कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले शुक्रबार भक्तपुरमा भेट गर्नुभयो ।
कार्यक्रमका भनपा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, संस्कृति र सम्पदा संरक्षण गरी जनताको सेवा गरिरहेको चर्चा गर्दै नगरपालिकाले विदेशी सहयोगविना आफ्नै स्रोत साधनबाट सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार गरिरहेको बताउनुभयो ।
अध्यक्ष सुवेदीले दैलेख जिल्लास्थित नौमुले गाउँपालिका २२८ वर्ग कि.मि.मा पैmलिएको र २२ हजार जनसङ्ख्या रहेको सो पालिकामा ४९ वटा सामुदायिक विद्यालयहरू रहेको जानकारी दिनुभयो । उहाँले सो गाउँपालिकाले टोल विकास समितिहरूमार्पmत विकास निर्माण लगायतका कार्यहरू गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा दुई पालिकाबिचको अनुभव आदानप्रदानलगायत स्थानीय तहको विकासमा गरिरहेको कार्यबारे छलफल भएको उक्त कार्यक्रममा नौमुले गाउँपालिकाका वडाध्यक्ष रूपेशकुमार थापाको पनि उपस्थिति थियो ।
Leave a Reply