापक, सचिव तथा करोडपति वा अरबपति हुँदैमा ठूलो वा दरवारजस्तो घरमा बस्दैमा, नयाँ नयाँ मोटरकार चढ्दैमा तिनीहरूको दृष्टिकोण  व्यापक र उँचो हुन्छ भन्ने होइन । पुरानो उखान र ‘बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत’ भन्ने भनाईलाई समेत समीक्षा गर्नुपर्नेछ ।
ज्यानमारा र डाकूहरू, जघन्य अपराधीहरूलाई राष्ट्रपति र प्रधानमन्त्रीको उम्मेद्वार बनाउने कानुन बनाउने बहुमत संसदहरू भएको सदनले चुनेको प्रधानमन्त्री र राष्ट्रपति कस्ता होलान्, अब सबैले चिन्ता गर्नुपर्ने समय आएको छ । अपराधीलाई सुनपानी छर्कनेहरूको बहुमतले प्रधानमन्त्री छान्ने र प्रधानमन्त्रीले मन्त्रीहरू मनोनित गर्छन् । त्यही मन्त्री मण्डलबाट त्यस्ता अनेक अनेक गर्नै नहुने निर्णयहरू सदनमा प्रस्तुत हुन्छ र सदनले ‘गणपुरक’ संख्या नपुगे पनि ‘हुन्छ’ भनी पारित गर्छ र त्यसैलाई राष्ट्रपतिले लाहा छाप लगाउँछन् ।
राष्ट्रपति व्यवहारमा रबर स्ट्याम्प सावित हुन्छ । संसारका सबै समारोही पदहरू यस्तै हुन्छन् । यसकारण ठूलो पदमा पुग्दैमा बुद्धिमान हुन्छन् वा विवेकी हुन्छन् भन्ने ठम्याई सत्य हुँदैन । हार्वड विश्वविद्यालयका एक भिजिटिङ प्रोफेसरले लेखे –‘उत्तर कोरिया संसारमा सानो चित्त भएका राष्ट्रमध्ये एक हो ।’ संसारका मध्यम दर्जाको क्षेत्रफल र जनसंख्या भएको एक समाजवादी देश हो – प्रजातान्त्रिक जनगणतान्त्रिक कोरिया, बोलीचाली भाषामा उत्तर कोरिया ।
क्षेत्रफल र जनसंख्यामा नेपालभन्दा सानो देशले जानेर, बुझेर वा तुलना गरेर संसारको सबभन्दा शक्तिशाली भनिने संरा अमेरिकालाई हाँक दिनु कम ठूलो अर्थपूर्ण विषय होइन । सन् १९५० – ५३ को कोरिया युद्धमा कोरियाली जनताले अमेरिकी आक्रमक हवाईजहाजहरू खसालेर ठूल्ठूला ओहदाका सैनिक कमाण्डरलाई पक्राउ गरी आफ्नो अपराध कबुल गराएका थिए, त्यस्तै लुकी–छिपी आई कोरियामा क्षति पु¥याउन आएको पन्डुबी जहाजलाई पनि पक्राउ गरी शक्तिशाली अमेरिकाको नाकमा कालो दलेको थिए । त्यही प्रजग कोरियाले ६४ वर्षसम्म अमेरिकी नाकाबन्दी र अनेक हमला एवम् जाल–साझीसँग लड्दै आफ्नै खुट्टामा उभिएर उपग्रह अन्तरिक्षमा पु¥यायो, अनेक स्तरका वा अन्तर महादेशीय क्षेप्यास्त्र समेत निर्माण ग¥यो, अणु बम मात्र होइन हाइड्रोजन बमसमेत बनाएर अमेरिकी रणनीतिक विन्दुहरूमा समेत हान्न सक्ने शक्तिलाई कसरी ‘सानो चित्त’ भएको भन्छन्, आश्चर्यको विषय हो ।
कोरियाली प्रायःद्वीप र वरपरका जापान, फिलिपाइन्स, भियतनाम आदि देशहरूको प्रगति र जनताको इच्छाशक्ति एवम् बौद्धिक क्षमतालाई बुझेरै संरा अमेरिकाले आपसमा झगडा लगाएको हो । त्यहाँका जनता पनि यसबारे अवगत नै छन् । गम्भीर विषय त संरा अमेरिकाले नेपालीहरुलाई समेत दक्षिण कोरियामा आफ्नो निजी सेनामा भर्ती गरेर अफ्गानिस्तान, इराक, लिविया र सिरियामा जस्तै नेपाली युवाहरुलाई युद्धमा झोस्दै छ । हामीले त्यसको विरोध गर्छौं । संरा अमेरिका ७–८ करोड कोरियाली जनता एक होऊन् भन्ने चाहँदैन, जापान पनि अमेरिकी चंगुलबाट मुक्त होस् भनी चाहँदैन, त्यस्तै आफूले उपनिवेश बनाएको फिलिपाइन्स पनि पूर्वी एसियालीहरूसँग मिलेर प्रगति गरुन् भनी चाहँदैन तथा आफ्नो देशलाई युद्धमा बेइज्जत गरी हराएको भियतनाम, लावस र कम्बोडियाले पनि प्रगति गरुन् भन्ने चाहँदैन । एसियाली देश र जनतालाई भिडाएर हतियार बेच्ने, आफ्नो मातहतमा राख्ने र अमेरिकातिर तिनीहरू सांस्कृति र राजनैतिक प्रभाव नपरोस् भनी एसियालीहरू आपसमा लडाउने जाली काम संरा अमेरिकाले गर्दैछ । तर भारतका केही टीभी च्यानलहरूले प्रजग कोरिया र त्यहाँका मजदुर पार्टीका महासचिव र नेताबारे जड्याँहाले बोलेजस्तो मनपरी प्रचार गरेको देख्दा र सुन्दा हिन्दी साहित्य त्यस्तोसम्म तल होला भनी कल्पनासमेत गर्न सकिन्न । कोरियाकोबारे हिन्दी लेखक कृष्ण चन्दरलाई सम्झनु उचित होला ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *